नेपाल स्रष्टा समाजले ऐतिहासिक रूपमा सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ। समाज स्थापनाको सत्रौ वार्षिक उत्सवको अवसर पारेर पुस १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम गर्दै समीक्षा गोष्ठीमार्फत समापन भएकाे हो।
नेपाल स्रष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समापनमा समाजका सल्लाहकार तथा प्रमुख अतिथि साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले साहित्यमा भाषिक एकरूपताका लागि समाजले सक्रिय हुनुपर्ने सुझाव दिएका थिए।
उनले सबै क्षेत्रमा भाषिक लापर्वाही भएकाले भाषा शुद्धिकरणका लागि समाजले विशेष समिति बनाएर राज्यसँग वार्ता गरेर ऐतिहासिक काम गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विविध चुनौती हुँदा हुँदै पनि सप्ताहव्यापी कार्यक्रमकाे योजना बनाएकाे र साेहीअनुसार कार्यक्रम पूरा गर्न सफल भएको बताए। उनले कार्यक्रम गर्न धेरै क्षेत्रबाट सहयोग मिलेको भन्दै धन्यवादज्ञापन पनि गरेका थिए।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।
नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।