हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। भौगोलिक कठिनाईका कारण आइतबार मतपेटिका सदरमुकाम चामे झार्न नसकिएको निर्वाचन अधिकारीले बताएका छन् ।
‘नार र फू का लागि हेलिकप्टर मगाएका छौ । आइतबारका लागि हेलिकप्टर जाने सम्भावना रहेन । मतपेटिका सुरक्षित रुपमा राखेर सोमबार हेलिकप्टरमा सदरमुकाम चामे झार्ने हो,’ मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले भने, ‘५ बजेसम्म निर्वाचन समय हुने र त्यो बेलासम्म मौसमी समस्या आउने भएकोले पनि मतपेटिका तल ल्याउन सकिने अवस्था रहेन ।’
कम्तिमा २ दिन लगाएर मात्र सदरमुकाम चामेसम्म हिडेर आउन सकिने भएकोले पनि मतपेटिका बोकेर ल्याउन सहज नभएको उनले बताए । ‘बोकेर ल्याउने सम्भावना छैन । पैदलमार्ग पनि अप्ठेरो छ । त्यसैले आज पर्खेर भएपनि भोलिसम्म हेलिकप्टरबाट ल्याउने हो,’ उनले भने ।
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम ल्याईने भएको छ।
मतदान सकिएको भएपनि मौसमी अवरोधका कारण हेलिकप्टर पुग्न नसक्दा विहीबार मतपेटिका सदरमुकाम चामे ल्याउन नसकिएको निर्वाचन आयोगले बताएको छ।
जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले नार्पाभूमि गाउँपालिकाका मतपेटिका शुक्रबार मात्र ल्याइने जानकारी दिए।
सदरमुकाम चामेबाट हिडेर दुईदिनमा पुगिने नार्पाभूमिका मतपेटिका ल्याउनका लागि हेलिकप्टर पठाउने भनिएपछि मौसमले साथ नदिएपछि शुक्रबार मात्र सदरमुकाम ल्याउने तयारी गरिएको उनले बताए।
‘मौसम राम्रो भएन, बेलैमा हेलिकप्टर आएर जान सक्ने अवस्था पनि रहेन। त्यसैले शुक्रबार बिहान मात्र मतपेटिका सदरमुकाम चामे ल्याइनेछ,’ उनले भने। नार्पाभूमिमा पाँचवटा मतदान केन्द्र थिए। नार गाउँमा ३ वटा र फू गाउँमा २ वटा मतदान केन्द्र थिए। नार गाउँका १ देखि ३ वडाका मतपेटिका एकैठाउँ जम्मा गर्ने र फू गाउँका दुईवटा वडाका मतपेटिका एकैठाउँ संकलन गरेर हेलिकप्टर चामे झारिने उनले बताए।
‘भौगोलिक रुपमा कठिन र चूनौतीपूर्ण मानिएको नार्पाभूमि बाहेक अन्यत्रका मतपेटिका भने गाडीबाटै ल्याउन सकिन्छ,’ उनले भने। हिमाली जिल्ला मनाङमा जम्मा ४०.५ प्रतिशत मत खसेको छ। जिल्लामा ७ हजार मतदाता थिए। चिसो छल्न सहर झरेका मतदाता घर नफर्केकोले कम मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी कुँवरले जानकारी दिए।
चिसो छल्न सहर झरेका उच्च भेगका कतिपय मतदाता भोट खसाल्न भनेर गाउँ फर्केका थिएनन्। जाडो छल्न तल झरेका मतदातालाई घर फर्काउन हिउँ जमेर बाटो अवरुद्ध भएपछि सुरक्षाकर्मी लगाएर जमेको बरफ काटेर मतदानका कर्मचारी र मतदातालाई गाउँ फर्काइएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।