नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन सत्रौं असाधारण सभा सम्पन्न भएको छ।
उक्त सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गरेको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, सल्लाहकार रमा शर्मा र समाजका वाग्मती, गण्डकी र कर्णाली प्रदेशका संयोजकहरु रवीन्द्र आशिष शैली, रिता पहारी न्यौपाने र देवकी तिमिल्सिनाले मन्तव्य दिएका थिए।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समाजको सत्रौं साधारण सभामा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डा. अभि सुवेदीले उनलाई सम्मान गरेका थिए।
सो समारोहमा समाजका अध्यक्ष रोदनले आगामी वर्षदेखि १ लाख १ सय एक रूपैयाँ नगदराशिको ‘रेखा-पवन स्रष्टा सम्मान प्रदान गरिने जानकारी गराए।
साहित्यकार पवन आलोक र धर्मपत्नी रेखा कडेलको नाममा स्थापना गरिएको उक्त सम्मानका लागि उनका सन्तान विमला कडेल, रिता कडेल, सुनील कडेल, माला कडेल र अनिता कडेलले १५ लाख रुपैयाँको अक्षयकोषको व्यवस्था गरेका छन्।
समाजको सत्रौं साधारण सभा तथा सम्मान समारोहमा समालोचक ज्ञानु अधिकारी, प्राडा गोविन्दमानसिँह कार्की, योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका संस्थापक राजेश न्यौपाने, उपाध्यक्ष चेतनाथ कणेल हरित र सचिव प्रकाश घायलले मन्तव्य व्यक्त गरेका थिए।
नियमित कार्यक्रम अन्तर्गत पाँचाै दिन पुस १७ गते दिउँसो १२.३० बजेदेखि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्रेस काउन्सिल नेपालको सभाकक्षमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी हुने भएकाे छ।
त्यस्तै छैटाैं दिन पुस १८ गते दिउँसाे १ बजेदेखि बाैद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्थीहरूकाे अन्तर्क्रिया हुने भएकाे छ।
पुस १९ गते वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख अतिथ्यमा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समीक्षासहित नेपाल सष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन हुँदै छ।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।
नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।