२४ घण्टामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको संख्या ७ २१९ रहेको छ । यस अवधिमा देशभर ५३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार पीसीआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो। हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यसअवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ। काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन्।
काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एक/एक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट गएका एकजना कर्मचारी र मुस्ताङमा काठमाडौंबाट घर फर्केका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मनाङका जिल्ला स्वास्थ्य प्रमुख बद्री आचार्यका अनुसार एकमात्र संक्रमित निको भएपछि जिल्ला हालका लागि कोरोना संक्रमणबाट मुक्त भएको छ । कपिलवस्तुका ती संक्रमित मनाङको एक कार्यालयमा कार्यरत थिए । ‘एकजना संक्रमित भएपनि उनी अहिले निको भईसकेका छन् । संक्रमित व्यक्तिमा कुनै लक्षण समेत देखिएन,’ आचार्यले भने, ‘संक्रमितले केही औषधि समेत खानुपरेन । आइसालेनसमा रेखदेख गर्दा पनि उहाँ निको हुनुभयो ।’
मनाङमा अहिलेसम्म सबैगरि करिब ६० जना क्वारेन्टिनमा बसेको भएपनि ती सबै घर फर्किएका छन् । कोही पनि व्यक्ति आइसोलेसनमा पनि नरहेको आचार्यले बताए । ‘क्वारेन्टिन र आइसोलेसन पनि शुन्य भएका छन् । एकजना संक्रमित पनि निको भएपछि मनाङ कोरोनामुक्त भएको छ,’ उनले भने, ‘अब कोही बाहिरबाट आयो भने मात्र संक्रमणको त्रास हो । नत्र अहिलेका लागि संकट टरेको छ ।’
मुस्ताङका कोरोना संक्रमित वृद्ध पनि निको भएर घर फर्किएको त्यहाँको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले बताए । ‘संक्रमितलाई निको भएपछि मंगलबार बेलुकी घर पठाइएको हो । अहिलेसम्म जिल्लामा संक्रमित उनीमात्र हुन,’ भण्डारीले भने, ‘मुस्ताङ पनि हालका लागि कोरोना संक्रमण मुक्त भएको छ ।’ मुस्ताङका संक्रमित ८३ वर्षिय पुरुष भएपनि उनमा कोरोनाको कुनै लक्षण नदेखिएको भण्डारीले जानकारी दिए ।
‘प्रेसरको औषधि सेवन गर्ने रहेछन । तर, कोरोनाको लक्षण कुनै पनि देखिएन । ज्वरो, रुघाखोकी, स्वासप्रश्वासमा कुनै समस्या भएन,’ उनले भने, ‘नियमित बाहेक उनले अरु केही औषधि पनि सेवन गर्नुपरेन ।’ संक्रमण पुष्टि भएको १६ दिनपनि उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भण्डारीले बताए । ‘वृद्ध भएकाले उनलाई हिडडुलमा समस्या थियो । त्यसैले रेखदेखका लागि उनका ज्वाई पनि आइसोलेसनमै बसेका थिए । तर दुईपटक नै परीक्षण गर्दा ज्वाईको रिपोर्ट पनि नेगेटिभ आयो,’ भण्डारीले भने, ‘वृद्ध भएपनि उनी पहिले झै टाठै भएर निस्किए । अतिरिक्त केही औषधि पनि खानुपरेन ।’
गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका घरपझोङ–१, छैरोस्थित तिब्बतीयन क्याम्प निवासी ती पुरुषको घाँसास्थित कोरोनाको आरडिटी क्लिनिकमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । असार २ गते स्वाव संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएकोमा पोखराको प्रयोगशालामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अहिले मुस्ताङको आइसोलेसन र क्वारेन्टिनमा दुइ–दुइ गरि चारजना रहेका छन् । जोमसोमको क्वारेन्टिनमा दुईजना र लेतेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रको आइसोलेनमा दुईजना बसेका छन् । उनीहरु बाहिरी जिल्लाबाट माथि उक्लिएका व्यक्ति हुन् । उनीहरुको पनि स्वाव परीक्षणको तयारी भएको उनले बताए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । बुधबार मात्र प्रदेशका विभिन्न जिल्लामा १७ जना संक्रमित थपिएका छन् । अहिलेसम्म प्रदेशका २८७ जना संक्रमित निको भएर घर फर्केको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।