कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको छ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आइतबार दिनको २ बजेलाई आह्वान गरेको जानकारी दिएको हो।
कोशी प्रदेशको सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो। फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो।
कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।
कोशी प्रदेश मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले सिफारिस गरे बमोजिम कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते दिनको १ बजे आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो। 
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।