प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ
१२ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ

इङ्लिस प्रिमियर लिग क्लब बर्नमाउथका एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको खुलासा भएको छ । आइतबार मात्र प्रिमियर लिगका दुई खेलाडीमा कोरोना पुष्टि भएकोमा एक खेलाडी बर्नमाउथका भए पनि अर्का एक खेलाडी कुन क्लबका हुन् केही बताइएको छैन ।

यससँगै प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती ६ जनालाई नै एक साता सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको थियो । ६ जनामध्ये वाट्फोर्डका रक्षक एड्रियान मारिप्पा र बर्नलीका सहायक प्रशिक्षक इयान वोन रहेका थिए ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका दुई खेलाडीलाई पनि एक साता सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ । प्रिमियर लिगका सबै २० क्लबका खेलाडी र पदाधिकारी गरी कुल ९ सय ९६ जनामा गत साता मंगलबार, बिहीबार र शुक्रबार कोरोना भाइरस परीक्षण गरिएको थियो ।

यता च्याम्पियनसिपका एकै क्लबका दुई खेलाडीमा पनि कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो ७२ घण्टामा च्याम्पियनसिपका २४ टोलीका खेलाडी र पदाधिकारी गरी कुल १ हजार १४ जनामा कोरोना परीक्षण गरिएको थियो ।

‘एक खेलाडीमा कोरोना पुष्टि भएको छ र उनलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिइएको छ,’ बर्नमाउथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबको प्रशिक्षण जारी रहन्छ । एफएले दिएको सातामा दुई पटक कोरोना परीक्षण गर्न दिएको निर्देशन कडाइका साथ पालना गरिनेछ ।’

प्रिमियर लिगले गत साता मंगलबारबाट सबै क्लबका खेलाडीलाई सामाजिक दूरीको निर्देशन पालना गर्दै अभ्यासमा फर्कन अनुमति दिइसकेको छ । यसअघि शुक्रबार इङ्लिस प्रिमियर लिगका कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले जुनमा लिग पुनः सुचारु हुनेमा पूर्ण रूपमा विश्वस्त रहेको बताएका थिए ।

प्रिमियर लिगका खेलाडीहरूले मंगलबारबाट अभ्यास सुरु गरिसकेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मार्च १३ पछि विश्वभरका अन्य लिगजस्तै प्रिमियर लिग पनि रोकिएको छ । प्रिमियर लिगले जुन १२ मा लिग सुचारु गर्ने गरी तयारी गरिरहेको छ ।

मास्टर्सले गत साता जर्मन बुन्डेसलिगा सुरु भएकाले के–कसरी अघि बढ्ने भन्नेबारे त्यो निकै लाभदायक भएको बताए । यद्यपि उनले अहिले लिग सुरु हुने वातावरण बन्दै गए पनि अझै पनि बिना कुनै खेल सिजनको अन्त्य हुने सम्भावना पनि रहेको प्रतिक्रिया दिएका थिए ।

उनले यस सिजन लिगमा सुचारु भए पनि सबै खेलहरू अन्यत्र जस्तै बन्द रंगशालामा हुने बताउँदै अर्को सिजनमा मात्र दर्शकलाई मैदानमा खेल हेर्न पाउने बताएका थिए ।

यता इङल्यान्डका सांस्कृतिक सचिव ओलिभर डाउडेनले प्रिमियर लिग पुनः सुचारु हुनुअघिका दुई चरणमध्ये अहिले समाजिक दूरी कायम गदै अभ्यास भइरहेको र आगामी साता सरकारले पूर्ण रूपमा अभ्यासका लागि अनुमति दिने संकेत गरेका थिए । प्रिमियर लिगको आगामी बेैठक बुधबार र बिहीबार बस्दै छ ।

लोकप्रिय
अर्को समाचार
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?
०६ वैशाख २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।

कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।  

सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।

तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।

उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’

अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम  भएकालाई दिइरहेको अधिकारीले बताए।  

सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।  

नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।

‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।  

काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस