कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ।
बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण पछि मन्त्रीपरिषद्को बैठक राखेका थिए। उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ठ अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नेकपा (एकीकृत समाजवादी) का नेताहरूलाई पार्टी एकताको प्रस्ताव गरेका छन्।
आइतबार (आज) पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आएका पूर्वमुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईसहितका नेताहरूलाई कार्कीले पार्टी एकताको प्रस्ताव गरेका हुन्।
ज्ञापनपत्र बुझेपछि कार्कीले अनौपचारिक रूपमा भने, 'यतिका नेता भएको ठाउँमा म एउटा कुरा भन्छु, दुई गौरवशाली पार्टी भनेर मात्रै भएन। अब एउटै गौरवशाली पार्टी बनाउनुपर्छ।’
एकीकृत समाजवादी एमाले विभाजन भएपछि बनेको पार्टी हो। तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दा राजेन्द्र राईलगायतका नेताहरू त्यही कित्तामा उभिएका थिए। उनी पछि त्यही पार्टीबाट प्रदेशको मुख्यमन्त्रीसमेत बने।
अहिले उनी पार्टीको उपमहासचिव पदमा छन्। अहिले उनी प्रदेश सभाको संसदीय दलको नेतासमेत हुन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।