प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।
भौतिक दूरी कायम गरेर संसद् बैठक सञ्चालन गर्ने तयारीपछि सरकारले अधिवेशनको मिति तोकेको हो । प्रदेश १ संसद्को बजेट अधिवेशन दुईवटा हलमा सांसद राखेर गर्ने तयारी प्रदेशसभा सचिवालयले गरिरहेको छ । हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दूरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने छ ।
प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै बैठक नभई अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ ।
बैठकले कोरोना त्रासका कारण रोजगारी गुमाउने र वेरोजगारको तथ्यांक संकलन गर्ने निर्णय पनि गरेको छ । वैदेशिक रोजगारीबाट फर्कने, स्वदेशमा रोजगारी गुमाउने र नेपालमा नै रहेका वेरोजगारलाई अनलाइन फर्म भराउन वेबसाइट बनाउने निर्णय मन्त्रीपरिषदले गरेको छ ।’
यसले ठोस योजना बनाउन एउटा मार्गदर्शन गर्नेछ’, मन्त्री कार्कीले भने, ‘फर्म भर्नेहरुको संख्या, रोजगारीको प्रकार र वेरोजगारको उमेर समूह आदिको अध्ययन गर्ने र सोही अनुसार योजना बनाइनेछ ।’
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
'जेठ १४ गते दिनको दुई बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ', आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैठकपछि भने ।
भौतिक दुरी कायम गरेर संसद् बैठक सञ्चालन गर्ने तयारी भएपछि सरकारले अधिवेशनको मिति तोकेको हो । प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर गर्ने तयारी प्रदेशसभा सचिवालयले गरिरहेको छ । हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने भएको छ ।
प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ ।
मन्त्रीपरिषद बैठकले कोरोना कहरका कारण रोजगारी गुमाउनेहरु र बेरोजगारहरुको तथ्यांक संकलन गर्ने निर्णय पनि गरेको छ । वैदेशिक रोजगारीबाट फर्कने स्वदेशमा रोजगारी गुमाउने र नेपालमा नै रहेका बेरोजगार हरुलाई अनलाइन फर्म भराउन वेबसाईट बनाउने निर्णय मन्त्रीपरिषदले गरेको छ । 'यसले ठोस योजना बनाउन एउटा चित्र पेश गर्नेछ', मन्त्री कार्कीले भने 'फर्म भर्नेहरुको संख्या, रोजगारीको प्रकार र बेरोजगारहरुको उमेर समूह आदिको अध्ययन गर्ने र सोही अनुसार योजना बनाइनेछ ।'
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।