असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ ।
बाढीपहिरोले पूर्वाधार मात्र क्षति नगरी मनाङकै गहना मानिने गंगापूर्ण हिमतालमा पनि उत्तिकै नोक्सान पुर्याएको छ। अन्नपूर्ण फेरोको पदमार्गमा गएका सबैजसो पर्यटकले घुम्ने गंगापूर्ण हिमताल बाढीपहिरोका कारण सधैंका लागि हराउनेगरि जोखिममा परेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार गंगापूर्ण हिमताललाई जोगाउन पहल नगर्ने हो भने पर्यटन क्षेत्रमा निकै नै नोक्सान पुग्नेछ। 
‘मनाङ उक्लेका स्वदेशी वा विदेशी पर्यटक गंगापूर्ण ताल नपुग्ने कोही हुँदैनन,’ उनले भने, ‘एकैरातको बाढीले सर्वत्र क्षति पुर्याएको छ। यसले ताललाई जोखिममा त पारेको छ नै मनाङको पर्यटन क्षेत्रलाई समेत नोक्सान गरेको छ।’ अन्नपूर्ण फेरोमा जाने हुन वा तिलिचो जाने पर्यटक गंगापूर्ण नघुमि फर्कदैनन्। मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने यो तालको मुख्य श्रोत गंगापूर्ण, अन्नपूर्ण चौथो र खाङखास काङ हिमालबाट पग्लेर बगेको पानी हो। गंगापूर्ण ३ हजार ५ सय ४० मिटर उचाईमा पर्छ। यसअघि यति भीषण पानी कहिल्यै नपर्दा ताल जोगिएकोमा यो पटक भने एकरातमै पुर्नेगरि लेदो बगेर आएको उनले बताए। 
उनका अनुसार दुईदशक अघिसम्म ताल निकै नै सुन्दर थियो। वर्षायाममा केही मैलो हुने भएपनि यो पटक भने पुरिएरै सकिएको उनले बताए । हिउँदमा यो ताल निकै नै सुन्दर देखिन्थ्यो। ‘पर्यटन क्षेत्रमा तालको निकै नै महत्व हो । तर, यो पटक तालको अस्तित्व नै संकटमा परेको छ,’ उनले भने, ‘मनाङ आएका पर्यटकको बसाई कम्तिमा एकदिन यही तालले बढाएको थियो । तर, अब ताल जोगाउन सकिएन भने यसले पर्यटन क्षेत्रमा निकै नै ठुलो मार पार्नेछ।’ यसअघि पनि बेलाबेला ताल हिमपहिरोको चपेटामा पर्दै आएकोमा अहिले भने बाढीले क्षति गरेको उनले बताए। 

‘एक्साभेटर लगेर थुप्रिएको बालुवा र लेदो निकाल्ने हो। डोकोमा बोकेर फ्याकेको भरमा सम्भव हुँदैन,’ उनले भने, ‘तालको सतह नै पुरिएर खोलाको बगर जस्तो बनेको छ। उनका अनुसार यो ड्याम माटो भरेर बनाइनेछ। ‘यत्ति ठुलो आकारमा यो तालका लागि कहिल्यै रकम खर्च भएको थिएन । केहीवर्ष अघि पर्खाल लगाउन थोरै रकम खर्च भएपनि ठुलो बजेट खर्चिन थालेको यो नै पहिलो पटक हो,’ उनले भने, ‘कति परिमाणमा लेदो वा बालुवा निस्कन्छ भन्ने यकिन पनि छैन।’
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए। सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।
नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख विनियोजन गरेको छ। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।