गण्डकी प्रदेशले असोजको पहिलो सातादेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षण शुरु गरेको छ। पोखरामा सबै जसो खेलको बन्द प्रशिक्षण चल्दा फुल कन्ट्याक्ट कराँते र बास्केटबलको टोली भने मनाङमा हाईअल्टिच्युड ट्रेनिङ सुरु गरेको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको अगुवाई र सक्रियतामा मनाङमा बन्द प्रशिक्षण गराउने योजना कराँते र बास्केटबल टोलीको प्रशिक्षण सुरु गरिएको हो। टोलीले दुईदिनदेखि मनाङको पिसाङमा प्रशिक्षण सुरु गरेको छ। पिसाङअघि मनाङकै तालमा प्रशिक्षण गरेर टोली माथि उक्लिएको हो।
युवा तथा खेलकुद मन्त्री गुरुङले प्रदेशस्तरीय छनोट प्रतियोगिता लगत्तै खेलाडीहरुलाई मनाङमा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धता अनुसार कराँते र बास्केटबल टोलीले दुईसाता प्रशिक्षण गर्न मनाङ पुगेको हो। ‘प्रदेशले खेलाडीलाई डाईटको सुविधासहित विशेष प्रशिक्षणको व्यवस्था गरिदिएका छौं,’ युवा तथा खेलकुद मन्त्री गुरुङले भने, ‘दुईसाता प्रशिक्षण गरेपछि खेलाडीमा थप उत्साह र उर्जा थपिन्छ भन्ने विश्वास छ।’
पहिलो दिन खेलाडीले मनाङको नासो गाउँपालिकास्थित तालको खेल मैदानमा प्रशिक्षण गरे। दोस्रो दिन पिसाङ पुगे। पिसाङस्थित नवनिर्मित बास्केटबल कोर्टमा दुवै टोलीले प्रशिक्षण गरेका छन्। फुल कन्ट्याक्ट कराँतेमा महिला(५० केजी) सरगम कुमाल, धनकला राना(५५ केजी) पुरुष तर्फ अभिषेक (४० केजी), नारायण विक(४५ केजी), मोसेस कुमाल(६० केजी) रहेका छन्। प्रशिक्षकमा सुवास खड्का, लक्ष्मण कुँवर र दिपकबहादुर गोदारले विशेष सहयोगी भूमिका खेलेका छन्।
बास्केटबल तर्फ विकास गुरुङ निकेश राखल मगर, जासङ सुुनुवार, रवी पौडेल, सुदिप पौडेल क्षत्री, स्पन्दन प्रधानाङ्ग, अमृत कोईराला, लेखमान गुरुङ, रुपेश खड्का, पुष्कल छन्त्याल, सुदिप कार्की, गिमन पुर्जा पुन, सुजन महर्जन, खिमराज गर्बुजा पुन, एन्जेल पुन, सुविन श्रेष्ठ रहेका छन्। प्रशिक्षकमा प्रदिप रसाईली र टिम व्यवस्थापकमा सुरेश गुरुङ रहेका छन्। .jpg)
उनका अनुसार खेलाडीलाई मनाङको झण्डै ३ हजार २ सय मिटर मिटरको उचाईमा कुनै शारीरिक समस्या भने आएको छैन्। ताल, पिसाङ, भ्राका र मनाङमा प्रशिक्षण गराउने योजना छ। ‘दुईदिनपछि मनाङ गाँउ जान्छौं। मनाङमा केही दिन प्रशिक्षण गरेपछि फेरी भ्राका, पिसाङ हुदैं तालमा प्रशिक्षण गरेपछि पोखरा फर्किने छौं,’ विशेष प्रशिक्षणमा सहयोगी भूमिका खेलेका प्रशिक्षक गोदारले सुनाए।
बास्केटबल टोलीले भने नयाँ ठाँउमा नयाँ अनुभवसाथ प्रशिक्षण गर्न पाउँदा छुट्टै उत्साह खेलाडीमा थपिएको प्रशिक्षक प्रदिप रसाईलीले सुनाए। ‘कोर्ट राम्रो छ। आवश्यक सामान सबै छन्। ध्यान केवल प्रशिक्षणमा केन्द्रीत छौं,’ उनको भनाई थियो।
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए। सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।
नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख विनियोजन गरेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।