नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।
समाजका उपाध्यक्ष चेतनाथ कडेल हरित र सीता भण्डारी कडेलले आफ्नो छोराको नाममा स्थापना गरेको उक्त सम्मानको नगद राशि रु ११,१११।-सहित रहेको छ। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसका दिन प्रदान गरिने छ।
यस सम्मानबाट हालसम्म कविहरू रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसकेका छन्।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।
नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।