दाहालको पक्षमा सिंगो संसद्
२७ पौष २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
दाहालको पक्षमा सिंगो संसद्

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सय ६८ जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका छन्। प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये विश्वासको प्रस्तावको विपक्षमा दुई मत मात्र परेको छ।

संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। पुस १० गते माओवादी केन्द्र, एमाले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका एक सय ६६ र तीन स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त दाहालले विश्वासको मतका लागि मंगलबार प्रतिनिधिसभामा प्रस्ताव राखेका थिए। दुई सांसदले मात्र प्रस्तावको विपक्षमा मत दिएपछि सदन प्रतिपक्षीविहीन जस्तै देखियो।

प्रतिनिधिसभामा एक÷एक सिट जितेर स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत अनुपस्थित थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जवरा मतदानमा सहभागी हुनुपर्ने अवस्था आएन। भ्रष्टाचार मुद्दा लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन्।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा पनि कांग्रेससहित सम्पूर्ण सदस्यले मतदान गरेका थिए। त्यतिबेला २०५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित १९८ सांसदले पक्षमा मत दिएका थिए, विपक्षमा मत परेको थिएन। त्यसपछि प्रतिनिधि सभाका करिबकरिब सम्पूर्ण सदस्यबाट विश्वासको मत पाउने दोस्रो प्रधानमन्त्रीका रूपमा दाहाल देखिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत माग्दा मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक देखिएको बताएका थिए। उनले भने, ‘इमानदार स्वीकारोक्ति गर्न चाहन्छु कि हामी राजनीतिक दल कहीँ कतै चुकेका छौं। अब राष्ट्रिय सहमतिबाटै जानुपर्ने अवस्था आएको छ।’ आफूले धेरै काम गर्नुपर्ने अवस्था रहेकाले साझा न्यूनतम कार्यक्रममार्फत अघि बढ्ने उनले बताए। दाहालले आफू फोटो देखाउन प्रधानमन्त्री नबनेको भन्दै ‘प्रधानमन्त्री निगरानी’लगायत काम अघि बढाउने बताए।

२०११ मंसिर २६ गते जम्मेका दाहाल ६८ वर्षको उमेरमा तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। उनी यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलोपटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए।

माओवादी ‘जनयुद्ध’, शान्ति प्रक्रिया र संविधानसभा हुँदै अहिलेको राजनीतिसम्म आइपुग्दा दाहाल दलको अध्यक्षका रूपमा क्रियाशील छन्। संविधानसभा निर्वाचन, २०६४ बाट तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो। संविधानसभा निर्वाचन, २०६४ पछि २०६५ साउनमा दाहाल प्रधानमन्त्री बनेका थिए।

नेपाली सेनाका तत्काली सेनापति रूक्मांगद कटवाललाई बर्खास्त गर्ने प्रयासलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले असफल पारिदिएपछि दाहालले २०६६ वैशाख २१ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले उक्त प्रंसग मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दासमेत उठाए। उनले भने, ‘मैले नजानेर र राम्रो टिम नभएकाले पनि पहिलोपटक प्रधानमन्त्री हुँदा काम गर्न सकिनँ।’

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीबमोजिम प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान भएको थियो।

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकमा दाहाललाई विश्वासको मत दिनुपर्ने र दिन नहुनेमा सांसदले फरकफरक मत राखेका थिए। तर बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गर्‍यो। त्यसपछि सदनमा आएका कांग्रेस सांसदले दाहाललाई विश्वासको मत दिए। कांग्रेस संसदीय दलको बैठकमा दाहाललाई विश्वासको मत दिन नहुने धारणा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र अर्जुननरसिंह केसी थिए।

दाहाल प्रधानमन्त्री नियुक्त हुँदा समर्थन नगरेका कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीले मंगलबार बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए। सबै दलले आफूलाई विश्वासको मत दिएपछि दाहालले आफूलाई न्याय भएको बताए।

प्रतिनिधिसभामा मन्तव्य राख्नेक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने तर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए। ‘हामीले प्रतिपक्षमा रहँदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने छैनौं। सरकारका कामकारबाहीको सूक्ष्म रूपले मूल्यांकनका साथै गुण र दोषका आधारमा विश्लेषण गरी आफ्नो धारणा बनाउनेछौं। सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्नेछौं।’

त्यस्तै मन्तव्य राख्ने क्रममा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति लक्षित गर्दै ‘विश्वासको मत दिने भएपछि सरकारमा नगएको राप्रपासँग मिल्दोजुल्दो भयो’ भनेर व्यंग्य कसे। ‘राप्रपाले पनि सरकारलाई समर्थन गरेको छ। तर ऊ सरकारमा गएको छैन,’ ओलीले भने। उनले कांग्रेसको समर्थनभित्र सदासयताबाहेक अरू जालझेल छ भने त्यो सफल नहुने बताए। उनले भने, ‘कांग्रेसले विश्वासको मत दिएर कतै माछी जाल हाल्दा ढोक्सा थापेजस्तो गरेको हो भने त्यो ढोक्साभित्र माछा पर्छ भन्ने नसोचे हुन्छ।’

मन्तव्य राख्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री दाहालले राम्रो काम गर्ने प्रतिबद्धता गर्नु सकारात्मक भएको बताए। विगतमा सरकार सञ्चालन गर्नेहरू नै भ्रष्टाचारको संरक्षक, उत्प्रेरक बन्ने गरेको दाबी गर्दै नेपालले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जोसुकै किन होस् दण्डित गर्न सक्यौं भने अरू धेरै गर्न सकिन्छ।’ 

लोकप्रिय
अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस