लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिणाम नदेखिने योजनामा लगानी नगर्ने बताएका छन्। प्रदेश सरकारले याेजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएकाे भन्दै उनले काममा परिणाम नदेखिने योजनामा लगानी नगर्ने बताए।
धानखोला-देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई याेजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे। सरकारले बनाउने पूर्वाधारहरू नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए।
योजनाहरू छनौटमा समस्या हुँदा अलमल हुने गरेको बताउँदै उनले बजेट खर्च हुने तर परिणाम नदेखिFदा लगानी खेर गइरहेको बताए। जनताको सुविधासँगै परिणाम र प्रतिफल हेरेर प्रदेश सरकार अघि बढ्ने उनको भनाइ छ।
उनले प्रदेश सडक गुरुयोजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए। `परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन। साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ,´ उनले भने, `साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझाैला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ।´
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन्। अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्ने गरी योजना अघि बढाइएको छ।
धानखोला-देउराली-हर्रे-चाक्ला मोटरबाटो सडकलाई बृहत् सडककाे रूपमा प्राथमिकतामा राखिएको र संघीय सरकारसँग समेत सहयोगका लागी पहल भइरहेको उनको भनाइ छ। उक्त सडक प्रदेश राजधानीसँग जोड्ने सहज मार्गकाे रूपमा रहने र नागरिकको पहुँच सुनिश्चित गर्ने बताए।
यो सडक दाङ, कपिलवस्तु र अर्घाखाँचीको संगमस्थल क्षेत्र पर्ने महत्वपूर्ण सडक भएकाले निर्माणकाे कामलाई तीव्रता दिन जोड दिइएको हो।
आयाेजनाकाे अनुगमन
मुख्यमन्त्री चेतनारायण आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालय क्षेत्रको अनुगमन गरेका छन्।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ। बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धकाे योजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ। त्यस्तै, विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने लगायत विषयमा पनि अनुगमन गरिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।