आन्तरिक राजनीतिमा एमसिसी
०६ वैशाख २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
आन्तरिक राजनीतिमा एमसिसी

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को मुद्दा राष्ट्रिय राजनीतिको आन्तरिक खपतका निम्तिसमेत अजेन्डा बनिरहेको छ। केही समययता यो अजेन्डाले समेत राजनीतिलाई ध्रुवीकृत गरेको देखिन्छ। खासगरी सत्तारुढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली खेमा, नेपाली कांग्रेस र मधेसकेन्द्रित दल यसको पक्षमा देखिएका छन्। एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका साथै माओवादी केन्द्र यसको विपक्षमा देखिएका छन्। कतिपय मुद्दामा आफूलाई ओली निकट ठान्ने साना दलसमेत यो मुद्दाका कारण टाढिएका छन्। वास्तवमा एमसिसीको यो मुद्दा कुसूचनाको सिकार भएको छ। धेरैजसोले यसलाई आन्तरिक राजनीतिक प्रतिस्पर्धाको विषय बनाएका छन् भने पनि हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बाहिरबाट हेर्दा कोभिड–१९ भाइरसका कारण सिर्जित परिस्थितिबारे छलफल गर्नु रहे पनि अन्तर्यमा एमसिसी रहेको देखिएको छ। ओलीले निरन्तर सभामुख अग्निप्रसाद सापकोटाका कारण एमसिसी पारित हुन नसकेको दोषारोपण गर्दै आएका छन्। यही विषयलाई उनले अझ जोडदार ढंगले शनिबार सर्वदलीय बैठकमा पनि उठाएका छन्। ओलीले यसबारे उठाउँदै आएको यो नै पहिलो घटना भने होइन। उनले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सिंहदरबारबाट राष्ट्रका नाममा संबोधन गर्दा पनि सभामुखका कारणले एमसिसी पारित हुन नसकेको रोष प्रकट गरेका हुन्। त्यसलगत्तै उनले दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा पनि उनले यो विषय नबिर्सी उठाएका छन्।

अघिल्लो पटक कृष्णबहादुर महरा प्रतिनिधिसभाका सभामुख रहेका बेलासमेत ओलीले एमसिसी पारित हुन नदिएको आरोप लगाएका थिए। सभामुख एक्लैले एमसिसी अनुमोदन हुनबाट नरोकिएको खुलासा त्यतिबेलाका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए। समयक्रममा अहिले दाहाल फेरि माओवादी केन्द्रमै पुगेका छन्। तर दाहालकै कारणले यो विषय संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएको भन्ने सन्देश ओलीले दिन चाहेका छन्। नेकपा रहेकै बेला झलनाथ खनालको नेतृत्वमा एमसिसीबारे अध्ययन गर्ने कार्यदलसमेत बनेको हो। त्यो कार्यदलले अहिलेकै अवस्थामा एमसिसी पारित गर्न नहुने सुझाव दिएको हो। ओलीले चाहेका भए त्यहीबेला एमसिसी संसद्बाट पारित हुने थियो। त्यसैले एमसिसी पारित नहुनुमा सभामुखको मात्र भूमिका छ भन्ने जुन सन्देश दिन खोजिएको छ, त्यो मात्र आफैँमा कारण होइन।  

नयाँ वर्षको उपलक्षयमा ओलीले एमसिसी सम्झौता कांग्रेस र माओवादी सरकारमा रहेका बेला सम्पन्न भएको प्रसंगसमेत कोट्याएका थिए। यसको अर्थ हिजो पनि ओली एक्लैका निम्ति एमसिसी पारित गर्नैपर्छ भन्ने खासै चासो थिएन। उनले यसको स्वामित्व लिएर पारित गर्न खोजेका भए पारित हुन सक्ने संख्या ससद्मा थियो। त्यति मात्र होइन, कांग्रेस आफैँंले पनि यसलाई पारित गर्न चाहेको छ। उसकै पालामा भएको सम्झौता हुनाले यसको कार्यान्वयनमा कांग्रेसको विशेष चासो छ। एमसिसीका बारेमा जति धेरै कुसूचना फैलाइएको छ, यथार्थ त्यस्तो होइन। एमसिसी मुलुकको हितमा छ भन्न सक्ने अवस्था अहिले कसैको छैन। यसका बारेमा भ्रमपूर्ण जानकारी छरपस्ट पारेका कारण आममानिसमा यसको पक्ष लिनेहरूप्रति सकारात्मक धारणा रहने छैन।  

एमसिसीका बारेमा जति धेरै कुसूचना फैलाइएको छ, यथार्थ त्यस्तो होइन। एमसिसी मुलुकको हितमा छ भन्न सक्ने अवस्था अहिले कसैको छैन। यसका बारेमा भ्रमपूर्ण जानकारी छरपस्ट पारेका कारण आममानिसमा यसको पक्ष लिनेहरूप्रति सकारात्मक धारणा रहने छैन। 

प्रधानमन्त्री ओलीले केही समययता आफूलाई विकासप्रेमी नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। विकास आयोजनाहरू थालनी गर्ने, भएका आयोजनाबारे चर्चा गर्ने र तिनलाई पूरा गर्ने अभियान उनको देखिएको छ। यसै सिलसिलामा एमसिसी पनि पारित गराएर विकासको ढोका खोल्ने मात्र होइन, अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरूसमक्ष एउटा विश्वसनीय छवि प्रस्तुत गर्ने उद्देश्य उनले राखेका देखिन्छ। यसलाई अन्यथा मान्न सकिँदैन। एमसिसीका पक्षमा आन्तरिक राजनीतिको पक्ष र विपक्ष जोडिनु उचित होइन। यो नेपालसँगको अन्तर्राष्ट्रिय सम्बन्धको विषय पनि हो। त्यति मात्र होइन, हाम्रो मुलुकका निम्ति अत्यावश्यक विद्युत् ट्रान्समिसन लाइन र सडकका निम्ति तोकेरै यो अनुदान सहयोग लिन लागेको हो।  

कुनै अनुदान सहयोग लिएबापत हामीले ती मुलुकका रणनीतिक उद्देश्यका निम्ति भूमिका खेल्नुपर्छ भन्ने होइन। हाम्रो मुलुकको आवश्यकताका आधारमा सहयोग लिने र अस्वीकार गर्ने सर्वाधिकार राख्नुपर्छ। तर एमसिसीलाई जुन हिसाबमा गलत सम्झौताका रूपमा प्रस्तुत गरिएको छ, त्यो भने यथार्थ होइन। करिब ६० अर्ब रुपियाँ बराबरको यो अनुदान नेपालले प्रतिस्पर्धात्मकरूपमा आवेदन दिएर प्राप्त गरेको हो। यसको संसद्बाट अनुमोदन गराउने प्रावधान राखिएको सबैले स्वामित्व ग्रहण गरुन् भन्ने उद्देश्य हो। हाम्रो जस्ता नयाँ लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनसँगै कतिपय नीतिगत परिवर्तन हुने र तोकिएका यस्ता काममा समेत अनावश्यक हैरानी आउन सक्छन्। त्यो आउन नदिनका निम्ति मात्र संसद्बाट पारित गर्ने प्रावधान राखिएको हो। यो सम्झौताबाट नेपालले आफ्नो सार्वभौमिकता वा अन्य कुनै अधिकार कटौती गर्न खोजेको भन्ने नै होइन।

अतः यो सम्झौतालाई लिएर आन्तरिक राजनीति नगरियोस्। आन्तरिक राजनीति, प्रतिस्पर्धा र असहमति आपसी विषय हुन्। ती विषयलाई हामीले आन्तरिकरूपमै समाधान गर्दै जान सक्छौँ। अहिलेको सन्दर्भमा ओलीप्रति अनेकन विषयमा अहसहमति हुन सक्छन्। तर, एमसिसी पारित गरिछाड्ने यो कदमले उनलाई व्यक्तिगतरूपमा लाभ भए पनि समग्रमा मुलुकको विकास निर्माणका निम्ति एउटा कोशेढुंगा सावित हुनेछ। प्रधानमन्त्री ओलीले पनि सभामुख वा अरू कसैका कारण पारित भएन भनेर गुनासो मात्र गरिरहनु भन्दा संसद्को प्रक्रियामा यसलाई प्रवेश गराउनु उचित हुन्छ। कतिपय नेताले सार्वजनिक खपतका निम्ति यसका विरुद्धमा बोल्दै आएका भए पनि यथार्थमा यो सम्झौता मुलुकका निम्ति आवश्यक छ भन्ने महसुस गरेका छन्। मुलुकको द्विपक्षीय र बहुपक्षीय सम्बन्धसँग जोडिएका विषयमा आन्तरिक झगडा उचित होइन। बेलैमा ध्यान पुगोस्। 

लोकप्रिय
अर्को समाचार
एमसीसीले तरंगित प्रदेश राजनीति
१५ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसीसीले तरंगित प्रदेश राजनीति

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।

संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।

एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।

प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।

यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।

संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।

प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस