नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाई थियो। बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसीर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोराए। अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए। ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उहाँको गम्भिर आरोप थियो।
अध्यक्ष दाहालले भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो ओनसरी घर्ती। त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । दुई वटा गठबन्धन छन। हामी इमान्दार र खुला ढंगले भन्छौं। हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो। अर्को पनि एउटा गठबन्धन छ। केपी ओलीको नेतृत्वमा। तर, उनीहरु गठबन्धन भन्दैनन्। गर्छन गठबन्धन। उनीहरु राजावादी छन। राजतन्त्र फर्काउने कुरा गर्छन। उनीहरु भित्र अलगाववादी छन। देशको एकता खलबल पार्ने कुरा गर्छन। उनीहरु दक्षिणपन्थी छन। संविधान मिच्ने र च्याप्ने कुरा गर्छन। अनि, फेरी भोट माग्न जनता कहाँ आउँछन। मैले धेरैतिर भन्ने गरेको छु–त्यसरी आउनेहरुलाई जनताले सोध्नुपर्छ –तपाईहरुलाई भोट किन चाहियो ? संविधान च्यात्न अघिल्लो पटक सकिएन दुई तिहाई हुँदा पनि। संविधान च्यात्नका लागि भोट दिनोस भन्न खोज्नु भएको हो ? यो प्रश्न सोध्नुपर्ने हुन्छ। त्यसकारण म तपाई काठमाडौं क्षेत्र नम्बर २ का जनतासँग र यो मञ्चबाट देशभरका जनतासँग पनि यो ऐतिहासिक अवसरको सदूपयोग गरौं। यसको सदूपयोग ग¥यौं भने हामी फेरी प्रतिगमनको निम्ति आन्दोलन गर्नुपर्ने छैन। सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ। नेपाल आर्थिक क्रान्तितिर जानेछ।’
अध्यक्ष दाहालले मंसीर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे। उनले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताए।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।
बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।
‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने।
अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।