बागलुङका ४० वडाको मत परिणाम सार्वजनिक, गठबन्धनको वर्चश्व
०२ जेष्ठ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
बागलुङका ४० वडाको मत परिणाम सार्वजनिक, गठबन्धनको वर्चश्व

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाममा  बागलुङमा पाँच दलीय गठबन्धनले वर्चश्व कायम गरेको छ। सोमबार बिहानसम्म पूर्ण रुपमा मत परिणाम सार्वजनिक भएका ४० वडामध्ये अधिकाँसमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

सार्वजनिक परिणाम अनुसार बागलुङमा नेपाली काँग्रेसका १८, नेकपा माओवादी केन्द्रका १०, एमालेका ६, राष्ट्रिय जनमोर्चाका ५ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना वडाध्यक्ष निर्वाचित भएका छन्। बागलुङ नगरपालिकाको वडा चार वडाको परिणाम सार्वजनिक भएकोमा चार वटैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  

बागलुङ नगरपालिकाका १ मा काँग्रेसका जयबहादुर केसी, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीका सुरज बोसेल, वडा नम्बर १३ मा काँग्रेसका नारायण शर्मा पौडेल र १४ मा काँग्रेसकै चक्रबहादुर खत्री विजयी भएका छन्। नगर प्रमुख र उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। 

प्रमुखमा गठबन्धन तर्फका काँग्रेसका बसन्त कुमार श्रेष्ठले ४१४५ मत ल्याउँदा एमालेका जनकराज पौडेलले १९५४ मत ल्याएका छन्। उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले ३५८२ मत ल्याउँदा राप्रपाका सञ्जय खड्काले १७१३ मत पाएका छन्। गलकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुख गठबन्धनले जितेका छन्।  

नगरप्रमुखमा काँग्रेसका भरत शर्मा गैरे र उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन्। ११ वडाध्ये ७ वडामा काँग्रेस, २ मा माओवादी केन्द्र र १ मा राष्ट्रिय जनमोर्चा तथा १ मा नेकपा एमाले विजयी भएका छन्। जैमिनी नगरपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा  वडा नम्बर १० मा राजमो, वडा नम्बर ९ मा एमाले र वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुख उपप्रमुखमा गठबन्धनका उम्मेदवार झण्डै तेब्बर मतले अगाडि छन्। गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले नगर प्रमुखमा ४६९२ मत ल्याउँदा एमालेका लिला रानाले १५५१ मत पाएका छन्।  

उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले ४६७८ मत ल्याएका छन् भने एमालेकी उषा पौडेलले १५३४ मत पाएकी छिन्। जिल्लाको ढोरपाटन नगरपालिकाको ४ वटा वडाको नतिजा सार्वजनिक हुँदा २ मा नेकपा एमाले र २ मा गठबन्धनका उम्मेदवार विजयी भए। वडा नम्बर ६ र ९ मा एमाले, वडा नम्बर ८ मा माओवादी र वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्ष निर्वाचित भए। नगरप्रमुखमा एमालेका देवकुमार नेपाली अगाडि छन्। उनले २१४६ मत पाएका छन् भने माओवादी केन्द्रका चन्द्र अर्यालले २०५७ मत ल्याएका छन्।

उपप्रमुखमा नेपाली काँग्रेसका धनबहादुर कायतले २५४९ मत ल्याउँदा एमालेबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चा विद्रोही समुहकी ताराकुमारी पुनको १६२२ मत छ। निसीखोला गाउँपालिकाको चार वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १ र ४ मा नेपाली काँग्रेस, वडा नम्बर २ मा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनका काँग्रेसबाट सूर्यबहादुर घर्तीले २८२३ मत ल्याउँदा एमालेका भूमिराज घर्तीले १२७८ मत पाएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीले २५३१ मत पाएका छन् भने एमालेकी भाटु चन्दले १५३८ मत पाईन्।

तमानखोला गाउँपालिका अध्यक्ष उपाध्यक्ष नै नेपाली काँग्रेसले जितेको छ। जिल्लाभर गठबन्धन हुँदा तमानमा भने भिन्दा भिन्दै प्रतिस्पर्धा भएको थियो। नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्ष र हिराकुमारी छन्त्याल उपाध्यक्षमा विजयी भए। तमानका ६ वटा वडामध्ये ३ मा काँग्रेस र ३ मा माओवादी विजयी हुँदा एमाले तमानखोलामा क्लिन स्वीप भएको छ। वडा नम्बर १, २ र ४ मा माओवादी र ३, ५ र ६ मा काँग्रेस विजयी भएका छन्। गत निर्वाचनमा तमान ४ मा वडाध्यक्ष जितेको एमाले अहिले माओवादीसंग पराजित भएको छ। ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक हिमाल र उपाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर रोका विजयी भएका छन्।  

पाँच वडामध्ये पाँच वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बरेङ गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ५ का मत परिणाम सार्वजनिक भएको छ। १ मा राजमो र ५ मा काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनबाट राजमोका कृृष्णप्रसाद शर्माले २७६१ मत पाउँदा एमालेका प्रदिप थापाले १११९ मत पाएका छन्। उपाध्यक्षमा काँग्रेसका दिलीपकुमार पुनले २७९० मत ल्याएर अग्रता कायम गरिरहेका छन्। बडिगाड गाउँपालिकामा वडा नम्बर १ को मात्रै अन्ति परिणा सार्वजनिक भएको छ। त्यहाँ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्।  

पालिका अध्यक्ष काँग्रेसबाट गण्डकी थापा अधिकारीले १३६० मत ल्याउँदा एमालेका राजन पाईजाले १०२८ मत ल्याएका छन्। उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १३५५ मत सहित अग्रता कायम गर्दा एमालेकी मिनाकुमारी माझीको १००० मत रहेको छ। काठेखोला गाउँपालिकाका ३ वडामा मत परिणाम सार्वजनिक हुँदा २ मा एमाले र १ मा काँग्रेस उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा काँग्रेस, वडा नम्बर २ र ३ मा एमाले विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका राजु थापाले २३९९ मत सहित अग्रता कायम गरेका छन्।  

एमालेका डिलबहादुर कार्कीको २१६५ रहेको छ। उपाध्यक्षमा भने एमालेकी कोपिला पुनले २१८२ मतका साथ अग्रता बनाएकी छिन्। राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकको २१०३ मत प्राप्त रहेको छ।

अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
थ्रेसहोल्ड नकटाउने ५१ दल

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।

समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस