विराटनगरका वडामा मिश्रित परिणाम आएको छ। हालसम्म अन्तिम परिणाम सार्वजनिक भएका ४ वटा वडामा कांग्रेस, एमाले, जसपा र स्वतन्त्र १–१ वटा वडामा निर्वाचित भएका छन्।
विराटनगरको वडा नम्बर १९मा नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे प्यानलसहित वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनी ९ सय ८७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका उदय राजवंशीले ८ सय ९९ मत ल्याए।
वडा नम्बर १६मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार उद्धव भुजेल निर्वाचित भएका छन्। भुजेल ७ सय ५२ मत ल्याएर निर्वाचित भए भने उनका निकतटम प्रतिश्पर्धी नेकपा एमालेका कुमार महर्जनले ६ सय ६८ मत ल्याए। विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन्। उनी लालटिन चिन्हबाट ७ सय १६ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिश्पर्धी जनतासमाजवादीका दिनेशकुमार यादवले ६ सय ३८ मत ल्याए। विराटनगर १७मा जपाका समिम कमर १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका अस्लम आलमले ५ सय ५ मत ल्याए।
वडामा मिश्रीत मत परिणाम आइरहंदा विराटनगरको मेयरमा गठबन्धनका तर्फबाट मेयरका उमेदवार नागेश कोइराला अग्र स्थानमा छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेकी छिन्।
विराटनगर महानगरपालिकामा १७ हजार ९ सय ९३ मत गणना हुँदा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ५ हजार ५ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका सागर थापाले ३ हजार ९ सय ७४ मतसहित पछ्याइरहेका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी शिल्पा काकीले ४ हजार ५ सय ६३ मतले अग्रता लिइरहेकी छिन्। उनलाई गठबन्धन तर्फबाट जसपाका उमेदवार अमरेन्द्र यादवले ३ हजार १ सय ७५ मतले पछ्याइरहेका छन्।
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।
समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।
थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।