नदोहोरियोस् ती डरलाग्दा दिनहरू!
३० पौष २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नदोहोरियोस् ती डरलाग्दा दिनहरू!

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो। अहिले भारतमा दैनिक दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन्। बिभिन्न कामका लागि भारतमा गएका नेपालीहरु फर्कने क्रम बढ्दो छ। उनीहरुसंगै कोरोना भाइरसको संक्रमण पनि नेपालमा भित्रिन थालेको छ।  

कोरोना भाइसको कुनैपनि भेरियन्टको संक्रमण अन्य मुलुकमा फैलिएको केही महिनापछि मात्र नेपालमा देखा पर्ने गरेको पछिल्लो अनुभवहरुले देखाँउछ। कोरोनाको प्रत्येक लहरमा नेपालले पूर्वतयारीका लागि पर्याप्त समय पाएको हुन्छ। तर कोरोनाको पहिलो र दोस्रो लहरमा जस्तै यसपटक पनि नेपाल सरकार संक्रमण नियन्त्रणको पूर्वतयारीमा चुकेको देखिन्छ। न त खुल्ला सीमानाकामा कडाई गरिएको छ, न परीक्षण दायरा नै बढाइएको छ। न त खोप अभियाननै प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छ।  

भारतबाट फर्कनेहरूमा संक्रमण देखिए तिनलाई आइसोलेसनमा राख्ने र संक्रमणमुक्त भएपछि मात्र पठाउने उद्देश्यसहित गत असारमा सरकारले देशका सात सीमानाकामा होल्डिङ सेन्टर बनाउन थालेको थियो। प्रत्येक होल्डिङ सेन्टर बनाउन सरकारले २८/२८ करोड रूपैयाँ खर्चेकाे छ। तर अहिलेसम्म प्रायः सबैको ७० देखि ९० प्रतिशतसम्म मात्र काम पूरा भएको छ।

यस्तै कोरोनाको परीक्षण दायरा पनि सरकारले बढाउन सकेको छैन। हाल दैनिक सरकारी र निजी गरी १०४ वटा प्रयोगशालाहरुबाट कोरोना परीक्षण हुने गरेको छ। यस्तै दैनिक ५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य पनि खुम्चेर २ लाखमा झरेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सबै क्षेत्रमा चुकेको सरकार भने राम्रोसंग पूर्वतयारी भएको दावी गरिरहेको छ।  

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि यसको संक्रमण दर भने तीव्र रुपमा फैलिरहेको चिकित्सकहरुले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा.शेरबहादुर पुनका अनुसार ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमण हुन सक्छ। संक्रमित भएकामध्ये खोप नलगाएकालाई जटिल समस्या हुनसक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ।

विश्वका अन्य मुलुकहरुमा पनि कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई संक्रमण भईरहेको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने हालसम्म कुल जनसंख्याको करिब ४० प्रतिशतले मात्र कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। विशेषगरि, खोप नलगाएका र अहिलेसम्म संक्रमित नभएका मानिहरु भाइरसको जोखिमका रहेकाले सरकारले खोप अभियानलाई नै तीव्र रुपका अगाडि बढाउनुपर्ने डा. पुनको भनाइ छ।  

नेपालमा पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने संक्रमणदर झन्डै दोब्बरले बढेको छ। पुस २५ गते १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पुस २९ गतेसम्म आईपुग्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका लागि सरकारले पूर्वतयारी गरेको दावी गरिरहँदा, संक्रमणले भयावह अवस्था सृजना गरेको समयमा त्यसले धान्न सक्छ वा सक्दैन भन्ने समयले नै देखाउने संक्रामक रोग विषेशज्ञ डा. जनक कोईराला बताउँछन्।  

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन तीन गुणा संक्रमणकारी भएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छ। तर नेपाल सरकारले अहिले बढिरहेको संक्रमण ओमिक्रोन हो वा होइन भन्ने पुष्टि गर्न पर्याप्त मात्रामा परीक्षण गर्न सकेको छैन। हाल दैनिक रुपमा १३ देखि १५ हजारको हाराहरीमा कोरोना परीक्षण हुने गरेको छ। जुन निकै कम रहेको डा. कोईराला बताउँछन्। संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन सरकारले दैनिक ३०–४० हजार परीक्षण गर्नुपर्ने उनको भनाइ छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै यो भाईरस सर्न सक्ने भएकाले नागरिकहरुले पनि सचेतना अपनाउनुपर्ने देखिएको छ। महामारीको दुईवटा लहरबाट सिकेका स्वास्थ्य मापदण्डका उपायहरु अवलम्बन गर्न सकेमात्र धेरै हदसम्म संक्रमण न्यूनीकरण गर्न सकिने डा. कोईरालाको सुझाव छ।

सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिँदै आएको छ। हालसम्म १८ वर्षमाथिमा १ करोड १६ लाख नागरिकले कोरोनाविरुद्धको पुर्णमात्राको खोप लगाएका छन् भने, १ करोड ५४ लाखले कोरोना खोपको १ मात्रा लगाएका छन्। त्यस्तै हालसम्म १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन्। सरकारले आगामी चैत महिनासम्म सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। तर कहिले खोपाको अभाव त कहिले खोप लगाउने सिरिञ्जको अभावले गर्दा नेपालमा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन।  

ओमिक्रोन भेरियन्ट छिटो दरमा फैलिएको तथ्यलाई सरकारले ध्यान दिन जरुरी देखिएको छ। गम्भीर बिरामीहरूको प्रतिशत कम भए पनि संक्रमितको संख्या उच्च भएकाले ओमिक्रोन घातकनै भएको स्वास्थ्य विदहरु बताउँछन्। ओमिक्रोनको रोकथाम र नियन्त्रणका लागि नीति निर्माता मात्र नभई सर्वसाधारणको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुनुपर्ने देखिएको छ।

लोकप्रिय
अर्को समाचार
कोरोना भाइरसबाट आज एक जनाको निधन
२३ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।  

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस