नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन्।
सोमबार समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री दाहालले एमालेसँगको एकता हतारमा भएको बताएका हुन्।
उनले निकै ठूलो भरोसा र अपेक्षाका साथ पार्टी एकता गरेको र नेकपाले देशलाई समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास लिएको भए पनि त्यो कुरा पूरा हुन नसकेको बताए।
जनताको र आम कार्यकर्ताको अपार समर्थन र उत्साहको बाबजुद पनि आफूहरुले त्यो पार्टीलाई बचाउन नसकेको उनको भनाइ थियो।
‘हामी सबैले आत्म समीक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यताबारे ध्यानकर्षण गराउन चाहन्छु। हामीले कहाँ त्रुटि गर्यौंरु एकपटक ऐतिहासिकरूपले यसको समीक्षा गरौं। हामीले त्यतिबेला समाजवादी मोर्चामात्रै बनाएको भए हुन्थ्यो कि, पार्टी एकता गर्ने हतारो पो गरेछौं किरु हामीले त्यतिबेबला समाजवादी मोर्चा नै बनाएर मोर्चाबाट काम सुरू गर्दै गएर छलफल गर्दै गएर विचारमा, राजनीतिमा संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरूपता कायम राखेको भए हामी सफल हुन्थ्यौं कि, यो एउटा गम्भीर प्रश्न छ, वामपन्थी, प्रगतिशीलले सोच्नुपर्ने भएको छ,’ उनले भने।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।
बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।
‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने।
अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।