नेपाल प्रेस काउन्सिलको आयोजना तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठी नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन भएकाे हो।
काउन्सिलको सभाकक्षमा सम्पन्न गोष्ठीमा उपत्यकाबाट प्रकाशित हुने साहित्यिक पत्रिका र अनलाइनका साहित्यिक पत्रकारहरूको उपस्थिति रहेको थियो।
उक्त गोष्ठीका मूलवत्ता भाषाविद् शरतचन्द्र वस्तीले भाषाको नयाँ आयाम प्रकट गर्ने मूल आधार साहित्य भएको बताए। उनले साहित्य सिर्जनामा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए।
गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशका लागि सरकारले नै मानक भाषाका लागि समिति बनाउनुपर्ने कुरामा जोड दिए। प्राडा गोविन्दराज भट्टराईले सीमापारिका नेपाली भाषी साहित्यकारहरू झन् अन्योलमा भएको बताए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अहिलेको साहित्यिक पत्रकारितामा सम्पादक अनुसारको सम्पादन हुने गरेकाले भाषामा एकता ल्याउन गोष्ठीले बहसको प्रारम्भ गर्ने विश्वास व्यक्त गरे।
उक्त गोष्ठीमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे, प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुसाल, भीम खरेल र चेतनाथ धमलाले पनि मन्तव्य व्यक्त गरेका थिए।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।
नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।