सत्तापक्ष र प्रतिपक्षबीच जुहारी
२१ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

गण्डकी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षबीच प्रदेशको नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा जुहारी चलेको छ । आइतबार प्रदेशसभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रम २०७७÷७८ राम्रो तथा प्रतिपक्षले नराम्रो भन्दै जुहारी खेलेका हुन् ।

नीति तथा कार्यक्रम राम्रो भन्ने सत्तारूढ सांसदहरूले कोरोना केन्द्रित गर्दै प्रदेशको विकास र समृद्धिको खाकासहित नीति तथा कार्यक्रम आएको बताएका छन् भने प्रतिपक्षी सांसदहरूले सरकारले कोरोनालाई चिन्न नसकेकाले त्योसँग लड्न र त्यसबाट प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न ठोस योजना र कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

सत्तारूढ नेकपाका सांसद राजिव पहारीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै यसबाट प्रभावित पर्यटनसहितको अर्थतन्त्रलाई चलायमान गराउने ठोस खाका लिएर नीति तथा कार्यक्रम आएको बताए । ‘नीति तथा कार्यक्रम प्रदेशको समृद्धिको सपना पूरा गर्ने भिजन र मिसनसहित कार्यान्वयन गर्ने योजनासहित आएको छ ।’

सांसद दीपक कोइरालाले पटकपटक पढ्दा पनि नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नपाएको बताए । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले आएको नीति तथा कार्यक्रमले कोरोना परास्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

सांसद प्रभा कोइराला, मनबहादुर गुरुङ, इन्द्रलाल सापकोटा, धनञ्जय दवाडी, रामबहादुर गुरुङ, दिलमाया रोकाले वर्तमान असामान्य अवस्थामा आएको नीति तथा कार्यक्रम आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित आएको बताए ।

प्रतिपक्षी सांसदहरू ओमकला गौतम, डोबाटे विश्वकर्मा, विष्णुप्रसाद सापकोटा, ललितकला गुरुङलगायतले जनताको भावना, चाहना र इच्छा, आकांक्षा तथा वर्तमान परिस्थितिको आवश्यकताविपरीत नीति तथा कार्यक्रम आएको आरोप लगाए । अहिले आएको नीति कार्यक्रमले जनताको रोग र भोक नटर्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम साहीले नीति कार्यक्रम सुन्दा र पढ्दा राम्रो लागे पनि कार्यान्वयन हुने सम्भावना नदेखेको बताए । संसद्को अर्को बैठक यही जेठ २१ गते बुधबार पूर्वाह्न ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

लोकप्रिय
अर्को समाचार
प्रतिनिधिसभा बैठक अवरुद्ध प्रतिपक्ष र सत्तापक्षबीच जुहारी
१२ फागुन २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रतिनिधिसभा बैठक अवरुद्ध प्रतिपक्ष र सत्तापक्षबीच जुहारी

प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच सदन चलाउने विषयमा जुहारी चलेको छ। प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले विवादित मन्त्रीको राजीनामा माग गरेका छन् भने सत्तापक्षले सदनको कामलाई प्रभावित गर्ने षड्यन्त्र भएको भन्दै प्रतिवाद गरेका छन्।

दुई पक्षको वादप्रतिवादपछि सदनमा केहीबेर घोचपेचको अवस्था सृजना भएको थियो। प्रमुख प्रतिपक्षी दल एमाले, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विवादित मन्त्रीको राजीनामा माग गर्दै उठेर विरोध गरेपछि शुक्रबारको पहिलो बैठक स्थगित भएको थियो।

बिहान ११ बजे बोलाइएको बैठक चल्न नसकी १५ मिनेटका लागि भन्दै स्थगित भएपछि एमालेले तीन मन्त्रीलाई कारबाही गरेको जानकारी सदनमा नदिएसम्म दोस्रो बैठक पनि चल्न नदिने अडान लिएको थियो।

सभामुख देवराज घिमिरेले स्थगित भएको केही घण्टापछि सुरु भएको दोस्रो बैठकमा सरकारलाई सदनमा उठेका विषयमा जानकारी दिन ध्यानाकर्षण गरेका थिए। त्यसपछि दोस्रो बैठकको कारबाही सुचारु भएको थियो। तर पहिलो बैठकको कार्यसूचीमा रहेको २० प्रतिशत सांसद र केन्द्रीय सदस्यले पार्टी फुटाउन नपाउने व्यवस्था रहेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र विधेयक टेबुल गर्ने विषयलाई भने दोस्रो बैठकको कार्यसूचीबाट हटाइएको थियो।

बैठकको सुरुमै एमालेका योगेशकुमार भट्टराईले विवादित भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुनदन किराँती र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका थिए। कांग्रेस सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा गणपूरक संख्या पुर्‍याउन नदिन एमाले जिम्मेवार भएको र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक पेस गर्न नसकेको बताएका थिए।

शुक्रबारको बैठकमा पनि त्यही नियती दोहोर्‍याएको भन्दै उनले कानुन निर्माण गर्ने कुरा साझा भएकाले यसलाई सहयोग गर्न आग्रह गरेका थिए। गणपूरक संख्या पुग्न नदिएको आरोप लगाएको भन्दै केसी बोलिरहेका बेला एमाले सांसदले नियमापत्ति जनाएका थिए।

 एमाले सबै सांसद आआफ्नो सिटबाट उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले एमालेको समर्थन गरेका थिए। सभामुखले केसीलाई बोल्न रोकेर प्रतिपक्षलाई बोल्न दिन खोजेपछि कांग्रेस र माओवादी केन्द्रका सांसद पनि उठेर प्रतिपक्षलाई बोल्न रोकेका थिए। त्यसपछि सभामुखले फेरि प्रतिपक्षलाई बोल्न नदिई बोलिरहेका केसीलाई आफ्नो भनाइ पुनः राख्न अनुमति दिएका थिए।

केसीले संसद्ले कानुन बनाउने काम गर्न नसकेको भन्दै आम जनतामा संसद्प्रति नै नकारात्मक भावना भइरहेका बेला एमालेले सदनमा विभिन्न किसिमले अवरोध गर्ने काम गरेको बताए। उनको भनाइपछि एमाले प्रमुख सचेतक पदम गिरीले सरकारले रोस्टमबाट सरकारलाई जवाफ दिन होइन, सत्तापक्षकै माननीयहरूलाई लगाएर प्रतिपक्षमाथि हिलो छ्याप्ने, भ्रम सिर्जना हुने खालको व्यवहार गरेको बताए।

प्रतिपक्षका कारण आज कहाँनेर कानुन निर्माणका लागि बाधा पुग्यो भन्दै बहुमतको सरकार छ भने विधेयक संसद्बाट पास गर्ने आँट छ कि छैन, छैन भने राजीनामा दिनुपर्छ,’ उनले भने।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पार्टी देशका लागि कि देश पार्टीका लागि भन्दै संसद् चल्ने भनेको सत्तापक्षको बहुमतले भएकाले बहुमत आफूसँग भए पनि कानुन अघि बढाउन किन नसकेको ? के गठबन्धनमा प्वाल परेको हो? भन्दै प्रश्न गरे।

 हामी प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने पूरै कोसिस पनि गरिरहेका छौं भन्दै उनले भने, ‘यो क्यालेन्डर के हो? यो क्यालेन्डर थिएन उहाँहरूको हातमा? फोटोकपी चाहिन्छ भने दिन्छौँ,’ उनले भने।

कार्यव्यवस्था समिति जोकर संस्था हो भन्दै उनले कांग्रेसका सांसद महासमिति भए कार्यव्यवस्थामा जानकारी दिनुपर्दैन भन्दै कोरम नपुगेर अरूलाई दोष दिन नहुने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विवादमा परेका भौतिक पूर्वाधार मन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए नत्र सदनको बैठक चल्न नदिने उनले बताए।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सभामुखलाई नै सोधे, ‘संक्षिप्त भनेको कति समय हो, सभामुखलाई आनन्द आएका विषयमा धेरै बेरसम्म बोल्न दिने नत्र नदिने हो वा के हो भन्दै प्रतिपक्षलाई मनलागि समय दिएका आरोप लगाए।

‘भर्खरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो संसद चल्दैन। नचलाउनोस् केही छैन। संसद् बन्द गर्न हुलहुज्जत गर्न अराजकता प्रस्तुत गर्न मनलागि गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो?’

उनले भने, ‘तपाईहरूलाई लाग्दै छ यो शासन व्यवस्था गलत छ भने तपाईंहरू सांसदको पद राजीनामा गरेर जानुस् न सडकमा, तपाईहरू विद्रोह गर्नुस् न, त्यो अधिकार तपाईहरूलाई छ नि।’

उनले थपे, ‘तर यही संसद्मा बस्ने, संसद् चल्न नदिने, अराजक हुने, उच्छृङ्खल हुने यो के तरिका हो? म भन्न चाहन्छु प्रतिपक्षलाई संसद्का महासचिवका तीनवटा नागरिकता र दुईवटा पासपोर्ट पनि तपाईहरूले उठाएका कुरा पनि थप्नुस् न।’

कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकताबारे प्रसंग उठाए। संसदभित्र पनि संसद् बाहिर पनि कसैलै नागरिकताको दुरूपयोग गरेको छ भने त्यसको उचित छानबिन हुनुपर्ने उनले बताए।

एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार तपाईंहरूको भएकाले महासचिवको नागरिकतालाई छानविन गर्ने अधिकार र कारबाही गर्ने अधिकार रहेको बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस