गोरखा,तनहुँ र लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ: दाहाल
२८ कार्तिक २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
गोरखा,तनहुँ र लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ: दाहाल
गोरखाको पालुङटारमा सोमवार आयोजित चुनावी सभामा सम्बोधन गर्दै दाहाल।

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का अध्यक्ष पुष्पकमल दाहालले गोरखा तनहुँ र लमजुङ करिडोरलाई मिलाएर त्यस क्षेत्रको कायापलट गर्ने बताएका छन्।  

सोमबार पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चेपे, मस्र्याङ्दी करिडोरलाई मिलाएर त्यहाँ ठुलो संभावनाको बिकास गर्न सकिने बताए।  

‘तनहुँमा रामचन्द्र पौडेल, लामजुङमा देव गुरुङ र गोरखा २ मा म, यी तिनै नेताहरुले मौका प¥यो भने देशको नेतृत्व लिन सक्ने नेता हुन्’ उनले भने ‘बृहत्तर योजना बनाएर भुगोल र जनसंख्या मिलाउँदै अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने गरी योजना बनाउन सकिन्छ, विकासको निम्ती निर्णयक भुमिका हामी खेल्न सक्छौँ।’

अहिलेको निर्वाचनले फेरी प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपर्ने गरी गठबन्धनलाई विजयी गराउने दाहालले बताए। देशका परिर्वतनका लागि विभिन्न समयमा मारिएका सबैलाई उचित सम्मान, परिवारलाई परिपुरण, राहत दिँदै युद्धको बेला लागेका घाउमा मलम लगाउने गरी गठबन्धन अघि बढ्ने निर्णय भइसकेको उनले बताए। ‘म युद्धबाट पिडामा परेका गोरखाका नेपाली कांग्रेसका साथीहरु, परिवार सँग भेट्न चाहान्छु’ उनले भने ‘गठबन्धनमा भएको निर्णयबारे बताउन चाहान्छु, आजको आवस्यकता शान्ति, लोकतन्त्र, बिकास र समृद्धीको  हो।’

गठबन्धनका सबै दल मिल्नुको विकल्प नभएको बताउँदै उनले कसैको पनि भुल भुलैया भ्रामक प्रचारमा नलाग्न उनले अनुरोध गरे।  हरेक भाषमा दाहालले गोरखामा १२ सय मेघावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण गर्ने, गोरखकाली रबर उद्योग संचालन गर्ने, गोरखालाई धार्मीक, सांस्कृतीक एवं हिमाली पर्यटकीय केन्द्र बनाउने, पालुङटार एरपोर्ट संचालन, जडिवुटी प्रशोधन गरी जनताको जिबनस्तरमा परिर्वतन ल्याउने घोषणा गर्दै आएका छन्।  

गोरखामा सबैभन्दा पहिले धुले सडक कालोपत्रे गर्नुपर्ने भएकाले त्यसतर्फ आफ्नो विषेश ध्यान जाने उनले बताए। ‘मेरो पुरै शक्ति बाटोहरुलाई कालोपत्रे बनाउने तिर जानेछ’ उनले भने ‘पालुङटारको प्रत्येक वडामा कालोपत्रे सडकले जोड्ने र स्मार्ट सिटी बनाउने तर्फ मेरो ध्यान हुनेछ।’

गठबन्धन दलभित्र कांग्रेस र माओवादीका नेता कार्यकर्ताबिच सम्बन्ध राम्रो बन्दै गएको बताउँदै उनले यसले आर्थिक क्रान्ती र देश बिकासमा ठुलो मद्धत पुग्ने बताए। गठबन्धन दलको आयोजना पालुङटारमा भएको चुनावी सभामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरे।  

लोकप्रिय
अर्को समाचार
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले
२९ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।

बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।

‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने। 

अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस