संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल
०५ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल
पत्रकारहरुसँग समसामयिक राजनीतिक विषयमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्बिर : अनिल/नागरिक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप लगाएका छन्। 'राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा केपीको प्रस्तुतिले संविधान र लोकतन्त्रलाई सिध्याएरै छाड्ने मनसाय देखियो,' अध्यक्ष दाहालले भने 'संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं।'  

प्रेस संगठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले अझै पनि लोकतन्त्रविरुद्ध चलखेल गरिरहेको बताए। 'यो परिवर्तनले समावेशी समानुपातिक जसले महिला, दलित जनजाति मधेसी मुस्लिम थारु मजदुर किसान सबैलाई केही मौलिक अधिकार दिएको थियो, सो संविधानलाई मिचेरै छाड्ने केपी ओलीले मनसाय प्रकट गरे' पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने। संविधान ब्युँताउने गरि सर्वोच्च अदालतले गरेको फैसला जनताको जित भएको र त्यसलाई प्रधानमन्त्रीलेनै मान्ने तयारीमा नभएको प्रष्ट भएको उनको बुझाइ छ। 

प्रधानमन्त्रीले सदन विघटन गर्न पाउनै पथ्र्यो भन्ने अभिव्यक्ति दिएको भन्दै उनले नेपाली जनता सचेत भएकाले त्यो दु:साहस पूरा हुन नदिने बताए। अध्यक्ष दाहालले सञ्चारकर्मीको जिज्ञासामा आफूले प्रधानमन्त्रीका लागि संघर्ष नगरेको स्पस्ट पार्दै प्रधानमन्त्री कसको हुन्छ भन्ने कुरा राजनीतिक दलहरुबीच छलफल चलिरहेको बताए। 'छलफलमा जसकोमा सहमति हुन्छ प्रधानमन्त्री उसैको हुन्छ,' उनले भने 'तर सहमति त्यति धेरै टाढा छैन।' उनले माओवादी केन्द्र र काँग्रेस मिलेर आलोपालो प्रधानमन्त्री चलाउने चर्चा हुँदै आएको भएपनि फाइनल नभएको बताए।  

एमाले पार्टीको नेतृत्व केपीले नगरेको र ओलीले केपी गुटको मात्रै नेतृत्व गरेको अध्यक्ष दाहालको टिप्पणी छ। अदालतको फैसलाले आफूहरु माओवादी केन्द्र भइसकेको र माधव र ओली पनि एमाले भएको भन्दै उनले केपी पनि एमालेमा आउनुपर्ने र माधव पनि एमालेमा आउनुपर्ने परिस्थिति रहेको बताए। 'केपी ओलीले २८ गते कथित केन्द्रीय कमिटी भनेर गरेको निर्णयले त जो कोहिलाई आश्चर्यमा पारेको छ' उनले भने। एमालेभित्र हामी अब हस्तक्षेप त गर्दैनौ अध्यक्ष दाहालले भने, 'माधवजीहरु एमाले भइसकेपछि पनि केपीजीको प्रबृत्तिमा सुधार आएको छैन त्यसकारण त्यहाँ संघर्ष हुनु नयाँ कुरा भएन।' उनले बृहत्तर कम्युनिष्ठ एकता अझै आवश्यकता भएको भन्दै एमाले माओवादी केन्द्र र अरु कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने मिसनबाट पछि नहट्ने अडान व्यक्त गरे। कम्युनिष्ट पार्टी एकतालाई देशभरका जनताले साथ दिएर झन्डै दुई तिहाई पाउनु असाधारण ऐतिहासिक परिघट्ना भएको उनले जनाए। कम्युनिष्ट एकता भएर पाएको मत एकथरीलाई मनपरेको थिएन नै तर दुर्भाग्य आफैले प्रस्ताव गरेर बनाएको अध्यक्ष र प्रधानमन्त्रीबाटै दुर्घटना गराउने षड्यन्त्र भएको बताए।  

आफू सिन्धुली अनौपचारिक सन्दर्भमै आएको उनले बताए। २७ वर्ष अगाडी विद्रोहको तयारी गर्ने प्रशिक्षणका क्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको सिन्धुलीस्थित घरमा आएर एक रात बसेको स्मरण गर्दै उनले पुनः घरमा आउनका लागि धेरै समयदेखि गजुरेलले अनुरोध गरेकाले दुई दिनको फुर्सद निकालेर आएको बताए। '२७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले विलकुल अनौपचारिक भ्रमणमा म यहाँ आएको हुँ' उनले भने 'सडकको पहुँच र आइटी तथा सञ्चारको सुविधाको कारण नेता कार्यकर्ताहरुसँगको भेटघाट सहज भएको हो।'

लोकप्रिय
अर्को समाचार
नेकपा स्थापनाको ७५ वर्ष, विशेष कार्यक्रम गरी हीरक महोत्व मनाइँदै
१० वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा स्थापनाको ७५ वर्ष, विशेष कार्यक्रम गरी हीरक महोत्व मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो। समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए। नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्। अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन्।

मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ।

नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य पार्टीका शीर्ष नेताले  सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ। मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए।

हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा÷राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख÷उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित)लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए। रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस