संग्रह
खोटाङमा नेकपा माओवादी केन्द्रको कार्यालय पुनःस्थापना
सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो। भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए।
नयाँ सरकारको कसरतमा दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।
सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
‘सरकारलाई समर्थन छैन’
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।
सिसिएमसी खारेज गर्न माओवादीकाे माग
सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएको सिसिएमसी खारेज गर्नुपर्ने जस्ता विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने भएको हो।
माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण
नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।
प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध
संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।
‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्।
ठूलो शक्ति बन्ने दाहालको दाबी
दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।