प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन्।
हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी बताएका छन ।
मुस्ताङका निर्वाचन अधिकारी मदन अर्यालले दिउँसो २ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाता थिए । त्यस्तै अर्काे हिमाली जिल्ला मनाङमा पनि ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मनाङमा सबैगरि ६ हजार ७ सय ७९ जना मतदाता छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मनाङमा ५० प्रतिशत मात्र मत खसेको थियो ।
मनाङमा सबैभन्दा दुर्गममा माथिल्लो क्षेत्रको नार र फू गाउँ पर्छन । नार्पाभूमि गाउँपालिकाका ती गाउँबाट मतपेटिका सदरमुकाम ल्याउन हेलिकप्टर प्रयोग गर्नेबारे छलफल भईरहेको निर्वाचन कार्यालयले बताएको छ । दुइदिनसम्म पैदल हिडेर कर्मचारीहरु ती गाउँमा मतदान गराउन पुगेका थिए ।
‘नार र फूका लागि हेलिकप्टर मगाएका छौ । आज सम्भव नभए भोलिमात्र मतपेटिका तल झार्ने हो,’ निर्वाचन अधिकारी शर्माले भने, ‘५ बजेसम्म निर्वाचन समय हुने र त्यो बेलासम्म मौसमी समस्या आउने भएकोले पनि आजै मतपेटिका तल ल्याउन सकिने वा नसकिने यकिन भएको छैन ।’ कम्तिमा २ दिन लगाएर मात्र सदरमुकाम चामेसम्म हिडेर आउन सकिने भएकोले पनि मतपेटिका बोकेर ल्याउन सहज नभएको उनले बताए । ‘बोकेर ल्याउने सम्भावना छैन । पैदलमार्ग पनि अप्ठेरो छ । त्यसैले आज पर्खेर भएपनि भोलिसम्म हेलिकप्टरबाट ल्याउने हो,’ उनले भने ।
मुस्ताङमा पनि सबैभन्दा टाढा लोमान्थाङ गाउँपालिका–२ सुम्जुङ गाउँ पर्छ । त्यहाँ साना गाडी मात्र जान्छन । सुम्जङबाट गाडीमा लोमान्थाङसम्म आउन पनि करिब दुइघण्टा लाग्छ । लोमान्थाङबाट सदरमुकाम जोमसोम झर्न थप पाँचघण्टा गाडीमा लाग्छ । ‘मध्यरातसम्म मतपेटिका सदरमुकाम जोमसोम ल्याउने योजना छ । हेलिकप्टरबारे कुरै भएको छैन,’ मुस्ताङका निर्वाचन अधिकारी अर्यालले भने ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।