नयाँ सरकारको कसरतमा दाहाल
१८ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ सरकारको कसरतमा दाहाल

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।  

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ। नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। 

ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ। जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन्। गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउनेलगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन्। देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले नयाँ सत्ता समीकरणका लागि सहयोग गर्न र प्रधानमन्त्रीसमेत बन्न आग्रह गरे। त्यसलगत्तै दाहालले उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए। सत्ता गठबन्धनबारे जसपामा दुई धार देखिएको छ।

उपेन्द्र यादव र भट्टराई ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन्। ठाकुर–राजेन्द्र महतो ओलीनिकट देखिएका छन्। जसपाका दुई समूहबीच विवाद रहेका बेला दाहालले भट्टराईसँग भेट गरेका हुन्। दाहालले आइतबार सरकारलाई दिएको समर्थन चाँडै नै फिर्ता लिने बताएका थिए। त्यसपछि उनले एमाले वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए। अहिलेको अवस्थामा जसपाले कांग्रेस र माओवादीलाई समर्थन गरे मात्रै नयाँ सत्ता समीकरण बन्ने अवस्था छ। 

‘जसपाले जसलाई समर्थन गर्छ, उसैले नयाँ सरकार बनाउने हो तर अहिलेको अवस्थामा जसपा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिएर सरकारमा समेत सहभागी हुने पक्षमा नजिक छ। त्यसकारण यही सरकारले निरन्तरता पाउनेछ,’ बालुवाटारनिकट स्रोतले भन्यो।  

प्रतिनिधिसभा बैठक बैठक बस्दैछ। त्यसअघि नै माओवादीको पहलमा नयाँ सरकार गठन प्रक्रियाका लागि पहल भए पनि जसपामा अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने अन्योल कायमै छ। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध बुधबार प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ तर प्रधानमन्त्रीको उम्मेदवार अझैसम्म फेला पारेको छैन। दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा कांग्रेसले कुनै पनि जवाफ दिएको छैन भने कांग्रेसले पनि आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तोकेको छैन।  

वैकल्पिक सरकारका लागि निर्णायक अवस्थामा रहेको जसपाले निर्णय नगरेसम्म यो विषय नयाँ चरणमा प्रवेश गर्न सक्दैन। नयाँ सरकार बनाउन दाहालले सबै पक्षसँग छलफल गरिरहेका बेला ओली सिनि जसपासँग निकटता बढाउँदै लगेका छन्। जसपाले समर्थन नगरे प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्नेसम्मको तयारीका साथ ओली अघि बढिरहेको स्रोतको दाबी छ। तर अधिवेशन अन्त्य हुनुअघि नै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा लागेको छ।

लोकप्रिय
अर्को समाचार
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले
२९ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।

बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।

‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने। 

अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस