कैली दमिनीको पसल
१० जेष्ठ २०७७
१२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कैली दमिनीको पसल

त्यो हिउँदको एक सौम्य बिहान थियो ।  

मलिन देखिन्थ्यो, घामको अनुहार पनि । हिउँदले पाइला टेक्न थालेपश्चात् सिंगो फाँट हुस्सुको आवरणमा लपेटिन थाल्छ । मान्छेहरू भन्छन्, त्यसलाई इंगित गर्दै, ‘अब फाँट बस्न थाल्यो, अबको दुई महिना त यस्तै हो ।’ हुस्सुको सघनता बढ्दै जाँदा ढोकाको काप–काप र जस्केलाबाट निस्फिक्री रूपमा छिर्छ, हुस्सु । कपाउँछ बेस्सरी नै ।  

विवश वस्ती
काठका प्वाँलहरूबाट उज्यालो छि¥यो, बिस्तारै ।  

उज्यालोको प्रवेशसँगै कैली दमिनीका आँखा उघ्रिए । एकजोर सपाट आँखा । तिनै आँखा कैलो–कैलो भएर नै हो, उनलाई सबैले भन्दै आए– कैली दमिनी । फरक रङको आँखाले नै जुरायो, उनको नाम । आँखा रातो भएको भए सबैले भन्थे होलान्– राती दमिनी । उनी भन्थिन् पनि, ‘किन नहोस् त मेरो आँखा कैलो । बच्चामा अघाउँजी खान पाएकी भए मेरो आँखा कहाँ कैलो हुन्थो र ? अरुका जस्तै हुन्थे होलान् । धन्न, अहिलेसम्म देख्न भने पाएकी छु ।’  

उघारिन ढोका उनले । फाँट टम्मै ढाकेको थियो, बाक्ला हुस्सुले । चारैतिर नजर ओछ्याउँदा–ओछ्याउँदै उनको आँखा त्यही रुखमा पर्यो । त्यही अभागी रुखमा । निकै तलको खोल्साको सालको त्यो अग्लो रुख । जुन आँखाका गेडीमा टाँसिने बित्तिकै उनी द्रवित हुन्छिन्, अझै पनि । तर, तत्काल सम्हाल्छन् पनि आफूलाई, ‘अब त मैले बिर्सिनु पर्छ, त्यो कुरा । पुराना कुरा सम्झेर कति पिरोलिइ रहने ?’

‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।

केही दिनयता भने आफूभित्र बढ्दै गएको अन्तरद्वन्द्वको तह उनमा झन्झन् बढ्दै छ । के गर्ने, के नगर्ने ? उनले केही पनि ठम्याउन सकेकी छैन ।  

‘किन रित्तै हात बस्छौ, केही न केही काम गर । काम गरेर कोही साना हुँदैनन् क्यारे ।’ त्यस्तै ६–७ महिनाअघि कतारबाट फर्किने बित्तिकै दिलमायाले सम्झाएकी थिइन्, उनलाई । तर, उनीभित्र थोपरिएको वैदेशिक रोजगारीको कहर अझै हटिसकेको थिएन । उनी व्याकुल नै थिइन् ।  

‘खै, के काम गर्नु ?’ उनी लाचारी दर्साउँथी ।  

‘अब यतै पाइन्छ काम । विदेश गइराख्नु पर्दैन ।’ दिलमायाले ढाढस दिँदै भनेकी थिइन्, ‘विदेश जानेले भन्दा यहीं बसेर काम गर्नेहरूका कमाइ राम्रो छ अचेल । यो रोड खुलेपछि त कसैले पनि बेरोजगार बस्नु परेको छैन । अब त मरिन खोलाबाट बाटो खुल्दैछ । त्यहीं तलको फाँटै–फाँट मोटर कुद्छ, अब ।’

कैली दमिनीले एकोहोरो सुनि मात्र रहिन्, कुनै प्रतिक्रिया जनाइनन् ।  

दिलमाया भने निरन्तर प्रशिक्षण दिन व्यस्त देखिन्, ‘बम्जन टोलको किङ्के दुई वर्ष मलेसिया बसेर आयो । के लछारपाटो लायो र त्यल्ले, विदेश बस्दा । रिन काढेर गएको पैसा पनि तिर्न सकेन, फर्केर आउँदा । अहिले अटो किनेर चलाउन थाल्या छ । त्यही कमाइले घर बनाउँदै छ । बरु तिमी पनि एउटा अटो किनेर चलाउन थाल ।’

‘आम्मोइ, कहाँ केटी मान्छेले चलाउनु ?’

‘के केटा, के केटी । अचेल अटो त केटाले भन्दा केटीले बढी चलाउन थाल्या छन् ।’ दिलमाया ढाढस दिन व्यस्त देखिइन् ।  

‘मसँग अटो किन्ने पैसा कहाँ हुनु, दिदी ? त्यत्रो काम आँटनै सक्दिनँ म । बरु सानोतिनो कुनै पेशा गर्नुपर्ला ।’ कैली दमिनीले आकाशतिर नियाल्दै भनिन् ।  

आकाश बिस्तारै खुल्दै थियो ।  

००

केही वर्षयता बोझे डाँडाको रौनक नै बदलिएको छ । गाउँको मध्य विन्दुबाट सडक खुलेपछि मानिसहरूमा आवतजावत बढ्दै गएको छ । त्यो सुख्खा, उजाड र प्यांखर पाखा अचेल भने हरियाली परिदृश्य सँगालेर बाँच्ने अभ्यासमा तल्लिन देखिन्छ ।  

‘ए बैनी, तिमी त्यत्तिकै नबस । मैले त तिम्लाई विदेशबाट फर्किने बित्तिकै भनेकी पनि हुँ, केही काम गर । अहिलेसम्म हात बाँधेर बसि रा’छौ ।’ दिलमायाले फेरि सम्झाइन् ।  

‘के काम गर्नु खै ?’ कैलीमा अन्यमनस्क भाव व्याप्त थियो ।  

‘म तिमीलाई एउटा सजिलो उपाय बताइदिन्छु । तिमीसँग धेरै पुँजी छैन भने सानोतिनो पसल चलाए पनि हुन्छ । अँ, अचेलका केटाकेटीले त्यो पानीपुरी, चट्पटे खुबै मन पराउँछन् । बरु तिनै खिच्रिमिच्रिहरू बेच्ने पसल थाप । थोरै लगानी, राम्रो आम्दानी...।’ दिलमायाले सहज भावमा भनिन् ।  

‘तर, दिदी... ।’ कैली दमिनी अन्कनाइन् ।  

‘के तर ?’  

‘आफ्नै गाउँमा त कहाँ त्यस्तो होला र ?’ कैलीले धक मान्दै थपिन्, ‘तपैंलाई थाहै छ, म दमिनी हुँ । पानी नचल्ने जात । मैले चटपटे, पानीपुरीको पसल राखें भने कसले आएर खान्छन् र ? दमिनीको पसल भनेर सबैले दुर्दुर गर्दैन ?’

दिलमाया गम्भीर देखिइन् । केही क्षण सोचमग्न हुँदै उनले थपिन्, ‘तिम्रो कुरा पनि ठीकै हो । तिम्रो जात सप्पैलाई थाहा छ । तिम्ले छोएको अरुले नखालान् । तर, समाज पहिलाजस्तो चाहिँ छैन है, बैनी । मान्छेहरू बदलिँदै गएका छन् ।’

कैली दमिनी निर्निमेष उभिइरहिन्, यथास्थानमा । र, हेरिन्, पूर्वतिरका अग्ला–होचा डाँडातिर । च्याउकोट, भीरगाउँ, सिरु डाँडा, हरिथुम्कातिर पु¥याइन् उनले आँखा । ती डाँडाहरूमा छरिएका थोप्लाथोप्ली बादल क्रमशः फाट्दै गइरहेको थियो । फाट्दै गइरहेका बादलतिर हेर्दै उनी कल्पिन थालिन्, ‘यो जातीय विभेद र छुवाछुत पनि त्यही बादलजस्तै, यो समाजबाट फाट्दै गए कति जाति हुन्थ्यो होला ।’

‘के सम्झेकी बैनी ?’ दिलमायाको आवाज पोखिएसँगै उनी झस्किइन् र भनिन्, ‘हैन, केही पनि सम्झेकी हैन । म त त्यत्तिकै टोलाउन पुगेछु ।’  

‘तिम्ले चटपटे, पानीपुरी बेच्ने पसल राख्यौ भने मलाई त चल्छजस्तो लाग्छ । किनभने, यो गाउँमा दलित र जनजातिहरूकै बाहुल्य छ । तिम्रो पसल चल्ने देख्छु म त । थाप बैनी । निस्फिक्रीसाथ थाप ।’ दिलमायाले उत्प्रेरित गर्दै भनिन्, ‘तिम्ले पसल थाप्यौ भने म नै पहिला आएर खाइदिन्छु ।’

‘मेरो निम्ति त्यत्रो जोखिम नमोल्नोस्, दिदी ।’ उनको आवाजमा उदासीको गन्ध घोलिएको थियो ।  

‘छाड यस्तो कुरा । हाम्ले परिवर्तन नगरे कसले गर्छ ?’ दिलमायाको प्रेरणादायी आवाज झन्झन् प्रवाहित हुँदै गइरहेको थियो ।  

केही दिन बिते । कैली दमिनीका ती तीनहरू दिन तनाव, द्विविधा र अन्योलको एम्बुसमा परे । उनी एउटै चिन्ताले पिरोलिइरहिन्, ‘पसल त थापुँला तर दमिनीको पसल भनेर कसैले किनेर खाइदिएनन् भने के गर्ने ? यो ठाउँ यस्तै हो । दमिनीको पसलमा को आउला र र खाला ? अहँ, म आँटन सक्दिनँ ।’

आज भने कैली दमिनीको अनुहार हिजोअस्तिको भन्दा चम्किलो थियो । पूरै उज्यालो । उनले गाउँको बीचमा अवस्थित चोकतिर हेरिन् र मनमनै संकल्प गरिन्, ‘म पसल थाप्छु, थापेरै छाड्छु । यो समाजमा केही गरेर देखाउन चाहन्छु ।’

००

गाउँको केन्द्रविन्दुमा एउटा सानो पसल थाप्ने निधो गरेपछि उनी एउटा सानै टहरो बनाउन जुटिन् । केही बाँस, पुराना थोत्रा टिन र डोरीहरू सम्हाल्दै गर्दा उनले आफूले टेकेर आएका संघर्षका बाटाहरूलाई नियाल्न चाहिन् । डरलाग्दा थिए, ती बाटाहरू । भीर र अक्करले घेरिएका । अनायासै उप्किए, उनका जीवनको मझेरीमा केही प्रसंग । जसलाई उनी कदापि बिर्सिन सक्दिनन् । ऐंजेरुजस्तै टाँगिएर बसेका छन्, उनको जीवनरुपी वृक्षमा ।  

प्रसंग– १

माथ्लो टोल उनको । पूरै प्यांखर । बलौटे ढुंगाहरूको बाहुल्य भएका बारीहरू । फल्छ त केवल अन्नका नाममा उही कोदो मात्र । अलिअलि लाप्चे र कागुनो पनि । तल्लो टोलको भने कुरै नगरौं । ब्राम्हणहरूको बाक्लो बस्ती । क्षत्री पनि छन्, केही घर । घर–घरमै धारा । तल्लो टोलका प्रायः सबैजसोको खेत छन्, फाँटमा । मुरीका मुरी भित्र्याउँछन्, हरेक वर्ष धान । मकै र आलु पनि ।  

कैलीले दस वर्ष टेकेकी थिइन्, त्यो वर्ष । एकदिन उनी त्यही तल्लो टोलको डगरै–डगर हिँडिरहेकी थिइन् । एउटी अधबैंसे महिला दूध बोकेर जाँदै थिइन्, कतै । परैबाट सेतो तरल पदार्थमा आँखा पोखिएपछि उनले सोधिन्, ‘के हो बज्यै यो ?’

‘कस्ती दमिनी रै’छे यो त । दूध पनि नचिन्ने । तैंले अहिलेसम्म दूध देखेकी छैनस् ? भैंसीको दूध हो यो, भैंसीको ।’ ती अधबैंसे महिलाले रिसाउँदै भनेकी थिइन् ।  

‘अहँ, देख्या थि’न त ।’ कैलीले निर्दोष नजर बिछ्याउँदै जवाफ दिइन् । दस वर्ष बित्दा पनि न उनले दूध देखेकी थिइन्, न त त्यसको स्वाद उनको जिब्रोले ग्रहण नै गरेको थियो ।  

प्रसंग– २

कैली दमिनीले भयावह सपना देखिन्, हिजो राति । सपनाको सार यस्तो थियो ः

‘सुतिरहेकी थिइन् उनी । मस्त निद्रामा । एउटा कालो बिरालो बाटोबाट माथिल्लो गह्रामा उक्लियो । त्यो बिरालोले उनको घरको आँगन टेक्यो । आँगनमा उभिएर चारैतिर हे¥यो, दायाँ–बायाँ सबैतिर । त्यसपछि घुम्न थाल्यो, घर वरिपरि । घर वरिपरि तीन चार पटक नै घुमिसकेपछि मध्यरातमा आकाशबाट खसेर क्षणभरमै विलिन हुने ताराझैं अलप भयो, त्यो बिरालो ।’

झस्केर उठिन् उनी, हठात् रुपमा ।  

मनमनै कल्पिन्, ‘यो राम्रो सपना होइन । कालो बिरालो, त्यसमा घरको चारै सुर, तीन–चार पटक नै घुम्नु । पक्कै यो नराम्रो सपना हो ।’

कैलीले पतिलाई उठाइन् र भनिन्, ‘नराम्रो सपना देखेँ मैले त ।’

‘के देखिस् ?’

‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मा¥यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् ।  

‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।  

भोलिपल्टको परिदृश्य थियो यो ।  

‘म त्यो रुखको हाँगाहरू छिमोल्छु । दाउरा हुन्छ ।’ भोलिपल्टको मध्यान्ह उनका पतिले तलको खोल्सामा उभिएको वृद्धावस्थातिर उन्मुख एउटा अग्लो र मरन्च्याँसे रुखतिर हेर्दै भने ।  

‘भो पर्दैन, त्यति अग्लो रुख चढ्न । छँदैछ नि दाउरा ।’ कैलीले भनिन् ।  

‘हैन म आजै काट्छु, त्यो रुखका हाँगाहरू ।’ उनका पतिले जिद्दि गर्दै भने र बञ्चरो बोकेर लम्किए, त्यतैतिर । हिँड्ने बेलामा भनेका थिए, ‘३–४ दिनलाई बजारमा लगेर बेच्ने दाउरा त छ । तर, त्यसपछि फेरि चाहियो नि । आज काट्यो भने एक हप्तापछि त सुकिहाल्छ नि ।’

करिब आधा घन्टापछिको परिदृश्य नितान्त बेग्लै थियो । त्यो रुखको हाँगा गिड्दागिड्दै उनका पतिको खुट्टा चिप्लिन पुग्यो । एउटा गहु्रँगो आवाज ओकल्दै भुइँमा खसे, बजारिए, उनी । आवाज आएसँगै कैली त्यो खोल्सातिर दगुर्दै गइन् ।  

टाउकोमा चोट लागेको थियो, गहिरो । उनका पतिले मुखबाट फिँज निकालिरहेका थिए र एकोहोरो भनिरहेका थिए, ‘मलाई अस्पताल लैजाऊ । म बाँच्न चाहन्छु ।’  

कैलीले जेनतेन एक्लै घरसम्म ल्याइन् । तर, केही समयपछि नै उनका पतिको प्राणान्त भयो... ।  

अझै उभिइरहेको छ, त्यो रुख । झन्झन् वृद्ध र मरन्च्याँसे रुपाकृतिमा बदलिए पनि अझै ढलेको छैन । खङ्रङगै सुके पनि अस्तित्ववान् भएर उभिइरहेको छ ।  

त्यो रुखले उनलाई अझै मर्माहत बनाउँछ । कहिलेकाहीं त्यो रुखतिर आँखा पुग्दा उनको शरीर सुख्खा पातहरूझैं काँप्न थाल्छ ।  

प्रसंग– ३

पति बितेपछि उनकै काँधमा थोपरियो, पारिवारिक दायित्व । भैंसी पालिन्, खसी–बाख्रा पालिन् । बेच्थिन् कहिलेकाहीं दाउरा पनि । उनको आर्थिक स्थिति सुध्रिदै गयो ।  

एकदिन सुनिन्, ‘विदेशमा गइयो भने राम्रो कमाइ हुन्छ । २–४ वर्षमै जिन्दगी बन्छ ।’

त्यो समय वैदेशिक रोजगारीको हावा सबैतिर बहेको थियो । १५–१६ वर्ष टेकेपछि गाउँका युवाहरू नागरिकता बनाउन अग्रसर हुन्थे र धाउँथे, काठमाडौंका मेनपावर कम्पनीहरू । २–३ वर्ष विदेश गएर आएपछि तिनीहरूका रवाफ नै बेग्लै हुन्थ्यो ।  

‘म पनि जाने भएँ विदेश । राम्रो कमाइ छ रे । आज एजेन्टसँग बुझेर आ’की ।’ कैली दमिनी प्रफुल्ल थिइन् र गाउँको पुछारमा भेटिएकी दिलमायासँग उनले खुसी साटिन् ।  

‘एजेन्टले फसाउला नि ।’ दिलमायाले सतर्क गराइन् ।

‘कहाँ फसाउनु ? कति विश्वासिलो एजेन्छ रहेछ ।’ उनी विश्वस्त देखिइन् ।  

‘पैसा त टन्नै लाग्ला नि, उड्ने भएपछि ।’

‘भैंसी, खसी र बाख्रा बेच्दा पुग्ने रहेछ ।’ कैली दमिनीले ओठमा चमक उमार्दै भनिन् ।  

के हुन्थ्यो सोचेजस्तो । उड्न त उनी विदेश उडिन् तर ६ महिना नबित्दै फर्केर आइन् । जति पैसा तिरेर उनी विदेश उडेकी थिइन्, त्यसको आधा रकम पनि कमाइ नगरी फर्किएकी थिइन् ।  

‘किन फर्किएकी ?’ सोध्थे कसै–कसैले ।  

‘काम नै गाह्रो । असाध्यै गर्मी । नसकेर फर्किएकी हुँ म ।’ हुन्थ्यो उनको जवाफ । तर, उनले आफ्नो कामबारे कहिल्यै, कसैसँग खुलाइनन् ।

००

कैली दमिनीले पसल थापेको करिब महिना दिनजति मात्रै बितेको थियो । उनले एउटा नमीठो आरोप, समस्याको सामना गर्नुप¥यो ।  

उनको पसल नामक सानो टहरोअघि गाउँभरिका मानिसको भीड जमेको थियो । टहरोको आडमै उभिएर कैली दमिनी चुपचाप मुन्द्रामा थिइन् ।  

त्यो साँझपखको दृश्य थियो । एउटी महिला ठूलो स्वरमा, गाउँ नै कम्पन हुने गरी उफ्रिँदै थिइन्, ‘यो दमिनीलाई यहाँ पसल थाप्न दिनै हुन्नथ्यो । मेरी बच्चीले यसको पसलमा खै के पुरी भन्ने खाइछे । घर पुगेपछि त तीन पटकसम्म बान्ता गरी । अहिले मैले घरमै सुताएर आएकी ।’

‘मेरो के गल्ती छ र ? अरु सबैले खाँदा केही भएको छैन । तिम्री बच्चीले के भएर बान्ता गरी । मलाई किन दोष दिनु हुन्छ, बित्थैमा ?’ आफूलाई प्रतिरक्षात्मक रुपमा उभ्याउँदै कैली दमिनीले एकत्र भीडतिर नियालिन्, तत्क्षण । भीड मौन थियो, कुनै आवाज उब्जिएको थिएन ।  

‘मेरी छोरीले यस्कै पसलमा खाएपछि बान्ता गरेकी हो । बिहानसम्म सद्दे नै थिई । यो पसलमा केके खाएर गएपछि बान्ता गरी ।’ ती महिला झनै उग्र बनिन् र भीडतिर सर्सर्ती नजर घुमाउँदै थपिन्, ‘यो दमिनीले केके खुवाएर बच्चाहरूलाई मार्ने भई । तपैंहरू किन चुप लाग्नुभएको ? यसको पसल यहाँबाट उठाउनुपर्छ । राख्न दिनु हुँदैन यहाँ ।’

‘अरु सप्पै भन्नुस् तर दमिनी भनेर नहोच्याउनुस् ।’ कैलीले प्रतिवादको भाषा बोलिन्, यस पटक ।  

‘दमिनीलाई दमिनी नभनेर के भन्ने त ?’ ती महिला झन् विस्फोट भइन्, ‘तँ दमिनी नै होस् । तँ हिजो पनि दमिनी नै थिइस्, आज पनि दमिनी नै छस् । यो पसल थाप्ने बित्तिकै अर्कै जातकी भएँ कि भन्ने लाग्यो कि क्या हो ?’

कैली दमिनीको मौनता तोडियो । उनी टहरोको आडबाट केही अगाडि सरिन् र भन्न थालिन्, ‘पहिला पहिलाजस्तो सहेर बसिन्नँ अब । अब कसैलाई जातीय रुपले विभेद गर्छ भने त्यस्तालाई ठीक पार्ने उपाय हाम्ले पनि जानेका छौं । म दमिनी भएर तिम्लाई किन टाउको दुख्यो ? मैले आफ्नो काम गरेर खाइरहेकी छु । तिम्रो घरमा भतुवा लाग्न गएकी छैन, अहिलेसम्म । मलाई अझै पनि दमिनी भन्यौ भने म तिमी विरुद्ध उजुरी हाल्छु । यत्रा गाम्लेले सुनेका छन् सबै ।’

‘तैंले मेरो बच्चालाई मार्नका लागि...।’

‘मकहाँ खाएर बान्ता गरेको भन्ने के प्रमाण छ ? तिम्रै घरमा खाएर पनि त बान्ता गरेको हुनसक्छ ।’ कैली दृढ देखिइन्, झन्झन् ।

‘अब यल्लै सबै, गाउँभरिका मान्छेलाई मार्ने भई ।’ ती महिलाको आवाज झन् अग्लिन थाल्यो, ‘मैले त्यल्लाई यसको पसलमा गएर केही पनि नखा भनेकै थिएँ । के गर्नु, लुकेर खाइछे, छौंडीले ।’  

भुत्भुताउँदै घरतिर लागिन्, ती महिला । केही क्षणमा नै भीड पनि तितरवितर भयो ।  

००

कैली दमिनी भोलिपल्ट बिहान उठ्दा घाम निकै माथि चढिसकेको थियो । हिजो साँझको दृश्य–परिदृश्य अझै उनको आँखा वरिपरि घुमिरहेको थियो । उनको मन–मस्तिष्क नै तम्तम्याइँदो बनिरहेको थियो ।  

बाहिर निस्किन् उनी । तलको फाँटमा पातलो हुस्सु बसिरहेको थियो । घाम बिस्तारै छिप्पिँदै जान थाल्यो । घामले सशक्त उपस्थिति जनाउँदै जाँदा हुस्सु पनि क्रमशः फाट्दै र बिलाउँदै गयो । हिजोको अकल्पनिय घटनाबाट धेरै नै मर्माहत भएकी थिइन्, कैली । बिस्तारै–बिस्तारै बिलाउँदै गएको हुस्सु र घामका चहकिला किरणतिर हेर्दै र कताकता टोलाउँदै भनिन्, मनमनै उनले, ‘यो छुवाछुत र विभेद पनि त्यही हुस्सुजस्तै फाट्दै गए कति राम्रो हुन्थ्यो होला ।’

घाम झन्झन् चहकिलो हुँदै थियो ।  

०० 

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस