नेपाल स्रष्टा समाजले २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।
ओझेलमा परेको संघर्षशील नारी स्रष्टालाई दिइने यो सम्मान १५ हजार नगद सहित सम्मानपत्र रहेको छ।
११ वर्षको उमेरमा विवाह गरेर ३५ वर्षदेखि एकल महिला बनेका गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्याएका छन्। उनका तीन भजनसंग्रह र चेतनामूलक गीतहरू रेकर्ड भएका छन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार सो सम्मान आउँदाे वैशाख ९ गते प्रदान गरिंदै छ।
साहित्यकार पुष्पा खनालले आफ्नाे आमाको नाउँमा स्थापना गरेको सो सम्मानबाट सिर्जना शर्मा, डिक्रा वादी, इन्द्र गहतरात, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मान भइसकेका छन्।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।
नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।