जोखिममा हिमताल
१६ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जोखिममा हिमताल
दुधकाेसी जलाधार क्षेत्रमा अवस्थित लुमदिङ च्छाे हिमताल। तस्बिर: इसिमाेड

नेपालका हिमनदी (ग्लेसियर) बाट बनेका हिमतालको संख्या र क्षेत्रफल पछिल्ला आठ वर्षमा निरन्तर बढिरहेको नयाँ अध्ययनले देखाएको छ। सन् २०१७ देखि २०२४ सम्मको अध्ययन अनुसार सबैभन्दा तीव्र रूपमा हिमताल विस्तार भएको क्षेत्र कोसी नदी प्रणाली हो। वैज्ञानिकहरूले सार्वजनिक गरेको यो पहिलो स्वचालित वार्षिक अभिलेख (डेटासेट) ले हिमतालको अवस्थाबारे हरेक वर्ष अद्यावधिक जानकारी दिने भएकाले भविष्यमा हिमताल विस्फोटबाट हुुने जोखिम पहिचान गर्न र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

उत्तल अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ‘अर्थ सिस्टम साइन्स डाटा’ मा गत साता प्रकाशित भएको हो। अध्ययनमा बेलायतको लिड्स विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, भारतको वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजी र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिक सहभागी थिए।

वैज्ञानिकहरूले ‘ग्लेसियल लेक अब्जर्भेटरी (जिएलओ)’ नामक नयाँ प्रणाली विकास गरेका छन्। यसमा कृत्रिम बुद्धिमत्ता (एआई) र उपग्रहबाट खिचिएका तस्बिर प्रयोग गरेर हिमतालहरूको स्वचालित पहिचान र अनुगमन गरिन्छ। यसअघि यस्ता अभिलेख धेरैजसो मानिसले हातैले नक्सांकन गरेर तयार पारिन्थे र केही वर्षको अन्तरालमा मात्र अद्यावधिक हुन्थे। नयाँ प्रणालीले भने हरेक वर्षको परिवर्तन नियमित देखाउन सक्छ।

अनुसन्धानकर्ताका अनुसार हिमतालको क्षेत्रफल र आकारमा हुने परिवर्तनलाई व्यवस्थित रूपमा निगरानी गर्ने प्रणाली अहिलेसम्म पर्याप्त थिएन। जलवायु परिवर्तनका कारण कुनै हिमताल अस्वाभाविक रूपमा छिटो विस्तार भइरहेको छ कि छैन भन्ने पत्ता लगाउन, तालमा कति पानी छ भन्ने अनुमान लगाउन तथा हिमनदी र हिमतालबिचको सम्बन्ध बुझ्न निरन्तर निगरानी आवश्यक हुन्छ।

चार हजार बढी हिमतालको अभिलेख

अध्ययनमा नेपाल, भारत र चीनसँग जोडिएका नदी प्रणालीमा रहेका ४ हजार १५० वटा फरक हिमताल सेन्टिनेल–२ उपग्रह तस्बिरबाट पहिचान गरिएको छ। त्यस्तै सेन्टिनेल–१ राडारबाट २ हजार ९६७ वटा हिमताल पहिचान गरिएको छ। २०१७ देखि २०२४ सम्म संकलित तथ्यांकमा सेन्टिनेल–२ बाट २२ हजारभन्दा बढी र सेन्टिनेल–१ बाट १८ हजारभन्दा बढी हिमतालका सीमारेखा नक्सांकन गरिएको छ।

अध्ययनअनुसार आठ वर्षको अवधिमा हिमतालको संख्या मात्र होइन, तिनको क्षेत्रफल पनि बढिरहेको छ। औसत रूपमा हिमतालहरूले करिब १६९ वर्गकिलोमिटर क्षेत्र ओगटेको पाइएको छ। हिमतालहरूको संख्या र आकारमा सबैभन्दा धेरै विस्तार कोसी नदी प्रणालीमा देखिएको छ।

अध्ययनमा समेटिएका हिमतालमध्ये करिब ६१ प्रतिशत यही नदी प्रणालीमा पर्छन्। सबैभन्दा तीव्र रूपमा फैलिएका १० हिमतालमध्ये ९ वटा पनि यही क्षेत्रमा रहेको अध्ययनले देखाएको छ। यसले कोसी क्षेत्र भविष्यमा हिमतालसँग सम्बन्धित जोखिमका हिसाबले थप संवेदनशील बन्न सक्ने संकेत गर्छ। अनुसन्धानकर्ताका अनुसार विस्तार भइरहेका अधिकांश हिमताल उच्च हिमाली क्षेत्रमा छन्, जहाँ पग्लँदै गएका हिमनदीबाट निरन्तर पानी थपिँदै छ।

जलवायु परिवर्तनको प्रभाव

वैज्ञानिकहरूले हिन्दकुश–हिमालय क्षेत्रमा रहेका हिमनदी विश्वका अन्य धेरै स्थानको तुलनामा निकै तीव्र गतिमा पग्लिरहेको बताउँदै आएका छन्। अध्ययनमा पनि यस क्षेत्रको तापक्रम विश्वको औसतभन्दा करिब दोब्बर दरले बढिरहेको उल्लेख छ।

हिमनदी पग्लिँदा त्यसबाट निस्किएको पानी अगाडि रहेका मोरेन (ढुंगा, माटो र बालुवाको प्राकृतिक बाँध) पछाडि जम्मा हुन थाल्छ। यसबाट नयाँ हिमताल बन्ने वा पुरानाको आकार बढ्ने हुन्छ। यस्ता हिमतालले केही समयका लागि पानी सञ्चय गरे पनि हिमपहिरो, चट्टान खस्ने, हिमखण्ड भत्किने वा अन्य प्राकृतिक कारणले बाँध फुटेमा तल्लो क्षेत्र विनाशकारी बाढीको चपेटामा पर्न सक्छ।

नेपालमा हिमताल विस्फोटका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा बस्तीमा ठुलो क्षति पुगेका उदाहरण छन्। वैज्ञानिकका अनुसार हिमनदी पग्लिने क्रम यही गतिमा भइरहे हिमतालको संख्या र आकार अझै बढ्न सक्ने देखिन्छ। त्यसैले नियमित निगरानी अपरिहार्य बनेको छ।

एआईबाट निगरानी

नयाँ प्रणाली विकास गर्न अनुसन्धानकर्ताले ‘डिपल्याब–भी’ नामक कृत्रिम बुद्धिमत्तामा आधारित मोडल प्रयोग गरेका छन्। यसलाई पहिले हातैले तयार गरिएका हिमतालका नक्साबाट प्रशिक्षण दिइएको थियो। त्यसपछि २०१७ देखि २०२४ सम्मका उपग्रह तस्बिरमा यसको प्रयोग गरिएको हो।

यो प्रणालीले सेन्टिनेल–१ राडार र सेन्टिनेल–२ अप्टिकल तस्बिरलाई छुट्टाछुट्टै विश्लेषण गरी नतिजा तयार गर्छ। राडारले बादल लागेको अवस्थामा पनि काम गर्न सक्छ भने सेन्टिनेल–२ ले साना हिमताललाई स्पष्ट रूपमा देखाउन सक्छ। अनुसन्धानकर्ताका अनुसार यी दुई प्रविधिको संयुक्त प्रयोगले मनसुनका बेला बाक्लो बादलका कारण हुने कठिनाइलाई धेरै हदसम्म समाधान गरेको छ।

सरकार र अनुसन्धानका लागि उपयोगी

वैज्ञानिकले तयार पारेको यो तथ्यांक सबैका लागि खुला गरिएको छ। भविष्यमा यसैका आधारमा नियमिति अद्यावधिक हुने ‘ग्लेसियल लेक अब्जर्भेटरी’ पोर्टल सञ्चालनमा ल्याउने तयारी छ। अनुसन्धानकर्ताका अनुसार यो तथ्यांकले हिमताल विस्फोटको जोखिम मूल्यांकन, जलवायु परिवर्तनसम्बन्धी अध्ययन, हिमनदी अनुसन्धान, जलस्रोत व्यवस्थापन, जलविद्युत् आयोजना तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा उपयोगी आधार प्रदान गर्नेछ। यो प्रणाली पूर्ण रूपमा स्वचालित भएकाले अब हजारौं हिमताललाई प्रत्येक पटक हातैले नक्सांकन गर्नुपर्ने आवश्यकता पर्दैन। यसले हरेक वर्ष नयाँ तथ्यांक छिटो र नियमित रूपमा उपलब्ध गराउन सक्छ।

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र रुपमा परिरहेको सन्दर्भमा हिमतालको नियमित निगरानीले असामान्य रूपमा विस्तार भइरहेका तालको समयमै पहिचान, स्थलगत अध्ययन र सम्भावित जोखिमको मूल्यांकन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

अर्को समाचार
चीनका जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव
२५ असार २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
चीनका जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन्।

उनीहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा सांसद राजेन्द्र बजगाईँले मङ्गलबार रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग माग गरे। उनले यस्ता विपद्को समाधानका लागि कूटनीतिक रूपमा पहल गर्नुपर्ने सुझाए। सांसद बजगाईँले पशुपतिनाथ मन्दिर परिसर हतियार निषेधित क्षेत्र भएकाले राजनीतिज्ञ वा सुरक्षाकर्मी कसैले पनि हतियार लैजान नहुने धारणा राखे।

सांसद नारायणप्रसाद आचार्यले बुटवलबाट पाल्पा जाँदै गरेको मोटरसाइकलमा मङ्गलबार पहिरोको ढुङ्गा खसेर दुर्घटनामा परी एकको निधन र एक जना घाइते भएका घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद माधवप्रसाद सापकोटाले रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको शीघ्र खोजी र उद्धारका लागि माग गरे। उनले चिनियाँ पक्षले उक्त घटनाका बारेमा जानकारी गराए पनि सजगता नपनाइएको उल्लेख गर्दै सीमा क्षेत्रमा जोखिममा रहेका हिमतालका सम्बन्धमा चिनियाँ सरकारसँग वार्ता गरी सूचना आदानप्रदान गर्ने उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस