संग्रह
तीन महिना नपुग्दै स्वास्थ्य सचिव फेरिए
जेठ १५ सरकारले तीन महिना नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको सरुवा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरि लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।
स्वास्थ्यमा २२ अर्ब बजेट थपियो
सरकारले अघिल्लो वर्षको तुलनामा थप बजेट स्वास्थ्य क्षेत्रमा थप २२ अर्ब बजेट बिनियोजन गरेको छ । कोरोना भाइरसविरुद्ध विश्व नै लडिरहका बेला सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संसदमा पेस गरेको बजेटमा स्वास्थ्य र आर्थिक पुनस्र्थापनालाई बजेटको प्राथमिकतामा राख्दै बजेट बृद्धि गरेको हो ।
दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ।
श्ययाको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी 'रिफर' गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।
एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न आग्रह
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन्।
अस्पताललाई उपचार खर्च सार्वजनिक गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।
५ हजार ३१६ कोरोना संक्रमण पुष्टि, ७ हजार २१९ जना संक्रमण मुक्त
पीसीआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ।
अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध
मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिन आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।