कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्। खापुङले प्रदेश सभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गरी कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिस बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन असार १४ गतेलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेको जानकारी गराएको हो।
प्रदेश सभाको १४ गते बस्ने बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ। अहिलेकै अवस्थामा सरकारले विश्वासको मत पाउने सम्भावना नभए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्।
यस अघि जेठ ३१ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएपछि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरिएको थियो। प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएको थियो।
कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।
कोशी प्रदेश मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले सिफारिस गरे बमोजिम कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते दिनको १ बजे आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो। 
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।