हुम्लामा हिमताल विष्फोटः विस्थापितका लागि नाम्खा पुग्यो राहत सामग्री
०७ जेष्ठ २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
हुम्लामा हिमताल विष्फोटः विस्थापितका लागि नाम्खा पुग्यो राहत सामग्री

‎हिमताल फुटेर आएको बाढी–पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका –६ तिलगाउँमा राहत सामग्री पठाइएको छ। ‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरू पठाइएको जानकारी दिए ।

‎पाण्डेयका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तेल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल चिनी, ३० क्वीन्टल मैदा, एक÷एक क्वीन्टल भुजा र चिउरा, १० पाकेट चिया पठाइएको छ। ‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उनले बताए।

यस्तै ‎‎चारवटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, सामान पुगिसकेको छ ,’ उनले भने ।

तिलगाउँमा बाढीपहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् ।

‎‎बाढीपहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पुगेको बताए। उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशीलकुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पुगेको छ ।  

अर्को समाचार
के हाम्रो वायुमण्डल तिर्खाइरहेको हो ?
२६ जेष्ठ २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
के हाम्रो वायुमण्डल तिर्खाइरहेको हो ?

विश्वभर खडेरी थप गम्भीर र व्यापक हुँदै गएको  छ। तर यसको दोष फेरिँदै गएको वर्षाको प्रकृति र प्रवृत्तिलाई मात्र दिन मिल्दैन। हाम्रो वायुमण्डल समेत तिर्खाइरहेको र यसले  खडेरीको गम्भीरतालाई ४० प्रतिशत बढाएको एक अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार विगत ४ दशकयता खडेरीको गम्भीरता बढाउन यही ‘वायुमण्डलीय तिर्खा’ जिम्मेवार रहेको देखिएको छ।

अध्ययनले सन् १९८१ देखि २०२२ सम्मको अवधिमा बढेको खडेरीको गम्भीरताका लागि लगभग ४० प्रतिशत हिस्सा यही वायुमण्डलीय वाष्पीकरण माग (एट्मसफेरिक इभापोरेसन डेमान्ड अर्थात् एइडी)ले लिएको छ।

सामान्य हिसाबले वर्षालाई आम्दानी र एइडीलाई खर्चको रूपमा तुलना गर्ने हो भने आम्दानी (वर्षा) उस्तै रहे पनि, खर्च (एइडी) बढ्यो भने बजेट सन्तुलन घाटामा जान्छ। खडेरीको हकमा पनि ठ्याक्कै त्यही भइरहेको छ; वायुमण्डलले जमिनले दिने भन्दा बढी पानी मागिरहेको छ। 

वैज्ञानिकले गरेको नयाँ विश्लेषणका अनुसार एइडीले विद्यमान खडेरीलाई खराब मात्र होइन, खडेरी प्रभावित क्षेत्रलाई समेत विस्तार गरेको छ। उदाहरणका लागि सन् २०१८ देखि २०२२ सम्म, विश्वमा खडेरी भोग्ने भूभाग ७४ प्रतिशतले बढेको थियो, यो बिस्तारमा  ५८ प्रतिशत हिस्सा एइडीले लिएको थियो। 

जब ग्रह तातो हुँदै जान्छ, वायुमण्डलको यो माग बढ्ने र उसले माटो, नदी, ताल र बिरुवाबाट आर्द्रता (मोइस्चर) तान्छ। यही बढ्दो तिर्खाका कारण, वर्षाको मात्रामा खासै फरक नआएको स्थानमा समेत खडेरी थप गम्भीर हुँदै गइरहेको छ। 

एइडी प्रक्रियाले वायुमण्डलले सतहबाट कति पानी चाहन्छ भन्ने कुराको व्याख्या गर्दछ। वर्षाको मात्रामा कमी नहुँदा समेत हावा जति तातो, घमाइलो, बतासे र सुख्खा हुन्छ, यसलाई त्यति नै बढी पानी चाहिन्छ। 

त्यसैले वर्षामा खासै फेरबदल नभएका विश्वका कैयन स्थानमा समेत खडेरीको अवस्था गम्भीर हुँदै गएको छ। यसरी तिर्खाएको वायुमण्डलले वरपर रहेका वस्तुहरूलाई छिटो र तीव्र रूपमा सुकाइरहेको छ। जति वेला  पानी उपलब्ध हुँदैन, त्यति बेला यसले थप तनाव सिर्जना गर्ने गर्दछ। 

वैज्ञानिकले गरेको नयाँ विश्लेषणका अनुसार एइडीले विद्यमान खडेरीलाई खराब मात्र होइन, खडेरी प्रभावित क्षेत्रलाई समेत विस्तार गरेको छ। उदाहरणका लागि सन् २०१८ देखि २०२२ सम्म, विश्वमा खडेरी भोग्ने भूभाग ७४ प्रतिशतले बढेको थियो, यो बिस्तारमा  ५८ प्रतिशत हिस्सा एइडीले लिएको थियो। 

उक्त वैज्ञानिक अध्ययनले विगत चार दशकमा सन् २०२२ सबैभन्दा बढी बढी खडेरीले ग्रसित वर्ष बनेको थियो। सो वर्ष विश्वको ३० प्रतिशतभन्दा बढी भूभागले मध्यमदेखि चरम खडेरीको अनुभव गरेको थियो। 

यसै गरी युरोप र पूर्वी अफ्रिका दुवै क्षेत्रमा सन् २०२२ मा खडेरी अत्यन्त गम्भीर थियो। वैज्ञानिकका अनुसार यो मुख्यतया: एइडीमा तीव्र वृद्धिको कारणले भएको थियो, जसले वर्षामा खासै कमी नआए पनि वातावरणलाई सुकाउने प्रक्रियालाई तीव्र बनाएको थियो। 

सो वर्ष युरोपमा मात्र, व्यापक रूपमा सुक्ने प्रक्रियाले नदी प्रवाहमा कमी हुँदा जलविद्युत उत्पादनमा बाधा पुर्‍यायो भने पानीको अभावका कारण बाली उत्पादनमा असर पर्‍यो । साथै धेरै सहरहरूमा पानीको अभाव भयो। यसले पानी आपूर्ति, कृषि र ऊर्जा क्षेत्रमा अभूतपूर्व दबाब सिर्जना गर्‍यो, जसले जीविकोपार्जन र आर्थिक स्थिरतालाई खतरामा पार्‍यो । 

उच्च–गुणस्तरको विश्वव्यापी जलवायु तथ्यांकको प्रयोग गरिएको उक्त अनुसन्धानले खडेरीको गतिशीलतालाई स्पष्टता ल्याएको वैज्ञानिक दाबी छ । विशेष गरी तापक्रम, हावाको गति, आर्द्रता र सौर्य विकिरण समावेश लगायतका तथ्याङ्क अध्ययनको क्रममा संकलन गरिएको थियो। यिनै मौसम विज्ञानका सूचकहरूले वायुमण्डलले जमिन र वनस्पतिबाट कति पानी तान्न सक्छ भन्ने कुरालाई निर्धारित गर्छन्। अध्ययन टोलीले एइडी मापन गर्ने क्रममा यी सबै आधारभूत सूचकको एकीकृत समीक्षा गरेर वायुमण्डल कति ‘तिर्खाएको’ छ भनेर पत्ता लगाएको थियो ।

त्यसपछि, वर्षा र ‘वायुमण्डलीय तिर्खा’ दुवै समावेश भएका मान्यता प्राप्त खडेरी सूचकांक प्रयोग गरेर वैज्ञानिकले कहिले, कहाँ र किन खडेरी बढी गम्भीर हुँदै गएको छ भनेर पहिचान(ट्र्याक) गरेका थिए। यो गणितीय मापन(मेट्रिक)का आधारमा बिग्रँदै गएको अवस्थाका लागि ‘वायुमण्डलको बढ्दो तिर्खा’को योगदान कति छ भनेर वैज्ञानिकले आकलन गरेका थिए। 

यसरी बढ्दो क्रममा रहेको ‘वायुमण्डलीय तिर्खा’ ले भविष्यमा ठुलो असर पर्ने र विशेष गरी खडेरीको जोखिममा रहेका पश्चिमी र पूर्वी अफ्रिका, पश्चिमी र दक्षिण अस्ट्रेलिया र दक्षिण पश्चिमी अमेरिकाका क्षेत्रहरू झन् धेरै प्रभावित हुने देखिएको छ। 

यदि खडेरी मुख्यतया वर्षामा कमी आएको कारणले भएको हो भने पानी भण्डारण र संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्छ। तर यसका लागि एइडीनै मुख्य कारक हो भने वाष्पीकरण क्षय रोक्न तथा बिरुवामा पानीको अभावले हुने तनावलाई सम्बोधन गर्नुपर्छ । यसमा खडेरी प्रतिरोधी बाली लगाउने, पानीलाई अझ कुशलतापूर्वक प्रयोग गर्ने सिँचाइ प्रणाली निर्माण गर्ने, माटोको स्वास्थ्य सुधार गर्ने वा जमिनमा आर्द्रता कायम राख्न वासस्थान पुनर्स्थापना गर्ने विषय समावेश गर्न सकिन्छ ।

खडेरी निगरानी लगायत अन्य योजना बनाउँदा एइडीलाई ध्यानमा नराख्दा  सरकार र समुदायले सामना गर्नुपर्ने वास्तविक जोखिमलाई कम आकलन गर्न सक्ने वैज्ञानिक मत छ। उनीहरूका अनुसार विश्वव्यापी तापक्रम अझ बढ्ने अपेक्षा गरिएको सन्दर्भमा बारम्बार गम्भीर खडेरी पर्न सक्ने भएकाले त्यसको लागि प्रतिकार्य योजना बनाउन वैज्ञानिक सुझाव छ। 

यस्ता योजनामा बढ्दो वायुमण्डलीय तिर्खालाई बुझ्न र सो अनुरूप योजना बनाउने विषय समावेश गर्न आवश्यक छ,’ अध्ययनमा भनिएको छ।  

विश्वका प्रत्येक विशिष्ट स्थानमा खडेरी के कारणले भइरहेको छ भनेर ज्ञान हुन सकेमा स्मार्ट जलवायु अनुकूलन सम्भव हुन्छ । ‘एइडी खडेरीको निगरानी, मोडलिङ र योजना बनाउने प्रक्रियाको केन्द्रीय विषय हुनुपर्छ,’ अनुसन्धानकर्ताको भनाइ छ । 

खडेरीका विशिष्ट उत्प्रेरक पहिचान गरेर यो संकटसँग जुध्नका लागि प्रभावकारी उपायहरू तय गर्न आवश्यक रहेको चर्चा गर्दै वैज्ञानिकले भनेका छन्, ‘यदि खडेरी मुख्यतया वर्षामा कमी आएको कारणले भएको हो भने पानी भण्डारण र संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्छ। तर यसका लागि एइडीनै मुख्य कारक हो भने वाष्पीकरण क्षय रोक्न तथा बिरुवामा पानीको अभावले हुने तनावलाई सम्बोधन गर्नुपर्छ । यसमा खडेरी प्रतिरोधी बाली लगाउने, पानीलाई अझ कुशलतापूर्वक प्रयोग गर्ने सिँचाइ प्रणाली निर्माण गर्ने, माटोको स्वास्थ्य सुधार गर्ने वा जमिनमा आर्द्रता कायम राख्न वासस्थान पुनर्स्थापना गर्ने विषय समावेश गर्न सकिन्छ । अनुसन्धानले विश्वव्यापी तापमान वृद्धिको कारणले एइडी झन् तीव्र बनेको देखाएको छ । 

‘कतिपय क्षेत्रमा  वर्षामा कमी नआए पनि खडेरीको गम्भीरता तीव्र बनेको छ । यसलाई बेवास्ता गर्नु भनेको जोखिमलाई कम आकलन गर्नु हो,’ अनुसन्धानकर्ताले भनेका छन् । 

(द कन्भरसेसनबाट साभार)

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस