संग्रह
गण्डकी प्रदेशः समर्थन फिर्ता लिनुअघि कांग्रेस–माओवादी वार्ता चल्दै
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पुस १० को सहमतिसँगै गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमै सहभागि भएको माओवादीले अहिले समर्थन फिर्ता लिन लागेको हो। समर्थन फिर्ता लिनुअघि माओवादीबाट मन्त्री बनेकाहरुले राजीनामा दिने तयारी माओवादीको छ।