गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत
०८ असार २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत
गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय । तस्बिर : सन्देश/नागरिक

गण्डकी प्रदेशमा हालसम्म करिब ३९ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको करिब एक महिना अवधी बाँकी रहँदा अर्थात असार ५ गतेसम्ममा ३८.६० प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो । यस अवधीमा प्रदेश सरकारले चालुतर्फ ३५.४० र पुँजीगततर्फ ४०.५८ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले जेठ मसान्तसम्ममा ३७.५१ प्रतिशत बजेट खर्च गरेको छ । यो यहि अवधीमा अघिल्लो वर्षको भन्दा १९.५१ प्रतिशत बढी हो । उसो त गण्डकी प्रदेशले लकडाउन अघिसम्म अर्थात फागुन मसान्त सम्ममा २४.८८ प्रतिशत बजेट खर्च गरिसकेको थियो । अघिल्लो वर्ष यहि समयमा केवल ९ प्रतिशत मात्र खर्च गरेको थियो ।  

गण्डकी प्रदेशको बजेट खर्च कोरोना महामारी रोक्नका लागि लगाइएको लकडाउनका कारण चैतपछि घटेको हो । ९५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६३ प्रतिशत बजेट खर्च गर्ने संसोधित अनुमान गरेको छ । कोरोनाका कारण उत्पन्न असहज परिस्थितिका कारण खर्च कम हुने आंकलनका साथ बजेट खर्च अनुमान संसोधित गरिएको प्रदेश लेखा नियन्त्रक पौडेलले बताए ।

संसोधित अनुमानको ६३ प्रतिशत बजेट खर्च पुर्याउन सरकारले २५.४९ प्रतिशत बजेट असारमा मात्रै खर्च गर्नुपर्ने हुन्छ । उसो त अघिल्लो वर्ष जेठसम्म १८ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असारमा मात्रै ४० प्रतिशत बजेट खर्च गरेर ५८.१० प्रतिशत पुर्याएको थियो ।

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बजेट खर्च सन्तोषजनक रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । फागुनसम्म अनुमान अनुसार नै बजेट खर्च भइरहेको थियो,‘नियन्त्रक पौडेलले भने,‘तर कोरोना कारण असहज अवस्था आउँदा बजेट खर्च धेरै हुन नसक्ने अवस्था आयो ।’ उनले अहिलेको खर्च अवस्था परिस्थिति अनुसार सन्तोषजनक भएको बताए ।

मन्त्रालयहरूबाट मातहतका कार्यालयहरूलाई समयमै अख्तियारी दिनु, विकास आयोजनाहरूको सम्बन्धित कार्यालयहरूले समयमै टेण्डर प्रक्रियामा लैजानु र खरिद प्रक्रियापनि समयमै हुँदा खर्च सन्तोजनक भएको बताए ।

चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको प्रदेश सरकारले ११ महिनाको अवधिमा चालु खर्चतर्फ ३४.७४ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट विनियोजन गरेकोमा हालसम्म १५.९२ प्रतिशत बजेट खर्च भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका लागि १५ अर्ब ९५ करोड पाँच लाख ६४ हजार बजेट विनियोजन भएकोमा हालसम्म ४७.५१ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ३९ करोड १६ लाख दुई हजार बजेट विनियोजन भएकोमा हालसम्म ३६.८० प्रतिशत खर्च भएको छ ।

प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयलाई दुई अर्ब ४२ करोड ८० लाख ८१ हजार बजेट विनियोजन भएकोमा हालसम्म २५.५४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २२ करोड ९४ लाख ४१ हजार बजेट विनियोजन भएकोमा हालसम्म २०.१० प्रतिशत बजेट खर्च गरेको छ ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि दुई अर्ब तीन करोड १४ लाख ७ हजार विनियोजन भएकोमा हालसम्म २६.७७ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ५९ करोड ३९ लाख ३६ हजार बजेट विनियोजन भएकोमा १८.४० प्रतिशत खर्च भएको छ ।

मुख्यमन्त्रीको कार्यालयका लागि एक अर्ब ३२ करोड ७७ लाख ७३ हजार बजेट विनियोजन भएकोमा १६.२४ प्रतिशत खर्च गरेको छ । त्यस्तै, प्रदेश सभाले ८३.१२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ५७.४० प्रतिशत र प्रदेश नीति तथा योजना आयोगले ७९.३० प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

लोकप्रिय
अर्को समाचार
गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत
०२ साउन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत
गण्डकी प्रदेश सरकारको कार्यालय । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेशले कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत बढी हो । अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारले ५८.१० प्रतिशत बजेट खर्च गरेको थियो । गण्डकी प्रदेशले संसोधित खर्च अनुमान अनुसारै बजेट खर्च गरेको हो । ९५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेर बजेट बनाएको प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण वैशाखमा खर्च अनुमान संसोधन गर्दै ६३ प्रतिशत कायम गरेको थियो ।  

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराले जनाएको छ ।

बजेट खर्च अन्तर्गत विकास (पूँजीगत) खर्च ७०.४६ प्रतिशत तथा चालुतर्फ ५२.८० प्रतिशत खर्च गरेको कोषले जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा पूँजिगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट विनियोजन गरेकोमा १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेकोमा ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिए ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ६४.५० प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ३२ करोड ७७ लाख ७३ हजार बजेट रहेकोमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले ८५ करोड ६४ लाख ५६ हजार ७ सय ९१ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ३४.१६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २२ करोड ४ लाख ४१ हजार बजेट रहेको आर्थिक मामिलाले ७ करोड ८३ लाख ६७ हजार २ सय ८६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३३.८२ प्रतिशत बजेट खर्च गरेको छ । ५९ करोड ३९ हजार ३६ हजार बजेट रहेकोमा आन्तरिक मामिलाले २० करोड ८ लाख ७८ हजार ६ सय ८२ रुपैयाँ खर्च गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५९.५३ प्रतिशत बजेट खर्चिएको छ । दुई अर्ब ३ करोड १४ लाख ७ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले १ अर्ब २० करोड रुपैयाँ ९२ लाख ९५ हजार बजेट खर्च गरेको हो ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ६६.६५ प्रतिशत बजेट खर्च गरेको छ । कुल २ अर्ब ४२ करोड ८० लाख ८१ हजार बजेट रहेको सो मन्त्रालयले १ अर्ब ६१ करोड ८२ लाख ७१ हजार ५ सय ९२ रुपैयाँ बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ७५.५६ प्रतिशत खर्च गरेको छ । १५ अर्ब ९५ करोड ५ लाख ६४ हजार बजेट रहेको सो मन्त्रालयले १२ अर्ब ५ करोड १८ लाख ४४ हजार ३ सय ६९ रुपैयाँ खर्च गरेको हो ।

सामाजिक विकास मन्त्रालयले ७२.९५ प्रतिशत बजेट खर्चिएको छ । कुल ३ अर्ब ३९ करोड १६ लाख २ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ४७ करोड ४३ लाख ५ हजार ३ सय २० रुपैयाँ बजेट खर्चिएको छ ।

असारे विकासले पायो निरन्तरता

गण्डकी प्रदेश सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले कुल बजेटको २६.३१ प्रतिशत बजेट अर्थात ८ अर्ब ४ करोड ८९ लाख ७७ हजार १४२ रुपैयाँ असारमा मात्र खर्च गरेको हो । जेठ मसान्त सम्म ३७.४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार मसान्त सम्ममा ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ ।  

प्रदेश सरकारले पछिल्लो ५ दिनमा कुल बजेटको १२.०३ प्रतिशत बजेट खर्च गरेको छ । असार २७ गतेदेखि असार ३१ गतेसम्मक ५ दिनमा प्रदेश सरकारले ३ अर्ब ८६ करोड ५३ लाख ७४ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  

कोरोना र त्यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चैतदेखि विकास निर्माणका काम ठप्प भएपनि लकडाउन खुकुलो भएपश्चात प्रदेशको विकास निर्माणले तिव्रता पाउँदा असारमा बजेट खर्च ह्वात्तै बढेको हो ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस