जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ। अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको छ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित/प्रसारित सामाग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामाग्रीहरु प्रचार–प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराउनु।’
यस्तै आदेशमा युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको छ। ‘युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्तिनै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्ने र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपीसहित कारबाहीका लागि लेखी पठाउनु।’
न्यायाधीश डा. आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रशारण/प्रकाशन गर्नेका विरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपी पठाउन भनिएको छ। यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रशारण/प्रकाशन गर्ने साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ भने प्रहरीलाई पीडित युवतीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।
केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग मित लगाउने तयारी थियो। मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली ल्याएका थिए। मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए।
लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ काठका सामग्री दिँदै उनले भने, ‘रगतको नाता भन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।