जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा
१० कार्तिक २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ।

उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन्।

अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ।

यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ। हिमनदी पग्लने दर बढ्दा अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विष्फोटनको बाढी सम्बन्धमा गरिएको उक्त अध्ययनले सो पुष्टि गरेको हो। भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र श्रृङ्खलाबद्ध असरले सो क्षेत्रमा हिमताल विष्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ।

इसिमोडको अध्ययनका एक लेखक ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनले हिन्दुकुश हिमालयमा २५ हजारभन्दा बढी हिमताल रहेका र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको उल्लेख गरे। अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा बिनाशकारी क्षति पुगेको उल्लेख छ।

अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर एक लाख ५६ हजार घन मिटर पानी बाहिरिएको देखाएको छ।

उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो। त्यसले थप तीन लाख तीन हजार घनमिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

दुवै तालमा भएको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्रभएको र  त्यसले ठूला ढुङ्गासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो। त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति गरेको थियो।

नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठूलो रुप लिएको थियो। ‘यसले गर्दा ठूलो क्षति भएको, थामे गाउँ नजिकको करिब आधा किलोमिटर चौडा उपत्यका भग्नावशेषहरुले भरिएको थियो।’

बाढीले निजी घर, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो। उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ। उक्त विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए।

नेपालमा सन् १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विष्फोटन भइसकेका छन्। जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँचवटा  यस्ता ठूला घटना भइसकेका छन्।

हिमताल विष्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन्। केही घण्टाभित्रै लाखौं घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घट्नाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन्।

अध्ययनका सहलेखक इमिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले जलवायुका अति गम्भीर घटना बढ्दै जाँदा, थामे जस्ता बाढीका घट्ना एउटा कठोर सम्झना र आत्म–चिन्तनको क्षण भएको बताए। उनले भने, ‘यसले पहाडी समुदायहरूले कसरी जलवायु–प्रेरित विपत्तिहरूको चपेटा सहिरहेका छन् भन्ने देखाउँछ। यस्ता अध्ययनले जलवायु परिवर्तनका वास्तविकताहरू बुझ्न सहयोग गर्छ।’

इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दुकुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताए।

‘पछिल्ला दुई वर्षमा मात्रै, हामीले यस क्षेत्रमा हिमताल विष्फोटन बाढीसहित धेरै उच्च हिमाली खतराहरू देखेका छौं, त्यसैले अब यस क्षेत्रमा वास्तविक सूचना तत्काल सुदृढ गर्न थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना र भविष्यमा हुनसक्ने घट्नाबाट हुने क्षति घटाउन ईन्जिनियरिङ संरचना, जस्तै नदीकिनार सुरक्षणसम्बन्धी काम गर्न आवश्यक छ’, उनले भने।

थामे घटनाले हिमवत क्षेत्र र विपद्सम्बन्धित घटना बुझ्न र भविष्यमा कार्यान्वयन योग्य नीति निर्माणका लागि पाठ सिकाएको छ। हालसालै, यस क्षेत्रमा ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलेन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले विपद्को लागत र जोखिम घटाउनेमा ध्यान केन्द्रित गरेको छ।

अर्को समाचार
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
२५ साउन २०८३
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?

इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ। पुवा र जोगमाई खोलामा पुुल नहुँदा सवारीसाधनले बर्खे भेल पार गर्न सक्ने अवस्था छैन। मेची राजमार्ग पनि महिना दिनदेखि बन्द छ।

केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक) को पुवाखोला र मेची राजमार्गको राजदुवाली खण्डको विकल्प मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा जडान गर्ने भनिएको बेलिब्रिज अहिलेसम्म नआउँदा समस्या भएको हो। दुवै खोलाका लागि भारतबाट बेलिब्रिजका सबै सामान आइनपुगेकाले जडानको टुंगो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ। डिभिजन प्रमुख पवन भट्टराईले बेलिब्रिजका तीन गाडी सामान आएको तर बाँकी सामान कहिले आउने भन्ने यकिन नभएको बताए। ‘एउटा बेलिब्रिज जडानका लागि १५–१६ गाडी सामान चाहिन्छ, अहिलेसम्म तीन गाडीचाहिँ आएको छ,’ उनले भने, ‘थप चार गाडी सामान करिब १० दिनमा आइपुग्छ। बाँकी सामान र जडान गर्ने प्राविधिक टोली कहिले आउँछ थाहा छैन।’

प्रमुख भट्टराईका अनुसार सामान आएपछि मात्र प्राविधिक टोली आउने कुरा भएको छ। ‘बेलिब्रिज जडान गर्न खोलामा हामीले बनाउनुपर्ने पूर्वाधार करिबकरिब बनाइसकेका छौं तर जडान कहिले हुन्छ भन्ने यकिन नहुँदा अन्योल छ,’ उनले भने, ‘डिभिजनले चाँडोभन्दा चाँडो सामग्री ल्याउन पटकपटक सडक विभागमा लिखित र मौखिक रूपमा अनुरोध गरेको छ। विभागले पनि प्रयास गरिरहेकै होला।’

खोलामा पुल नहुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधन चलाउन निकै कष्ट भइरहेको छ। अघिल्लो वर्षको असोज १८ गते रातिको पहिरोले मेची राजमार्गको राजदुवाली खण्डको करिब पाँच सय मिटर सडक बगाएको थियो। अहिलेसम्म बर्खामा गाडी चल्ने गरी सडक मर्मत हुन सकेको छैन। हिउँदमा गाडी चले पनि बर्खा लागेपछि असहज भएको हो। करिब महिना दिनयता यो खण्ड पुरै बन्द छ। ‘गाडी चलाउन सडक मर्मत गरिरहेका छौं तर पानी पर्नेबित्तिकै बाटो बिग्रिहाल्छ,’ भट्टराईले भने, ‘बनाउने र बर्खे झरीले बगाउने क्रम जारी छ।’

राजदुवालीमा पहिरो अड्याउने गरी सबैभन्दा पुछारको भाग माईखोलाको सतहबाटै सिमेन्टको पर्खाल (प्लम्ब) लगाएर मर्मत भइरहेको छ। तर पानी परिरहेकाले काम सक्न समस्या भइरहेको उनले बताए। ‘राजदुवालीबाट मेची राजमार्ग तत्कालै खुल्ने अवस्थाचाहिँ छैन,’ भट्टराई भन्छन्, ‘केही समय अझै लाग्छ।’

केचना–कञ्चनजंघा सडकको पुवाखोलामा र सिमलगोलाई–तिल्केनी सडकको जोगमाईमा गत वर्ष लगाइएका दुई नयाँ बेलिब्रिज असोजको बाढीले बगाएको थियो। दुवै खोलामा अहिले अस्थायी डाइभर्सन बनाई सवारीसाधन चलाइएको छ।

तर पानी पर्नेबित्तिकै बाढी आएर बगाउँदा समस्या हुने गरेको छ। यी दुवै सडक कच्ची भएकाले बर्खामा हिलाम्य हुन्छन्। यात्रु र मालबाहक दुवै गाडी आवागमनमा समस्या छ।

अहिले सिमलगोलाई–तिल्केनी सडक कोसी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा मर्मत भइरहेको छ। तिल्केनीदेखि बज्रदेवीसम्मको खण्डमा इलाम नगरपालिकाले ग्राभेल हालेर मर्मतको काम गरिरहेको छ। बाँकी खण्डको काम सडक डिभिजनले गरिरहेको छ। केही दिनमै सडक मर्मत सकिने भए पनि ठुला मालबाहक गाडी गुडाउन भने समस्या हुन सक्ने डिभिजन प्रमुख भट्टराईले बताए। मालबाहक गाडी चल्न नसक्दा इलाममा उपभोग्य वस्तुको अभाव भइरहेको छ।

गत असोज १८ र १९ मा इलाममा भएको भारी वर्षा र बाढीपहिरोका कारण ३९ जनाको ज्यान गएको थियो। प्राकृतिक विपद्बाट १२ अर्ब रुपैयाँ बढीको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। सडक र पुलमा मात्रै सात अर्ब रुपैयाँबराबरको क्षति भएको थियो। क्षति भएका पुल र सडक बनाउन समयमै बजेट नआउँदा र बर्खा लागेपछि मात्रै मर्मत–निर्माणको काम थाल्दा यात्रुसँगै स्थानीय उपभोक्ताले सास्ती बेहोर्नुपरेको हो।

इलामबासीले सडक असुविधाका कारण कष्ट बेहोर्नुपरेपछि सरोकारवालाले इलामलाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न संघीय सरकारसँग पटकपटक माग गरिरहेका छन्। जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतले संयुक्त भेला गरी इलामलाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस