रास्वपाको मतपरिणाम विवाद: मत परिणामप्रति प्रश्न उठाउँदै सर्वाेच्च गुहार्ने चेतावनी
१२ असार २०८३
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
रास्वपाको मतपरिणाम विवाद: मत परिणामप्रति प्रश्न उठाउँदै सर्वाेच्च गुहार्ने चेतावनी
पूजा बाँस्तोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचनको मत परिणाममा निष्पक्षताको प्रश्न उठाउँदै केन्द्रीय सदस्यकी उम्मेदवार पूजा बाँस्तोलाले सर्वाेच्च अदालत गुहार्ने भएकी छिन्। आफु निर्वाचित हुँदाहुँदै पनि धाधली गरेर आफ्नो ठाउँमा अर्काे व्यक्तिलाई ल्याएको उनको आरोप छ।  

अरुको भन्दा बढि मत पाउँदा पनि आफुलाई पछाडि पारेको उनको आरोप छ। आफुलाई पछाडि पारेपछि निर्वाचन कमिटिलाई गुहारेको भएपनि त्यहाँबाट समेत कुनै गुनासो सुनुवाई नभएको उनले बताईन। ‘आइतबार बेलुकीसम्म मैले पाएको मतपरिणामको कदर भएन भने म सर्वाेच्च अदालत जान्छु,’ उनले भनिन, ‘अन्याय भएको महसुस गरेकी छु।’

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फबाट उनी महाधिवेशनमा उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेकि थिईन। विधि, प्रक्रिया मिचेर आफुलाई केन्द्रीय सदस्य हुनबाट रोक्न खोजिएपछि अदालत गुहार्ने तयारी गरेको उनले बताईन्। आफुले प्राप्त गरेको ९१३ मत भन्दा कम मत पाउने उम्मेदवारलाई धाँधली गरेर विजयी घोषणा गरेको उनको अरोप छ। महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने गरी प्राप्त भएको यो मत आफ्नो विजयीका लागि पर्याप्त रहेको पनि उनले बताईन।

‘निर्वाचन कमिटिले सार्वजनिक गरेको अन्तिम परिणाममा म भन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको छ,’ बाँस्तोलाले भनिन, ‘मलाई अन्याय भएको छ। निर्वाचन कमिटिले पनि मेरो गुनासोको सुनुवाई राम्रोसँग गरेन। अब अदालतको ढोका गुहार्नुको विकल्प छैन।’

उनले आफ्ना लागि यो विषय कुनै पद, विजय वा पराजयका लागि नभई पद्दतिका लागि भएको बताईन। ‘यो सुशासनको प्रश्न हो, यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ,’ उनले भनेकि छिन्, ‘लोकतन्त्रको शक्ति परिणाममा मात्र हुँदैन, परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा पनि हुन्छ। प्रक्रिया निष्पक्ष भयो भने जित्नेले गर्वका साथ जित स्वीकार गर्न सक्छ, हार्नेले सम्मानका साथ परिणाम स्वीकार गर्न सक्छ। तर प्रक्रिया नै अन्यायपूर्ण भयो भने त्यसविरुद्ध आवाज उठाउनु मेरो जिम्मेवारी पनि हो।’

उनले यो संघर्ष व्यक्तिगत हितका लागि मात्र नभई आफुलाई विश्वास गरेर भूगोल र प्रवासबाट समेत गरेर ९१३ प्रतिनिधिको मतको सम्मानका लागि पनि भएको बताएकी छिन्। ‘यो सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा उभिने प्रयास हो,’ उनले भनिन, ‘पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु।’

गण्डकी भूगोलबाट सर्वाधिक मत प्राप्त गर्नेको पहिलो नाम १ हजार ७६ मतसहित पवित्रा थापा छिन्। नवलपरासीका बिजयी भएर सांसद समेत रहेका मनिष खनाल १ हजार ५२ मत, तेस्रोमा १ हजार ४० मत प्राप्त गर्ने पर्वतका सांसद सागर भुषाल, चौथोमा ९३३ मत ल्याउने बागलुङका सांसद सोम शर्मा र पाँचौंमा ८ सय मत ल्याउने कास्कीकी विष्णु गुरुङ ‘एकता’ विजयी भएको घोषणा गरिएको थियो।

अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
१० घण्टा अघि
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस