नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकपछि श्रेष्ठले नयाँ सरकार गठनबारे छिट्टै निर्णय गरिने बताए।
‘ओली नेतृत्वको प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र रक्षा गर्ने सरकार बनाउने सन्दर्भमा भइरहेका वार्तालाई थप तीव्रता दिने र ठोस निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ,’ श्रेष्ठले भने। उनका अनुसार सरकारलाई माओवादीको समर्थन छैन, लिखित रूपमा मात्र समर्थन फिर्ता लिन बाँकी छ। ‘समर्थन छैन भन्ने कुरा म फेरि पनि दोहोर्याउन चाहन्छु, लिखित रूपमा समर्थन छैन भन्न मात्र बाँकी हो,’ उनले भने।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनका विषयमा दलहरूसँग छलफल जारी रहेको र छिट्टै टुंगोमा पुग्ने जानकारी गराएका थिए। नयाँ सरकार गठन र ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता पनि बैठकको अजेन्डा बनाएको माओवादी पुर्नस्थापित प्रतिनिधिसभाले बाँकी कार्यकाल पूरा गर्न पाओेस् भन्ने पक्षमा छ। बैठकले सरकारले हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै भत्र्सना गरेको छ। प्रतिनिधिसभा बैठकको अर्को मिति निर्धारण भइसकेको अवस्थामा हठात अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम भएको प्रवक्ता श्रेष्ठले बताए।
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पुस १० को सहमतिसँगै गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमै सहभागि भएको माओवादीले अहिले समर्थन फिर्ता लिन लागेको हो। समर्थन फिर्ता लिनुअघि माओवादीबाट मन्त्री बनेकाहरुले राजीनामा दिने तयारी माओवादीको छ।
तर समर्थन फिर्ता लिनुअघि माओवादीले कांग्रेससँग निर्णायक वार्ता गर्ने भएको छ। समर्थन फिर्ता लिने निर्णय लिन भन्दै माओवादीले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको थियो। बैठकमा समर्थन फिर्ता लिनुअघि कांग्रेससँग निर्णायक वार्ता गर्नुपर्ने निश्कर्ष निकाल्दै बैठक बिना निर्णय टुंगिएको श्रोतले बताएको छ।
नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले समर्थन फिर्ता अघि कांग्रेससँग छलफल गर्ने बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने हो,’ उनले भने, ‘तर त्यसअघि कांग्रेससँग छलफल गर्छौं। त्यसका लागि कांग्रेस नेताहरुलाई बोलाईसकेका छौं।’
माओवादीले आगामी सरकारमा आलोपालोमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। त्यसैको सुनिश्चितताका लागि माओवादीले कांग्रेससँग वार्ता गर्न लागेको हो। माओवादी निकट श्रोतका अनुसार आलोपालोसँगै आगामी सरकारमा पाउने प्रमुख मन्त्रालयमा पनि भागवण्डा टुंग्याउने माओवादीको रणनीति छ। तर कांग्रेस भने आलोपालोमा सरकारको नेतृत्व माओवादीलाई नदिने मुडमा देखिएको छ। उसले माओवादीलाई रोजेको मन्त्रालय दिएर लोभ्याउन खोजिरहेको छ। तर माओवादी यसपटक त्यसमा मान्ने पक्षमा नरहेको माओवादी संसदीय दलका नेता चुमान निकट श्रोत बताउँछ।
गण्डकीमा हाल नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन्। ७ सदस्यीय मन्त्री मण्डलमा मुख्यमन्त्रीसहित कांग्रेसका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री छन। ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थन रहेकाले माओवादीले समर्थन फिर्ता लिए अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ। कांग्रेसको २७ सांसद भएकाले माओवादी र कांग्रेस मिल्ने वित्तिकै बहुमत पुग्छ। उसो त स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले पनि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना रहेको दलहरुले बताएका छन।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।