सरकारले जलवायु परिर्वतनको असरबाट जोखिममा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने भएको छ। सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा तल्लो तटीय क्षेत्रका लागि जोखिममा रहेका सोलुखुम्बुका दुई, मनाङको एक र संङ्खुवासभाको एक हिमतालको पानीको सतह घटाउने जनाएको हो।
यसैगरी जलवायु परिवर्तनका असरसँग जुध्नका लागि अनुकूलनका कार्यहरू सञ्चालन गर्ने, हरेक अर्थतन्त्रका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, शून्य कार्वन रणनीति कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका सम्बन्धमा राष्ट्रिय–अन्तराष्ट्रियरूपमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेश गरेको आगामी आवको बजेटमा विपद्का कारण हुने मानवीय र भौतिक क्षतिको न्यूनीकरण गर्न प्रदेशसँग सहकार्य गरेर प्रभावकारी कार्यक्रम अघि बढाइने उल्लेख छ। यसका लागि पूर्वचेतावनी र आकलन गर्ने मौसमी प्रणाली लागू गर्ने बजेट जनाइएको छ। आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।
सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ।
सोट्टो नेपालले आइतबार पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताएका हुन्।
उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यवहारिक कर र नियम हटाउन सरकारसँग माग गर्नुभयो। अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।
कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरूले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्दै आएको जानकारी दिए।
उनका अनुसार सिंगापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ।
आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुंगा, ऋषिकेश मन्दिर, सुपादेउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको सोट्टो नेपालले जनाएको छ। स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवर्द्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।