संग्रह
राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ
हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।
राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश
जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।
गहनामा 'राउटे महिला'!
झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।
मन्त्री झाँक्रीले लगाइन् राउटे युवतीसँग मित
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।