संग्रह
नेता नेपालको चेतावनीः अध्यक्षद्वयले आफूलाई सुप्रिम नठान्नु
नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।
दुवै पक्ष देशव्यापी गुट भेलामा
ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।
एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन: दाहाल
नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सबै तहको बहुमत भएकाले निर्वाचन आयोग, अदालत सबैतिरबाट आफूहरूलाई नै आधिकारिकता मिल्ने दाबी गरे । पार्टीले छिटै श्वेतपत्र जारी गर्ने उनले बताए ।
ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्।
संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप लगाएका छन्। 'राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा केपीको प्रस्तुतिले संविधान र लोकतन्त्रलाई सिध्याएरै छाड्ने मनसाय देखियो,' अध्यक्ष दाहालले भने 'संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं।'
दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई
नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।
नयाँ सरकारको कसरतमा दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।
ओलीलाई प्रचण्डले फाेन गरेर भने: 'यो के तमासा गर्नुभएको'
। दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।
ठूलो शक्ति बन्ने दाहालको दाबी
दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।
माओवादीमा रुपान्तरण प्रस्ताव
माओवादीले बहुपदीय संरचनासहितको २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारीका रुपमा रहनेछन्।