संग्रह
द्वैध मानसिकताको दलदल
सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार पनि नछाड्ने र एमसिसीविरुद्ध सडकमा पनि जाने रणनीतिमा छन्। यो द्वैध मानसिकताले मुलुकका समस्या समाधान गर्न सक्दैन। एमसिसी नचाहिएको हो भने संसद्बाट असफल गराए हुन्छ। देशका निम्ति यो चाहिन्छ पनि भन्ने र सडकमा पनि जाने स्थितिले यसलाई गिजोलेको छ।
चर्कंदै एमसिसी विवाद चीन–अमेरिका भनावैरी
अमेरिकासँग सन् २०१७ मा भएको एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा हालै मात्र अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो।
एमसिसीले गठबन्धन टुट्ला?
एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेर संसद स्थगित भएको थियो। बैठकमा एमालेले पुरानै अजेन्डामा नारावाजी जारी राखेको थियो। संसद्को अर्को बैठक पनि ८ गते नै बोलाइएको छ। पाँच दलीय गठबन्धन तोडाउने तर एमसिसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी ओलीले गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसप्रति सचेत रहन गठबन्धन कै नेताले सुझाव दिएका छन्।
एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ। आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ ।
छलफल गरी पारित गर्ने तयारी
टेबुल गर्ने बेलामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबाहेक माओवादी केन्द्रका सबै सांसदले एमसिसीको विरोधमा नारा लगाएका थिए।
नयाँ बानेश्वर क्षेत्रमा तनावः दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलले नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा एमसिसीको विरोधमा प्रदर्शन गरेका थिए।
एमसिसीको भविष्य संसद्मा
सत्ता गठबन्धन दलमा रहेर एकातिर एमसिसी अनुमोदन गर्न पत्राचार पनि गर्ने र कुसूचनाका आधारमा जनमानसलाई उद्वेलित पनि गराइरहने यसका नेताहरूको दोहोरो चरित्रका कारण अहिलेको अवस्था आएको हो।
एमसिसीमा एमालेको साथ खोज्दै प्रधानमन्त्री
नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसिसी सदनमा अनुमोदनका लागि मतदान हुँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धोका दिने आशंका गर्दै एमालेसँग पनि संवाद जारी राखेका छन्। यसैक्रममा देउवाले ओलीलाई बालुवाटार बोलाएका हुन्। देउवाले बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत राखेर एमाले अध्यक्ष ओलीसहितका नेताहरूसँग करिब साढे २ घण्टा छलफल गरे। तर छलफल त्यति सकारात्मक बन्न नसकेको स्रोतको दाबी छ।
एससीसीबारे संसद्मा एमाले अस्पष्ट
विश्लेषकका अनुसार एकातिर एमालेका ९८ सांसदमध्ये धेरैको एमसीसीमा असहमति देखिन्छ भने अर्कोतिर यही मौकामा गठबन्धन तोड्न सकिन्छ कि भन्ने खेल पनि भएकाले एमाले दोधारे नीतिमा छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले एमाले एमसिसीको पक्षमा उभिन अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् भने भीमबहादुर रावल, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायत विपक्षमा छन्।
नयाँ समीकरणको कसरतमा दलहरू
सरकारले प्रतिनिधिसभामा फागुन ८ गते पेस गरेको एमसिसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो। माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरूले एमसिसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ।