‘विदुषी, तेरो कवितासङ्ग्रह मैले पढें नि। गजब लाग्यो। विद्रोहका स्वरहरू कसरी उछाल्न सके कि? विम्ब र शैली पनि उत्कृष्ट छ।’ मानुषीले छोटो टिप्पणी गरी।
‘मसँग विद्रोही चेत छ। असमानता र अन्यायविरुद्ध मेरो कलम विद्रोह गर्छ। पाठक प्रतिक्रिया सम्पतिको रूपमा ग्रहण गरेकी छु। कवितालाई अझै कलात्मक बनाउने मेरो ध्येय छ, मानुषी।’ विदुषीले उत्तेजित हुँदै जवाफ फर्काई।
विदुषी कविता लेख्छे। मानुषी राजनीति गर्छे। विदुषीका बुबा चर्चित लोकगायक हुन् भने मानुषीका बुबा कहलिएका समाजसेवी हुन्।
विदुषी र मनुषीको पारिवारिक पृष्ठभूमि फरक भए पनि उनीहरूको विचारले मिल्छ। आस्थाको दृष्टिकोणले उनीहरू प्रगतिशील कित्तामा छन्। मार्क्सवादी दर्शनबाट दीक्षित विदुषी र मानुषी वर्गीय मुक्तिको पक्षमा वकालत गर्छन्। जातीय उत्पीडनविरुद्ध खुलेरै बहस गर्छन्।
नारी अधिकारको प्राप्ति र आन्दोलनप्रति जमेरै तथ्यपरक तर्क प्रस्तुत गर्छन्। वाक्पटुतामा खप्पिस उनीहरू मान्छेको मनस्थितिको चिरफार गर्न सक्छन्। दासत्वबाट मुक्ति प्राप्ति नै उनीहरूको प्रमुख उद्देश्य हो।
उद्देश्य प्राप्तिका लागि चुनावमा जानै पर्ने हुन्छ। मानुषी संघीय सांसदको उमेद्वार हो। मानुषीको चुनाव प्रचारप्रसारमा विदुषी कम्मर कसेर लागेकी छन्। त्रिकोणात्मक भिडन्त हुने ठानिएको उक्त चुनाव जित्नै पर्ने दबाबमा छे मानुषी।
सर्वेक्षणले मानुषीको पल्ला भारी देखाए पनि परिणाम नआएसम्म ढुक्क हुने अवस्था छैन। निर्वाचन सम्पन्न भै मतगणना जारी छ। प्रारम्भिक गणनामा मानुषीले अग्रता लिएकी छन्। अग्रता कायमै रहन सके मानुषीको जित पक्का छ। नारी आन्दोलनलाई उचाइमा पुर्याउन मानुषीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छिन्। दबेको नारी आवाज उजागर गर्न सक्छिन्।
सकारात्मक परिणामको आशा गरौँ। अन्तिम मत परिणाम पर्खनुको विकल्प छैन।
के मतदाताले उचित विकल्प रोजे होलान् त?
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ। आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन्। गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्लाका २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकका मत परिणाम प्राप्त भइरहेको छ। मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जित हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ।
यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जित र आठ स्थानमा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन्।
मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ४५ स्थानमा जित हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जित र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जित र चारमा अग्रता कायम गरेको छ। अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन्।
मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जित हासिल गरी २९ मा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ९९ स्थानमा जित हासिल गरी २५ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जित र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित र १० स्थानमा अग्रता कायम गरेको छ। अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन्।
मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जित हासिल गरी ३४ मा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ९७ स्थानमा जित हासिल गरी २७ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ। एकीकृत समाजवादीले १० स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ। अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन्।
मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ६०९ मा जित हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १२ मा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन्।
महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जित हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जित हासिल गरी ८३ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जित र १२ स्थानमा अग्रता कायम गरेको छ। अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन्।
दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जित हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ। अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन्।
यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जित हासिल गरी ८६ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जित र १५ मा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन्। विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।