दुवै पक्ष देशव्यापी गुट भेलामा
०४ पौष २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
दुवै पक्ष देशव्यापी गुट भेलामा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेता–कार्यकर्ताको गुट भेला गर्न थालेका छन्। ओली समूहले सातवटै प्रदेशमा युवा विद्यार्थीको भेला आयोजना गर्न लागेकै बेला दाहाल–नेपाल पक्षले ससाना समूह बनाएर गुट भेला गरिरहेका छन्। महाधिवेशन मिति तोकिए पनि हुने/नहुने कुनै टुंगो नभएको र शीर्ष नेताहरूबीच विवाद कायमै रहेका बेला दुवै पक्ष देशव्यापी गुट भेला गरेर पार्टीलाई तल्लो तहबाट आफ्नो पक्षमा पार्न कस्सिएका हुन्। दाहाल–नेपाल समूहले सातवटै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिवहरूको भेला आयोजना गर्न लागेको छ। अहिले वाग्मती प्रदेश र प्रदेश १ को भेला सकिएको छ। दुवै भेलामा दाहाल–नेपालले सम्बोधन गरेका थिए। 

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।

प्रदेश १ को भेलामा वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गरेका थिए। सचिवालयमा रहेका नौ सदस्यमध्ये दाहाल–नेपाल समूहमा वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँचजना रहे पनि गुट भेलामा उपाध्यक्ष गौतम भने उपस्थित भएका छैनन्। उनले आफू पाँच जनाको बैठकमा जाने तर यस्ता गुट भेलामा नजाने भनेर बहिष्कार गरिरहेका छन्। ‘अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने। उनले पाँचजनाको बैठकमा भने सहभागिता जनाउने बताएका छन्। दाहाल–नेपाल समूहको बाग्मती र प्रदेश १ भेलाप्रति उनको असहमति थियो।

नेताहरूको भेला गरेर दुवै पक्षका शीर्ष नेताहरूले पार्टीमा वारपारको अवस्था आउन लागेको भन्दै आ–आफ्नो तागत जाँच्न पनि भेला सुरु गरेका हुन्। आफ्नो पक्षमा कुनकुन कमिटी बहुमत अल्पमत छ भनेर पनि उनीहरूले आफ्ना समूहका नेताहरूसँग रिपोर्टिङ लिइरहेका छन्।  

दाहाल–नेपाल समूहले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा तलसम्मै आफ्नो समूह बहुमत रहेको जनाएको बेला ओली पक्षले पनि कमिटीगत रूपमै बहुमत अल्पमतको हिसाब गरिरहेको छ। ‘दुवै पक्षले बहुमत अल्पमतको जोडघटाउ पनि गरिरहेका छन्,’ नेकपा स्रोतको दाबी छ। शुक्रबार काठमाडौंको पेरिसडाँडामा प्रदेश १ को भेलालाई सम्बोधन गर्दै दाहालले ओलीलाई निषेध गर्न नभई पार्टीको निर्णय कार्यान्वयन गराउन दबाब दिनुपरेको बताएका थिए। उनले अध्यादेश फिर्ता नलिए पार्टीले थप एक्सनको निर्णय लिएर अगाडि बढ्ने संकेत गरेका थिए। साथै वरिष्ठ नेता नेपालले पनि हेपिएका र पेलिएकाहरूको एउटा समूह बन्न बाध्य पारिएको बताएका थिए। 

ओलीमा अहंकार दम्भ बढेको बताउँदै पार्टीको विधि र निधिभन्दा व्यक्ति माथि हुन नसक्ने बताएका थिए। यसपछि दाहाल–नेपाल समूहले अन्य प्रदेशका नेता–कार्यकर्ताहरूको पनि भेला गर्ने तयारी गरिरहेका छन्। पेरिसडाँडामा शुक्रबार आयोजित प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेलाले ओलीको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध एकजुट हुने निर्णय गरेको भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए। ‘पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने कुराविरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेका छौं,’ उनले भने। खतिवडाले गलत प्रवृत्तिविरुद्ध कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने छलफल गरेको बताए।

प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका छन्। कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूहले पनि तल्लो तहसम्मकै कार्यकर्ताहरूसँग छलफलमा रहेका छन्। ‘ओली पक्षका नेताकार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन्। उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्मको उपस्थिति कस्तो रहेको छ भनेर भेला गरिरहेका छन्। ‘महाधिवेशनका वैचारिक बहस खुल्नुअघि र महाधिवेशन आउनुअघि नै शीर्ष नेताहरू आफैंले गुट भेलालाई सम्बोधन गरेपछि पार्टी एकता होइन, विभाजन उन्मुख छ भनेर आँकल गर्न सकिन्छ,’ एक नेताले भने। यद्यपि नेताहरूले गुट भेलामा पार्टी विभाजन गर्न लागेको भन्दै एकले अर्कालाई आरोप लगाउन थालेका छन्। 

दाहाल–नेपाल पक्षले ओली पार्टी विभाजन गर्न लागेको बताउँदै आएका छन्। त्यस्तै ओली समूहले पनि दाहाल–नेपाल समूहले पार्टी विभाजनका लागि बहुमतको कसरत गरेको आरोप लगाएका छन्। सो समूह बहुमतबाट पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा छ। मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा दाहालले आफ्नो र ओलीले फर्काएको जवाफ सबै स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि बाँडेका थिए। सोही प्रस्तावको विषयमा मंसिर २८ गते छलफल हुने भनिए पनि केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर पुस १ का लागि सारिएको थियो। तर मंसिर ३० गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाका नेताहरूले त्यसलाई कडा शब्दमा आपत्ति जनाएका थिए।

पुस १ गतेको बैठकमा ओलीले अध्यादेश फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि पुस २ गते बसेको मन्त्रिपरिषद् बैठकले त्यसबारे कुनै निर्णय गरेको खुलेको छैन। देशभरि नै दाहाल–नेपाल समूहले भेला गर्ने भएपछि ओली पक्षका नेताहरूले पनि यस्तो भेलालाई प्राथमितामा राखेका छन्। दाहाल–नेपाल समूहले आफू पक्षीय भेला राखेपछि ओली पक्षका युवा नेताहरू देशदौडाहमा लागेका छन्। ओली समूहका युवा विद्यार्थीले प्रदेश १ को विराटनगरमा भेला गरिसकेका छन् भने युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल यतिबेला प्रदेश २ को भेला तयारीमा लागेका छन्। ओली पक्षले विराटनगरमा भेला आयोजना गरेपछि दाहाल–नेपाल समूहले त्यसको काउन्टर दिन झापाको दमकमा भेला गरेको थियो।

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भीम रावल र लेखराज भट्ट समूहको छुट्टाछुट्टै भेला हुने गरेका छन्। गत वर्ष सुदूरपश्चिम प्रदेश अध्यक्ष रहेका कर्ण थापाले छुट्टै गुट भेला गरेको भन्दै उनीविरुद्ध कारबाहीको मागसमेत गरिएको थियो। यसका अतिरिक्त प्रधानमन्त्री ओली बालुवाटारमा आफूनिकट नेताहरूसँग दिनहुँ परामर्श गर्दै आएका छन्। उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेताहरूसँग परामर्श गर्ने गरेका छन्। त्यसैगरी दाहालले पनि आफूनिकट नेताहरूसँग खुमलटारमा छलफल गर्ने गरेका छन्। दाहालसँग वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ पनि नियमित परामर्शमा रहने गरेका छन्। दुवै पक्षका समानान्तर भेला र बैठकले भने पार्टी धु्रवीकृत भइसकेको नेकपा नेता–कार्यकर्ताले अनुमान गरिसकेका छन्।

यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्। उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि पौडेलले दाहाल र नेपालसँग भेट गरेको निकट स्रोतको दाबी छ। उनीहरूसँगको भेटमा पौडेलले आफ्ना सभापति शेरबहादुर देउवाको भूमिकाप्रति पनि सन्देह व्यक्त गरेको स्रोतले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले
२९ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।

बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।

‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने। 

अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस