कोरोना भाइरसले फेरि छक्याउन सक्छ
१७ माघ २०७८
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना भाइरसले फेरि छक्याउन सक्छ

उत्परिवर्तनमार्फत कोरोना भाइरस आश्चर्यजनक हिसाबमा नयाँ भेरियन्टमा कसरी विकास हुन्छ भन्ने बुझ्न यसको पृष्ठभूमि जान्न आवश्यक हुन्छ। यो भाइरसको आनुवांशिक संरचना (जेनोम) ३० हजार अक्षरभन्दा लामो छ।

यसको अर्थ भाइरसले उत्परिवर्तनका लागि असीमित अवसर पाएको हुन्छ। फ्रेड हटचिन्सन क्यान्सर रिसर्च सेन्टरका भाइरोलोजिस्ट जेस ब्लोमका अनुसार कुनै निश्चित ब्रम्हाण्डमा रहेका अणुहरूको संंख्याभन्दा यो संख्या निकै धेरै हो।

उत्परिवर्तनको यो सम्भावनालाई आकलन गर्न वैज्ञानिकले टाकुरा र समथर भूमि समावेश भएको ‘फिट्नेस ल्यान्डस्केप’ अवधारणाको सहयोग लिने प्रयास गरेका छन्। कोरोना भाइरसले यो ल्यान्डस्केपमा जति अग्ला टाकुुरा भेट्टाउँछ, यो उति नै संक्रामक बन्दै जान्छ। भाइरसले जुन स्तरमा आफ्ना प्रतिकृति बनाउन सक्छ त्यति नै यसको उत्परिवर्तनको सम्भावना रहन्छ। भाइरसले जति धेरै सम्भावनालाई अंगीकार गर्छ, त्यति बेला यसले त्यति नै धेरै टाकुरा भेट्टाउँछ। कोरोना भाइरसले आगामी दिनमा के गर्छ भन्ने आकलन गर्न यही फिट्नेस ल्यान्डस्केपको धरातलीय अवस्था बुझ्न जरुरी हुन्छ। 

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाकी जीवशास्त्री सराह ओटोका अनुसार आगामी दिनका लागि कस्ता टाकुरा देखिनेछन्, अझै केही भन्न सकिने स्थिति छैन। ओमिक्रोनका लागि यस्ता टाकुरा पार गरिएको–नगरिएको भन्नेमा अझै केही निश्चित नभएको बताउँदै उनी थप्छिन्, ‘अबका सम्भावनाका बारेमा आकलन गर्न सक्ने स्थितिमा हामी छैनौं।’

अहिले नै भन्न सकिने कुरा के हो भने अधिकांश उत्परिवर्तनले भाइरसलाई फिट्नेस ल्यान्डस्केपको समथर भूमिमा पुर्‍याउँछ र थोरै उत्परिवर्तनले मात्र भाइरसलाई टाकुरामा पुर्‍याउँछ। तर यी टाकुरा कति अग्ला हुन्छन् अथवा यिनको पुनरावृृत्तिको उपक्रम कस्तो हुन्छ भन्ने अझै यकिन छैन।

जति बेला डेल्टा भेरियन्टले विश्वमा आफ्नो वर्चस्व कायम गरेको थियो, त्यति बेला अन्य सबै प्रजातिलाई यसले सफाया गर्ला जस्तो देखिएको थियो। ‘धेरैलाई के लागेको थियो भने अर्काे भेरियन्ट डेल्टाबाटै विकास हुनेछ। तर कसैले कल्पना नगरेको ओमिक्रोन विकास भयो,’ इमोरी विश्वविद्यालयकी जीवशास्त्री केटी कोइले भन्छिन्।

त्यसैले अर्काे भेरियन्टले हामीलाई आश्चर्यमा पार्न सक्छ। संयोगवश यो झन् अत्यधिक घातक र संक्रामक पनि हुन सक्छ। यसले हामीले विकास गरेको प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने हुन सक्छ। भाइरसले आफ्नो फिटनेस ल्यान्डस्केपमा टाकुराको निरन्तर खोजी गरिरहेको हुन्छ।

भाइरसको विकासक्रमलाई प्रक्षेपण गर्ने क्रममा खोप र नयाँ भेरियन्टको संक्रमणका कारण बनेको रोग प्रतिरोध क्षमतालाई समेत समावेश गरेर फिटनेस ल्यान्डस्केपको निरन्तर रि–मोडलिङ गर्न आवश्यक छ। यसो गर्दा कतिपय टाकुुराको उचाइ घट्न जान्छ भने कतिको बढ्नेछ। तर विश्वमा खोपको अत्यधिक पहुँचका कारण विकास हुने प्रारम्भिक प्रतिरक्षा क्षमताले रोगका कारण गम्भीर बिरामी पर्ने सम्भावना कम हुँदै गएको छ।

भविष्यमा विकास हुन सक्ने भेरियन्टले कुन स्तरमा संक्रमण गर्ला भन्ने कुरा भाइरस कति छिटो उत्परिवर्तन हुन सक्छ र हाम्रो प्रतिरक्षा प्रणालीले कति थेग्न सक्छ भन्नेमा निर्भर रहन्छ। मानिसलाई आक्रमण य भाइरस यो फिटनेस ल्यान्डस्केपमा धेरै समयसम्म ओहोरदोहोर गरिरहेको सन्दर्भमा कोरोना भाइरसको यात्रा बल्ल सुरु भएको छ ।

कोरोना भाइरसको भेरियन्टका उद्विकास यसअघि कहिल्यै नदेखिएको हिसाबमा भएको छ। ओमिक्रोन भेरियन्टमा ५० भन्दा बढी उत्परिवर्तन भएका छन्। यी उत्परिवर्तनमा ३० भन्दा बढी त स्पाइक प्रोटिनमा मात्र देखिएका छन्। सामान्य रुखाखोकी निम्ताउने ४ थरीको मौसमी कोरोना भाइरसमध्ये दुई भाइरसका स्पाइक प्रोटिनमा एक वर्षमा ०.३ अथवा ०.५ अनुकूलनात्मक उत्परिवर्तन हुने गरेको पाइएको छ।

तेस्रो भाइरसमा खास परिवर्तन हुने गरेको पाइएको छैन। चौथो चाहिँ रहस्यमयी रहेको छ र यसका बारेमा यथेष्ट तथ्यांक उपलब्ध छैन। इन्फ्लुइन्जाका सन्दर्भमा यस प्रकारका परिवर्तनको तीव्रता अत्यधिक हुन्छ भने मौसमी रुखाखोकीका लागि जिम्मेवार भाइरसका प्रोटिनमा एक वर्षमा मुस्किलले एक अथवा दुई परिवर्तन हुने गरेको जीवशास्त्री केटी कोइले बताउँछिन्।

अन्य भाइरसका तुलनामा कोभिड–१९ भाइरसमा देखिएको फरक विकासक्रमलाई ३ हिसाबले प्रस्ट्याउन सकिन्छ।

पहिलो त हामीले श्वासप्रश्वास रोग निम्ताउने अन्य भाइरसको सूक्ष्म रुपमा अध्ययन गरेको थिएनौं। हालसम्म ७५ लाख कोभिड–१९ भाइरसका जिनोमको सिक्वेन्सिङ भैसकेको छ, जबकि मौसमी रुघाखोकीका लागि जिम्मेवार ४ भाइरसका केही सय मात्र सिक्वेन्सिङ गरिएको छ।

भाइरस उद्विकासको वृक्षमा यी विभिन्न भाइसरको अन्तर्सन्बन्ध हेर्दा चित्र प्रस्ट नहुने सिकागो विश्वविद्यालयकी जीवशास्त्री सराह कोबे तर्क गर्छिन्। सामान्य रुघाखोकीका लागि राइनो भाइरस, एडेनो भाइरस, पाराइन्फ्लुइन्जा, रेस्पाइरेटरी सिनसाइटियल भाइरस, मेटान्युमो भाइरस पनि जिम्मेबार मानिन्छन् तर यी भाइरसका नमुनाको यथेष्ट नमुना संकलन गरिएको छैन।

मानिसलाई १०० भन्दा बढी थरीका राइनो भाइसरले संक्रमण गरे पनि यिनको विविधता र विकासक्रमका बारेमा आवश्यक अध्ययन भएको छैन।

दोस्रो पक्ष भनेको अन्य भाइरसको तुलनामा फिटनेस ल्यान्डस्केपमा कोरोना भाइरस तुलनात्मक रुपमा बढी अनुकूल भएको हुन सक्छ। डिएन भाइरस भन्दा आरएनका भाइरसको उत्परिवर्तन छिटो हुने गर्छ। दादुराको सन्दर्भमा एकजनाले अर्कोलाई रोग सार्न ११ देखि १२ दिन लाग्छ भने कोरोना भाइरसले १ देखि ३ दिनमै अर्काेलाई संक्रमण गर्न सक्छ।

जति धेरै मानिसलाई संक्रमण गर्न सक्छ, भाइरसले फिटनेस ल्यान्डस्केप आफूलाई उति नै अनुकूल बनाउँदै लैजान्छ।

तेस्रो पक्ष भनेको कोरोना नयाँ खाले भाइरस हो। दुई वर्षमै यो भाइरसले विश्वको ठूलो जनसंख्यालाई संक्रमित गरेको छ। अन्य भाइरसको तुलनामा यसको संक्रमणको स्तर अत्यधिक छ। हरेक संक्रमणको क्रममा यो भाइरसले अर्बाैं पटक आफ्ना प्रतिकृति बनाउँछ। यो क्रममा भाइरसको उत्परिवर्तन हुन्छ र कतिपय उत्परिवर्तन भाइरसका लागि लाभदायक हुन्छन्।

तर कोभिड–१९ संक्रमणको छोटो अवधिभित्रै यी उत्परिवर्तन प्रभावी हुन त्यति सजिलो छैन। ‘संक्रमित मानिसमा भाइरसको उत्परिवर्तनको सम्भावना शून्यदेखि १० प्रतिशतसम्म हुन्छ,’ मिचिगन विश्वविद्यालयका भाइरोलोजिस्ट आदम लाउरिङ भन्छन्।

उक्त संक्रमित व्यक्तिले अर्काे व्यक्तिलाई संक्रमित पार्दा भाइरसको थोरै अवयवमात्र प्रसारण गर्छ र भाइरसको अत्यधिक विविधता बाटौमै नष्ट हुन्छ। लाखौं संक्रमित भएपछि केही उत्परिवर्तन अर्काेमा सर्न पुग्छ र अन्ततः भाइरसको नयाँ प्रजाति (लिनेज) को विकास हुन पुग्छ। डेल्टाको विकास यसैगरी भएको थियो।

वैज्ञानिकहरू कोरोना भाइरसको एकैपटकको सर्वव्यापकताले गम्भीर संक्रमण निम्ताएको र भाइरसको उद्विकासको लागि सजिलो भएको मान्छन्।

दीर्घकालीन संक्रमणका क्रममा केही साता तथा महिनामा खास प्रकारका उत्परिवर्तनले आफूलाई अझ धेरै अनुकूलित तथा प्रभावी पार्छ र भाइरसको प्रसारण तीव्र हुन्छ। अल्फा भेरियन्टको विकास पनि यही हिसाबमा भएको थियो। 

ओमिक्रोनको उत्पत्तिको विषय अझै प्रस्ट छैन। क्रमिक रुपमा डेल्टाजस्तै यसको विकास भएको हुन सक्छ। तर अन्य विज्ञका अनुसार प्रतिरक्षा प्रणाली कमजोर भएको व्यक्तिमा यसको विकास भएकोे हुन सक्छ अथवा जनावरमा यसको विकास भएर फेरि मानिसमा सरेको हुन सक्छ। यही कारणले फिटनेस ल्यान्डस्केपमा यसले नयाँ उचाइ हासिल गरेको हुन सक्छ। ओमिक्रोनको विकासक्रमलाई बुझ्न सकेमा मात्र अबको भेरियन्ट कस्तो होला भनेर भन्न सकिने हुन्छ। ‘ओमिक्रोनका कारण हामी भाग्यमानी बनेका छौं,’ टेम्पल विश्वविद्यालयका जीवशास्त्री सर्गाई पोन्ड भन्छन्।

खोप लगाएका मानिसलाई समेत संक्रमण गर्न सक्ने उत्परिवर्तनले यो भाइरसलाई कम संक्रामक बनाएको हुन सक्छ। तर यही कारणलाई मात्र पर्याप्त मान्न सकिन्न किनभने कोरोना भाइरसको संक्रामकता दुई प्रमुख कारणले हुन्छ। पहिलो, यो भेरियन्ट आफैंमा कति सर्न सक्ने क्षमताको छ र दोस्रो, यसअघिको प्रतिरक्षा प्रणालीलाई निस्तेज पार्न यो कति सफल छ भन्ने विषय महत्वपूर्ण हो।

भाइरसले आफ्ना प्रतिकृति अत्यधिक छिटो बनाउँदा संक्रमितले भाइरसको ठूलो लोड प्रसारण गर्न सक्छ। डेल्टा भेरियन्टको केसमा यही हिसाबले भाइरसको प्रसारण भएको थियो र रोगको संक्रामकता अत्यधिक रहेको थियो। फोक्सोमा भन्दा नाक र घाँटीमा भाइरसले आफ्नो प्रतिकृति अत्यधिक बनाउँदा भाइरसको सर्न सक्ने क्षमता अधिक हुन्छ। ओमिक्रोनको सन्दर्भमा यही प्रक्रिया लागु भएको हुन सक्छ। यो भाइरसले बिरामीलाई गम्भीर हिसाबले संक्रमण गर्न सकेको छैन।

तर आगामी दिनमा विकास हुन सक्ने भेरियन्टले दुईवटै बाटो लिन सक्छ अथवा नितान्त नयाँ हिसाबले आउन सक्छ। बेलायत र डेनमार्कमा ओमिक्रोनको नयाँ भेरियन्ट बिए.२ ले पुरानो ओमिक्रोन भेरियन्टलाई प्रतिस्थापन गरेको देखिन्छ। तर यसको तुलनात्मक लाभ कति छ भन्ने अझै प्रस्ट हुन सकेको छैन।

ओमिक्रोनमा अत्यधिक मात्र होइन, अनौठा उत्परिवर्तन देखिएका छन्। यसअघि उत्परिवर्तन नदेखिएका १३ क्लस्टरमा उत्परिवर्तन भएको छ। यी क्लस्टरमा भएका उत्परिवर्तनले भाइरसलाई सामान्यतया कमजोर पारेको छ। पोेन्ड्स ग्रुपले गरेको एक अध्ययनले यी १३ परिवर्तनले समग्रमा भाइरसलाई थप अनुकूलित पार्न सहयोग गर्न सक्ने देखिएको छ।

कोरोना भाइरसले कोषिकालाई दुई तरिकाले संक्रमण गर्छ। प्रत्यक्ष रुपमा कोषिकामा फ्युज भएर हुने संक्रमण पहिलो तरिका हो भने दोस्रो तरिका फोका (बबल) मार्फत प्रवेश हो। ओमिक्रोनले दोस्रो तरिकाले कोषिकामा प्रवेश गरेको पाइएको छ।

समग्रमा भाइरसको प्रभावकारिता परिवर्तन गर्न अन्य खाले उत्परिवर्तनको भूमिका पनि उत्तिकै हुन सक्छ। तर अहिल्यै नै निश्चित रुपमा यसै हो भन्न सकिँदैन। आगामी वर्ष र दशकमा कोभिड–१९ भाइरसको कसरी विकास हुन्छ भन्नेमा सबैको जिज्ञासा छ। ‘मानिसमा इन्फ्लुइन्जा अथवा मौसमी कोरोना भाइरसको विकासक्रम धेरै पहिलादेखि हुँदै आएको छ। यो निरन्तर जारी छ,’ भाइरोलोजिस्ट ब्लुम थप्छन्।

कुनै पनि भाइरसको सर्न सक्ने क्षमताको सीमा हुन्छ। दादुरा भाइरसमा अन्यलाई सर्न सक्ने क्षमता (आरओ) १२ देखि १८ सम्म हुन्छ भने डेल्टा भेरियन्टको ५ रहेको छ। ओमिक्रोनको आरओ अझै प्रस्ट हुन सकेको छैन। जब कोरोना भाइरस रोगको प्रतिरक्षा क्षमता नभएका थोरै मानिसलााई मात्र आक्रमण गर्न बाध्य हुन्छ, त्यति बेला यसको विकासमा पनि बाधा हुन्छ। तर त्यसो भन्दैमा भाइरसले आफ्नो विकासक्रमलाई परिवर्तन नगर्ने भन्ने होइन, यो निरन्तर प्रक्रिया हो।

ठूलो जनसंख्या संक्रमित भएकाले ओमिक्रोनका विरुद्ध मानिसमा प्रतिरक्षा प्रणाली विकास भएको छ। सुरुका भेरियन्टभन्दा ओमिक्रोन कमजोर बनेको छ। ‘अब देखिन सक्ने अर्काे भेरियन्ट ओमिक्रोन तथा समान खाले भेरियन्ट हुने सम्भावना कम छ। त्यो कस्तो हुनेछ भन्ने हामीलाई धेरै थाहा भैसकेको छ तर त्यसको भविष्यवाणी गर्न हतार गर्न हुँदैन,’ अक्सफोर्ड विश्वविद्यालयका भाइरोलोजिस्ट एरिस काटजोउरकिस भन्छन्। (दी एटलान्टिक)

लोकप्रिय
अर्को समाचार
कोरोना भाइरसबाट आज एक जनाको निधन
२३ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।  

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस