झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।
उनीहरुले भने गहना आम मानिस झै सुनचाँदी लगाउँदैनन्। फलामबाट विभिन्न किसिमका गहना तयार गरेर लगाउँछन्। प्रायः उनीहरु फलामका गहना लगाउँछन्। परम्परागत रुपमा नै उनीहरुले गाउँका सुनारसँग यस्ता गहना बनाउन लगाएको जानकारहरु बताउँछन्। वर्षमा एक दिन माघे सक्रान्तिमा मात्र नुहाउने राउटे समुदायहरु अहिले प्रायः नदी नजिक बसाईले पनि सरसफाईमा युवतीहरु बढी केन्द्रित हुन्छन्।
घाटीमा फलामका कडीसँगै खुट्टा र हातभरी सेताम्मे मोटा र मसिना कडा र चुराहरु टम्म लगाउने गर्दछन् राउटे महिलाहरु। उनीहरु हिँड्दा फलामका कडीहरु एक आपसमा ठोक्किएर आउने आवाज समेत आउने गर्दछ। शरीरभरी लगाएका गहनाको आवाजको संगितसँगै दैनिकी यात्रा सुरु हुन्छ राउटे महिलाहरुको।
राउटे समुदायका अधिकाँश महिलाहरुको गहना पहिरन प्रायः सबैमा अनिवार्य झै लगाउने गर्छन्। कान, हात, खुट्टा र घाटीमा राउटे महिलाहरुले फलामका गहना लगाउँछन्। जंगलमै रमाउने उनीहरुका लागि सुन्दताका लागि गहना लगाउन रुची हुनु एक अनौठो रुपमा हेर्ने समेत गरिन्छ। बाहिर गाउँमा गहना बनाएर लगाउने गरेको राउटे युवती गाँजलुले बताइन्।
राउटे महिलाहरुका हातभरी टम्म भरिएका कडीहरुले उनीहरुको परम्परागत पोशाकलाई समेत शोभामान देखाउँछ। पुरुष राउटेहरुले बस्तीमै फलामबाट आफ्ना चेली तथा श्रीमतीलाई कडा बनाउने गर्दछन्। तर, पुरुष राउटेहरु लगाउनमा खासै रुची राख्दैनन्।
पहिले जंगलबीचमा बस्ने राउटे समुदायहरु माओवादी सशस्त्र द्वन्द्वसँगै बस्ती नजिकका जंगलमा बस्न थालेसँगै उनीहरुको रहनसहन परिवर्तित अवस्थामा रहेको छ। अहिले राउटेहरु सल्यानको सल्लीबजार नजिक बस्छन्।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।
केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग मित लगाउने तयारी थियो। मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली ल्याएका थिए। मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए।
लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ काठका सामग्री दिँदै उनले भने, ‘रगतको नाता भन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।