पक्षमा ३८ मत विपक्षमा एक मात्र
१८ चैत्र २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
पक्षमा ३८ मत विपक्षमा एक मात्र

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले दोस्रोपटक सिंगो सदनबाट विश्वासको मत पाएका छन्। कर्णाली प्रदेशसभा सभामुखसहित ४० सदस्यीय छ। दोस्रोपटक विश्वासको मतका लागि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा राखेको प्रस्तावको विपक्षमा राप्रपाका एक सांसद मात्र उभिए। सभामुखले मतदान गर्नुपर्ने अवस्था आएन। मुख्यमन्त्री शर्माले पहिलोपटक माघ ६ गते विश्वासको मत लिँदा उनलाई २५ सांसदले समर्थन गरेका थिए।

राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रोपटक विश्वासको मत लिएका हुन्। अघिल्लो पटक विश्वासको मत नदिएको प्रदेशसभाको ठुलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शर्मालाई यसपटक मत दिएको छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसबाट १४, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० (सभामुखसहित), नेकपा एकीकृत समाजवादी (नेकपा एस) का एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र स्वतन्त्र एक सांसद छन्। सभामुख नन्दा गुरुङले प्रदेशसभाका ३९ सदस्यमध्ये मुख्यमन्त्री शर्मालाई ३८ जनाले विश्वासको मत दिएको बताइन्।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारलाई संकट आइलागेकाले विश्वासको मत दिएको बताए। ‘हामीले विश्वासको मत नदिँदा एमालेले पनि नदिने संकेत पायौं,’ उनले भने, ‘केन्द्रमा बनेको समीकरण अनुसार नै हामीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हौं।’ शाहीका अनुसार यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा केन्द्रमा सत्ता र राजनीतिक समीकरण फरक थियो।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले केन्द्रमा राजनीतिक र सत्ता समीकरण बदलिए पनि कर्णालीमा अहिलेसम्म त्यसको असर नपरेको बताए। ‘मुख्यमन्त्रीसँग उहाँले नेतृत्व गरेको राजनीतिक दलसँग अहिलेसम्म सम्बन्ध राम्रै छ,’ उनले भने, ‘सम्बन्ध हार्दिकता हुँदासम्म हाम्रो अहिलेको भूमिका जे छ, त्यसैमा रहन्छौं।’

कँडेलले सत्ता पक्षको बेन्चमा बसेर विपक्षमा भोट हाल्न नसुहाउने भएकाले आसन अनुसारको निर्णय आफूहरूले गरेको बताए।

‘भोलिका दिनमा मुख्यमन्त्री र उहाँको दलले गर्ने भूमिकाका आधारमा हाम्रो रणनीति निर्धारण हुन्छ,’ उनले भने। उनले एमालेको सहयोग आवश्यक नरहेको भनेर मुख्यमन्त्री र माओवादी केन्द्रले बुझिने गरी भने अवस्था फरक हुने बताए। ‘तेरो सहयोग चाहिँदैन भन्ने कुरा बुझिने गरी मुख्यमन्त्री र उहाँको दलले भनेको भोलिपल्ट आफ्नो व्यवस्थामा र आफ्नो ठाउँमा रहने कुरामा नेकपा एमालेमा कुनै द्विविधा छैन,’ उनले भने, ‘तर अहिलेसम्मको अवस्था हेर्दा त्यो परिस्थिति आउनेछैन भन्नेमा हामी ढुक्क छौं।’

लोकप्रिय
अर्को समाचार
हामी पक्ष विपक्षमा छैनौः महन्थ ठाकुर
२७ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
हामी पक्ष विपक्षमा छैनौः महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको प्रस्तावमा पक्ष–विपक्षमा नरहेको बताएका छन्। सोमबार सदनमा बोल्दै आफ्ना माग कसैले पनि पूरा नगरेको भन्दै पक्ष–विपक्षमा नजाने प्रष्ट पारे।  

‘हाम्रा सांसदलाई यहाँ देख्न चाहन्थ्यौ तर रेशम चौधरी जेलमा हुनुहुन्छ’, उनले भने, ‘हाम्रा कयौ साथहरु जेलमै रहेको अवस्थामा कसरी कसरी पक्ष विपक्षमा रहन सक्छौ।’ आफूहरु पीडा सुन्ने तर उपचार नगर्ने विभिन्न दलप्रति व्यंग हान्दै उनले प्रधानमन्त्री ओलीले पीडा सुनेर उपचारका लागि केही कदम उठाएको बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस