नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।
दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।
तत्कालीन माओवादीमा रहँदैखेरि दाहाल–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् । भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक÷डेढ महिनाका बीचमा दाहाल–भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ । उनीहरूबीच अरू संयुक्त भेटघाट भने धेरैपटक भएको हुन सक्ने आँकलन उनले गरे । भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले जानकारी दिए ।
करिब डेढ महिनाअघि तत्कालीन नेकपा (दाहाल–नेपाल पक्ष) ले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन दाहालले भट्टराईलाई भेटेका थिए । उक्त भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए । माओवादी जनयुद्धताका दाहाल, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । सो भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो ।
त्यसको केही समयपछि दाहाल फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिबार भएको थियो । सो दिन पनि दाहाल भट्टराई निवासमै पुगेका थिए ।
पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले दाहाललाई साथ दिँदै आएका छन् । दाहाल कुनै पनि अवस्थामा ओली सरकार ढाल्न चाहन्छन् । त्यसका लागि उनले जसपाको साथ खोजेका छन् । कसलाई साथ दिने भन्ने विषयमा जसपा विभाजित छ । भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएका छन् । जसपाभित्रको विवादमा भट्टराई र यादव एकै ठाउँमा उभिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्को कित्तामा छन् । भट्टराई र यादवका कारण जसपा प्रधानमन्त्री केपी ओली कित्तामा जान सकेको छैन ।
भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । यी दुई नेता अहिले माओवादी केन्द्रसँग निकट मानिएका छन् । त्यसो त जसपाका अध्यक्ष यादवसँग पनि दाहालको पुरानो सम्बन्ध हो । कुनै बेला यादव पनि तत्कालीन माओवादी पार्टीमै आबद्ध थिए । माओवादी जनयुद्धकै बेला उनी माओवादी पार्टीबाट अलग भएका थिए र मधेसी जनअधिकार फोरम गठन गरेका थिए । विभिन्न राजनीतिक आरोहअवरोरहसँगै अहिले भट्टराई र यादव एकै पार्टीमा आइपुगेका छन् ।
भट्टराईका सहयोगी पोखरलले दाहालले भट्टराईलाई भेट्नुको मुख्य उद्देश्य पुरानो सम्बन्धलाई स्मरण गराउनुभन्दा पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्नु रहेको बताए । ‘उहाँहरूबीच पुरानो सम्बन्ध होला तर त्योभन्दा ठूलो अहिलेको संकटलाई कसरी टार्ने भन्ने विषयमा कुराकानी हुने गरेको छ,’ पोखरेलले भने । नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न भट्टराई पनि पटकपटक माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । यसबीचमा माओवादी केन्द्र र जसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको छ । जुन कुराकानीमा भट्टराई सहभागी हुने गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्। जसपाबाट अलग भएर अशोक राईको नेतृत्वमा आइतबार एक समुहले निर्वाचन आयोग समक्ष निवेदन पेश गरेको थियो। पुरानो पार्टीबाट अलग भएको उक्त समुहले गठन गरेको नयाँ पार्टीको महासचिव पदमा बाँकेका नेता मोहम्मद ईस्तियाक राईले जिम्मेवारी पाएका छन्। राईसँगै बाँकेबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हसिना खातुन पनि नयाँमा जोडिएकी छन्।
मधेस आन्दोलनबाट तत्कालिन मधेसी जनअधिकार फोरम हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका राई बाँकेबाट प्रतिनिधित्व गर्दै पटक–पटक संघीय सरकारको मन्त्री तथा सांसद बनिसकेका छन्।
२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणासँग पराजित भए। त्यसपछि राई राजनीतिमा कम सक्रिय देखिन्थ्ये। यद्यपी, राईको प्रभाव पार्टीभित्रको राजनीतिमा धेरै रहेको उनी निकट नेता तथा कार्यकर्ताको दाबी थियो।
पुरानो पार्टी फुटाएर नेता राई नयाँ पार्टीको जिम्मेवार पदमा बसेपछि बाँकेका नेता तथा कार्यकर्ताहरु अलमलमा परेका हुन्। अधिकांस नेता तथा कार्यकर्ताहरु कतातिर जाने भन्नेमा अहिलेसम्म अन्यौलमा देखिन्छन्। केही नेताहरु भने दुबैतिर खुलेको पाइएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेका जनता समाजवादी पार्टी(जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु कतातिर जाने भन्नेबारे अहिलेसम्म कुनै सोच नबनाएको प्रतिक्रिया दिए।
‘अहिलेसम्म कुनै सल्लाह भएको छैन, साथीहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनुपर्ला,’ उनले भने। नव गठित पार्टीका महासचिवकै जिल्ला भएकाले बाँकेमा स्वभाविक रुपले केही प्रभाव पर्न सक्ने संकेत गरे।
यस्तै जसपा लुम्बिनी प्रदेशका महासचिव राजन रानामगरले अहिले कार्यकर्ताहरु निर्णय गर्ने अवस्थामा नरहेको बताए। यद्यपी, धेरैजसो कार्यकर्ताहरु पुरानै पार्टीमा रहने उनको दाबी छ। ‘बाँकेमा खासै प्रभाव पर्दैन, किनकी नयाँ पार्टी गएर कसैले पनि आफ्नो राजनीति समाप्त गर्न चाहदैन,’ उनले भने। जसपा बाँकेका पुर्वअध्यक्ष समेत रहेका रानाले आफुले पुरानै पार्टीमा बस्ने सोच बनाएको बताए।
जिल्लामा रहेका केही नेताहरु खुलेपनि तल्लो तहका नेता, कार्यकर्ताहरु भने अन्यौलमै देखिन्छन्। उनीहरुलाई अहिले पार्टी ‘निल्नु र ओकल्नु’ जस्तै भएको छ। कतिपय नेता, कार्यकर्ता सम्पर्क बाहिर छन्। केहीले मोबाईल अफ गरेर बसेका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाँकेका तत्कालिन संगठन विभाग प्रमुख अहतर हुसेन फारुकी नव गठित पार्टीका महासचिव इस्तियाक राईतिर खुलिसकेका छन्। उनले बाँकेमा सबै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा जाने दाबी गरे।
यद्यपी, निर्वाचन आयोगले आधिकारिकता नदिदाँसम्म मात्र कार्यकर्ताहरु अलमलमा पर्ने उनले खुलाए। ‘महासचिवको जिल्ला हो, प्रभाव त त्यसैपनि पर्छ नै,’ उनले भने ‘मन्त्री जी(ईस्तियाक)कै सहयोगले बाँकेमा धेरैको राजनीति उचाई बढेको हो, अहिले मन्त्री जीलाई कसैले धोका दिन्छन् जस्तो मलाई लाग्दैन।’
जसपा बाँकेका युवा नेता सर्वणकुमार यादव भने नयाँ पार्टीमा कार्यकर्ताको खासै चासो नदेखिएको जिकिर गरे। ‘पार्टीका जिम्मेवार नेता साथीहरु पुरानै पार्टीमा छन्, बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद साथीहरु पनि कतै गएका छैनन,’ राष्ट्रिय भूमी आयोग बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका नेता यादवले भने ‘हामी पहिचानवादी मुद्दा बोकेर आएको हो, उपेन्द्र यादवसँग मात्र पहिचानको मुद्दालाई नेतृत्व गर्ने क्षमता छ।’ पुर्वमन्त्री ईस्तियाक राईले पार्टी छाड्दा पुरानो पार्टी जसपालाई बाँकेमा ठुलो क्षति भने भएको उनले सुनाए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।