कोशीमा विपक्षी गठबन्धनको निर्णय: विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने
११ असार २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोशीमा विपक्षी गठबन्धनको निर्णय:  विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने

कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सोमबार काठमाण्डौंमा बसेको विपक्षी गठबन्धनदलहरूको बैठकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गतेको प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव राखे  प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन असार १४ गतेका लागि आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरुको बैठक काठमाण्डौंमा बसेको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु बैठकमा सहभागि भएका थिए। नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई टेलिफोनबाटै कुरा गरेर निर्णय गरिएको नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बताए। उनले भने, ‘मुख्य मन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा ल्याए प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं।’

गठबन्धनको बैठकमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए। माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन्। उनले  असार १४ गते  विश्वासको मत लिने तयारी गरेका छन्। माओवादी र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले जेठ ३१ गते  प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेर  जेठ ३२ गते  अध्यादेशमार्फत बजेट ल्याएका थिए।

सरकारको  नेतृत्वबारे  निर्णयको जिम्मा  शिर्ष नेतालाई  

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था नभएर राजीनामा दिए वा प्रदेशसभामा विश्वासको मत पाउन नसकेको अवस्थामा प्रतिपक्षी गठबन्धनबाट सरकारको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थापाले जानकारी दिए।

विपक्षी गठबन्धनबाट आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा दलहरूवीच सहमति भएको थापाले बताए। यद्यपी विपक्षी गठबन्धनले सरकार बनाउने अवस्थामा कुनदलको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा निर्णय गर्ने अधिकार केन्द्रका शिर्ष नेताहरूलाई नै जिम्मा दिइएको थापाको भनाइ छ।

‘कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने विषय केन्द्रका शिर्ष नेताहरूले निर्णय गर्नुहुनेछ ’ थापाले भने,‘शिर्ष नेताहरूले गरेको निर्णय हामी इमान्दारपूर्वका पालना गछौं।’ कोशी प्रदेशसभाका ९३ जना सांसद मध्ये सत्ता पक्षमा हाल एमालेका ४० र राप्रपाका ६ जना  गरी ४६ जना सांसद मात्रै छन्। बहुमतका लागि प्रदेशसभामा ४७ जना सांसद आबश्यक पर्दछ। विपक्षी गठबन्धनमा भने सभामुख सहित ४७ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३ , नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना छन्। कोशी प्रदेशमा सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन्।  

लोकप्रिय
अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस