संग्रह
स्याङजामा पनि दुईजनामा कोरोना देखियो
स्याङजामा पनि दुईजना युवामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाको समाजघरको क्वारेन्टिनमा बसेका उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको स्याङजास्थित स्वास्थ्य कार्यालय श्रोतले बताएको छ ।
गण्डकी प्रदेश, सरकारद्वारा विनियोजन विधेयक पेस
गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७७ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै अस्पताल निर्माणको लागि विशेष ध्यान दिइने बताए ।
गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक
गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना तयार पारेको हो । आर्थिक वर्ष २०८०/८१ सम्मका लागि तयार पारिएको प्रथम पञ्चवर्षीय योजना समेटिएको पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले आइतबार लोकार्पण गरे ।
सत्तापक्ष र प्रतिपक्षबीच जुहारी
गण्डकी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षबीच प्रदेशको नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा जुहारी चलेको छ । आइतबार प्रदेशसभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रम २०७७र७८ राम्रो तथा प्रतिपक्षले नराम्रो भन्दै जुहारी खेलेका हुन् ।
गण्डकी प्राविधिक शिक्षा तालिम प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री राखिएकोमा विरोध
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान स्थापना, ब्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पुनः प्रदेश सभामा आइपुगेको छ । प्रदेशमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको विधेयक शुक्रबार समितिका सभापति मोहनप्रसाद रेग्मीले पुनः प्रदेश सभालाई बुझाएका हुन्।
गण्डकी प्रदेशका क्वारेन्टिन भरिदै
गण्डकी प्रदेशका क्वारेन्टिन भरिभराउ हुन थालेका छन् । विदेशबाट घर फर्कनेको संख्या बढेसँगै प्रदेशका क्वारेन्टिन भरिन लागेका हुन् । गण्डकी प्रदेशमा कुल ८ हजार २ सय ७९ वेड क्षमताको क्वारेन्टिन रहेका छन् ।
गण्डकी प्रदेशको को बजेट : खेलकुदको पूर्वाधारको लागि ८ करोड ३५ लाख
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे ।
गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत
गण्डकी प्रदेशमा हालसम्म करिब ३९ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको करिब एक महिना अवधी बाँकी रहँदा अर्थात असार ५ गतेसम्ममा ३८.६० प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।
गण्डकी प्रदेश : कोरोनाको वृद्धिदर डरलाग्दो
अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोराना भाईरस संक्रमणको गति सुरुवातताका केही कमजोर थियो । चैतको पहिलोसाता बागलुङमा दुईजनामा संक्रमण देखिएपनि जेठको मध्यसम्म प्रदेशभित्र संक्रमित निकै नै कम संख्यामा थिए । यतिसम्मकी जेठ मध्यसम्म प्रदेशमा संक्रमितको संख्या एक अंकमा सिमित थियो ।
गण्डकी प्रदेशमा १६ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण, १०३१ संक्रमित
गण्डकी प्रदेशमा हालसम्म १ हजार ३१ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २१४ जना निको भएर घर फर्किसकेका छन् ।